English

नेपालमा थप एकजनामा ओमिक्रोन भेरियन्ट पुष्टि



नेपालमा थप एकजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षीय वृद्धमा ओमिक्रोन पुष्टि भएको हो ।

ती वृद्ध यतिबेला यतिबेला होम आइसोलेसनमा रहेको डा. मिश्राले जानकारी दिइन् । यसअघि १९ मंसिरमा नेपालमा २ जनामा यो भेरियन्ट पुष्टि भएको थियो । यो सँगै नेपालमा ओमिक्रोन संक्रमितको संख्या ३ पुगेको छ ।

२४ नोभम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भाइरस थुप्रै देशमा फैलिसकेको छ । संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । दक्षिण एसियाका नेपालसहित केही देशमा यो भेरियन्ट पुष्टि भइसकेको छ । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरुको खोज भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

नेपालले अन्तर्राष्ट्रिय हवाई तथा नाकाहरुमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्टलाई अनिवार्य गरेको मन्त्रालयका प्रवक्ता डा. मिश्राले जानकारी दिइन् । ‘खोपको विवरण लिने, लक्षणको जाँच गर्ने, हवाई तथा स्थल नाकाहरु भई प्रवेश गर्ने पूर्ण खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ,’ उनले भनिन् ,एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाहरुको नमुना संकलन गरी पीसीआर र शंकास्पद नमुनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,