English

नेपालमा थप एकजनामा ओमिक्रोन भेरियन्ट पुष्टि



नेपालमा थप एकजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षीय वृद्धमा ओमिक्रोन पुष्टि भएको हो ।

ती वृद्ध यतिबेला यतिबेला होम आइसोलेसनमा रहेको डा. मिश्राले जानकारी दिइन् । यसअघि १९ मंसिरमा नेपालमा २ जनामा यो भेरियन्ट पुष्टि भएको थियो । यो सँगै नेपालमा ओमिक्रोन संक्रमितको संख्या ३ पुगेको छ ।

२४ नोभम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भाइरस थुप्रै देशमा फैलिसकेको छ । संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । दक्षिण एसियाका नेपालसहित केही देशमा यो भेरियन्ट पुष्टि भइसकेको छ । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरुको खोज भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

नेपालले अन्तर्राष्ट्रिय हवाई तथा नाकाहरुमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्टलाई अनिवार्य गरेको मन्त्रालयका प्रवक्ता डा. मिश्राले जानकारी दिइन् । ‘खोपको विवरण लिने, लक्षणको जाँच गर्ने, हवाई तथा स्थल नाकाहरु भई प्रवेश गर्ने पूर्ण खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ,’ उनले भनिन् ,एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाहरुको नमुना संकलन गरी पीसीआर र शंकास्पद नमुनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested