English

‘ओमिक्रोन’ बाट आत्तिने होइन सजग बनौँ



डा. शेरबहादुर पुन, संक्रामक रोग विशेषज्ञ

दक्षिण अफ्रिकामा पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ले यतिबेला विश्व सशंकित छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, भारतलगायतका देशले स्वास्थ्य सतर्कता अपनाउन सुरु पनि गरिसके । तर, नेपालमा यसको जोखिम कत्तिको छ ? यसबाट जोगिन नेपालले के कस्ता पूर्व तयारी गर्नुपर्ला ? धेरैको जिज्ञासा छ । नयाँ भेरियन्टमा धेरै संख्यामा उत्परिवर्तन आएको छ । यो चिन्ताको विषय हो । अहिलेसम्म बनेका कोभिड खोप स्पाइक प्रोटिनलाई लक्षित गरी बनेका छन् । धेरै संख्यामा म्युटेसन भएको नयाँ भेरियन्टले खोपबाट बनेको एन्टिबडी पहिचान गर्न सकेन भने समस्या आउनसक्छ ।

अहिले भारतमा यो भेरियन्ट देखिएको छैन । भारतमा केही गरी देखिएमा हवाईमार्ग र खुला सीमा गरि दुईतिरबाट नयाँ भेरियन्टको स्रोत नेपाल भित्रिन सक्छ । शंकास्पद परीक्षणहरुको सिक्वेन्सिङ गरेर हेर्नुपर्छ ताकि अगाडि नै पत्ता लगाउन सकियोस् ।

हालै पुष्टि भएको ओमिक्रोन भेरियन्ट कति घातक छ भन्ने विषयमा अध्ययन भइरहेका छन् । तर, यकिन तथ्यांक भने आइसकेको छैन । यद्यपि, जीनमा परिर्वतन आएको हुनाले यसले कस्तो रुप लिन्छ भन्ने सबैको चिन्ताको विषय बनेको छ । विश्वमा धेरै मानिसले खोप लगाइसकेका छन् । तैपनि नयाँ भेरियन्टका लागि खोपको प्रभावकारिता रहन्छ वा रहँदैन भन्ने पनि अनुसन्धानकै विषय रहेको छ ।

तर, नेपालमा अझ धेरैले खोप लगाउन बाँकी छन् । सबैमा एन्टिबडि बनेको छैन । त्यसैले समस्या उत्पन्न हुन सक्छ । नयाँ भेरियन्टमा धेरै उत्परिर्वतन भएकाले हामीले लगाएको खोपले काम नगर्ने तथा पुन संक्रमण बढ्न सक्ने सम्भावना छ । नेपालमा मानिसहरुको चहलपहल सुरु भइसकेको छ । स्वास्थ मापदण्ड पालना गर्न पनि धेरैले छोडिसके । त्यसैले जोखिमलाई कम गर्न सतर्क हुनै पर्छ ।

कोरोनाको विभिन्न भेरियन्टहरु हामीले पहिले पनि अभ्यास गरिसकेका छौँ । त्यसैले कसरी यो भेरियन्टको फैलावट रोक्ने भन्ने बारे पहिले नै सचेत हुनुपर्छ । धेरै देशहरुले उडानमा कडाई गरिसके । हवाई मार्ग हुँदै नेपाल भित्रिने ट्रान्जिट प्वाइन्टहरुमा विशेष सावधानी अपनाउनु पर्छ । नेपालमा पनि जीन सिक्वेन्सिङ सुरु भइसकेको छ ।

त्यसलाई बढी भन्दा बढी प्रयोगमा ल्याउनुपर्छ । दैनिक दुई सयको हाराहारीमा संक्रमित अहिले पनि देखिरहेकै छ । स्थानीयस्तरमा पनि म्युटेसन नहोला भन्न सकिँदैन । त्यसैले परीक्षणलाई बढाउनुपर्छ । अहिले भारतमा यो भेरियन्ट देखिएको छैन । भारतमा केही गरी देखिएमा हवाईमार्ग र खुला सीमा गरि दुईतिरबाट नयाँ भेरियन्टको स्रोत नेपाल भित्रिन सक्छ । शंकास्पद परीक्षणहरुको सिक्वेन्सिङ गरेर हेर्नुपर्छ ताकि अगाडि नै पत्ता लगाउन सकियोस् ।

भेरियन्टको स्वरुप परिर्वतन भएर ‘जेनेटिक कोडमा परिर्वतन हुन्छ’ भने त्यसलाई हामी नयाँ भेरियन्ट भन्छौं । सबै भेरियन्टहरु खराब हुँदैनन् । कुनै भेरियन्ट हामीले सोचे भन्दा कडा पनि हुन्छन् । उदाहरणका लागि डेल्टा भेरियन्ट र अल्फालाई लिन सकिन्छ ।

कोरोनाको डेल्टा भेरियन्ट जस्तै यो भेरियन्ट पनि नफैलिएला भन्न सकिँदैन । त्यसैले सबैजना सचेत हुनै पर्छ । घरमै थुनिएर बस्नुपर्छ भनेको होइन । तर, स्वास्थ्य मापदण्ड भने अपनाउनै पर्छ । महामारी रोकथामका लागि सरकारको मात्र भर पर्नु हुँदैन । यसमा आमनागरिकको पनि उत्तिकै दायित्व रहन्छ । त्यसैले यसअघि गरेका कमजोरीलाई सच्चाएर अघि बढ्नुपर्छ ।

पहिलेदेखि देखिरहेको भेरियन्टको स्वरुप परिर्वतन भएर ‘जेनेटिक कोडमा परिर्वतन हुन्छ’ भने त्यसलाई हामी नयाँ भेरियन्ट भन्छौं । सबै भेरियन्टहरु खराब हुँदैनन् । कुनै भेरियन्ट हामीले सोचे भन्दा कडा पनि हुन्छन् । उदाहरणका लागि डेल्टा भेरियन्ट र अल्फालाई लिन सकिन्छ । स्वभाविक रुपमा भेरियन्टहरु बन्ने क्रम जारी रहन्छ । यो नयाँ ओमिक्रोन भेरियन्ट कति कडा छ भन्ने कुरा पुष्टि भइसकेको छैन । यो अलि संक्रामक हुने अनुमान गरिएको छ । त्यसैले लापरवाही गरियो भने यसलाई फैलन मद्धत मिल्छ । त्यसैले आत्तिने भन्दा पनि सजग बनौं ।

(कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested