English

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि



नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्राका अनुसार थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो ।

मिश्राका अनुसार पौष महिनाका १ हजार १ सय ४६ पोजेटिभ नमुनाको एस–जीन स्क्रिनिङ गर्दा २ सय ५० नमुनामा एस–जिन नेगेटिभ पत्ता लागेको थियो । सो मध्ये २४ वटा नमूनामा ओमिक्रोन पुष्टि भएको उनले प्रष्ट पारिन् ।

यो सँगै नेपालमा ओमिक्रोन संक्रमितको संख्या २७ पुगेको छ ।

ओमिक्रोन भेरियन्टबाट हुनसक्ने बिरामीको चापलाई मध्यनजर गरी सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायतका अन्य सामग्रीहरुको जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन गरिसकेको डा. मिश्राले बताइन् ।

२४ नोभम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भाइरस थुप्रै देशमा फैलिसकेको छ । संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको जोखिम जोखिम झनै बढ्दै गएको छ । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरुको खोज भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

नेपालले अन्तर्राष्ट्रिय हवाई तथा नाकाहरुमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्टलाई अनिवार्य गरेको मन्त्रालयका प्रवक्ता डा. मिश्राले जानकारी दिइन् ।

‘खोपको विवरण लिने, लक्षणको जाँच गर्ने, हवाई तथा स्थल नाकाहरु भई प्रवेश गर्ने पूर्ण खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ,’ उनले भनिन् ,एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाहरुको नमुना संकलन गरी पीसीआर र शंकास्पद नमुनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको छ ।’ साथै, पोजेटिभ आएका केशहरुलाई आइशोलेसनमा राख्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

खोप नलगाएका समूहबाट नै कोरोनाको नयाँ भेरियन्ट उत्पादन हुन्छ
ओमिक्रोनले विशेषगरी यस्ता ठाउँमा गर्छ असर
‘ओमिक्रोन’ बाट आत्तिने होइन सजग बनौँ

मन्त्रालयद्वारा जारी विज्ञप्ती :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested