English

खोप नलगाएका समूहबाट नै कोरोनाको नयाँ भेरियन्ट उत्पादन हुन्छ



  • डा. प्रभात अधिकारी, संक्रामक रोग विशेषज्ञ

२०७७ मंसिर १० मा, विश्व स्वास्थ संगठन भाइरस विकासक्रम अध्ययन गर्ने प्रविधिक सल्लाहकार समूहको सल्लाहमा बी १.१.५२९ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखियो । यो भेरियन्टलाई चिन्ताजनक विषय भनेर पनि घोषणा गरियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर मानिसहरूको मृत्यु भएको र यसलाई मझौला लक्षणको भनेर नजरअन्दाज गर्न नहुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

ओमिक्रोनले स्वास्थ्य क्षेत्रमा सुनामी ल्याउन थालेको डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रिससको भनाइ छ ।

गम्भीरताको स्तर बुझ्न केही समय आवश्यक पर्छ नै । ओमिक्रोनको संक्रमणले तुलनात्मक रूपमा धेरै गम्भीर समस्या निम्त्याउँछ भन्ने कुरा पनि अझै स्पष्ट भइसकेको छैन । डेल्टा भेरियन्टसँग यसको गुणहरू मिल्ने भएकोले विश्व स्वास्थ संगठनले यसलाई चिन्ताजनक विषय भनिसकेकोे छ ।

हालको परीक्षणले ओमिक्रोन पहिचान कसरी गर्न सक्छ ?

धेरै मात्रामा प्रयोग भइरहेको पीसीआर परीक्षणले ओमिक्रोनको संक्रमण पत्ता लगाउन सक्छ । अन्य प्रकारका परीक्षणहरूमा कुन हदसम्म प्रभाव छ या छैन भनेर निर्धारण गर्न अध्ययनहरू दु्रुतस्तरमा जारी छन् ।

यो नयाँ भेरियन्ट कति संक्रामक छ

कति संक्रामक र कति असरदार छ भन्ने निर्धारण गर्न अध्ययन अनुसन्धान भइरहेको छ । प्रभावित दक्षिण अफ्रिकी क्षेत्रहरूमा संक्रमित व्यक्तिको संख्या धेरै बढेको छ । यो ओमिक्रोनको नयाँ भेरियन्टको कारणले हो वा अन्य कारणहरूले हो अझै स्पष्ट भएको छैन ।

के कोभिडले हामीलाई यसरी नै सधैं दुःख दिइरहन्छ त ?

विश्वको सबै मानिसले खोपको पूर्ण मात्रा पाए भने कोभिड नियन्त्रणमा आउन सक्छ । तर, विश्वमा सबैले खोप नपाएको हुनाले त्यही खोप नलगाएका समूहबाट नयाँ–नयाँ भेरियन्ट फैलिरहेको छ ।

कोरोनाको दोस्रो भेरियन्ट भारतमा धेरै मात्रामा फैलिएको थियो किनकि त्यहाँ कोरोनाको खोप लगाउनेको संख्या एकदमै कम थियो । अहिले दक्षिण अफ्रिकामा यसको प्रभाव बढी देखिएको छ । किनकि, त्यहाँका धेरैले खोप पाएका थिएनन् । त्यसैले, हामीले योबाट के बुझ्न सक्छौं भने जहाँका मानिसहरूले खोप पाएका छैनन् त्यहाँ यसको प्रभाव देखिएको छ र नयाँ–नयाँ भेरियन्टहरू उत्पादन भइरहेका छन् । त्यसैले, विश्वको सबै मानिसहरूले खोप लगाउनुपर्छ । अहिले जुन रूपले भाइरस परिर्वतन भइरहेको छ त्यसको अवस्था हेर्दा खोप नै कोरोनाको प्रभावलाई कम गर्ने राम्रो उपाय हो ।

खोपले काम गर्छ कि गर्दैन

‘प्राकृतिक इम्युनिटी तथा खोपको प्रयोगले यो भेरियन्टबाट बच्न सकिन्छ कि सकिँदैन’ भन्ने धेरैको प्रश्न हुन्छ । यस भेरियन्टमा भर्खरै कोरोना संक्रमित भएका तथा खोप लगाएका व्यक्तिहरूमा पनि संक्रमण देखिएको छ । खोप तथा नेचुरल इम्युनिटीले १०० प्रतिशत काम गरेको अहिलेसम्मको तथ्याकंमा भेटिएको छैन । तर, खोप लगाएका व्यक्तिहरूमा गम्भीर समस्या भने देखिएको छैन । प्रतिशतको हिसाबमा हेर्दा खोपले ७० प्रतिशतसम्म काम गरेको पाइएको छ ।

ओमिक्रोनका लक्षणहरू

ओमिक्रोनको लक्षणलाई ‘माइल्ड टु मोडरेट’ भनिन्छ । यसमा कोभिडको अन्य भेरियन्ट जस्तै ज्वरो आउने, अत्यधिक थकानको महसुस हुने, टाउको धेरै दुख्ने, शरीर पनि दुख्ने, खोकी लाग्ने जस्ता लक्षणहरू देखिन्छ । अन्य भेरियन्टमा जस्तो गन्ध र स्वाद हराउने लक्षण भने ओमिक्रोन भेरियन्टमा देखिएको छैन ।

सुरक्षित हुने उपाय

– कोरोना खोप लगाउने ।
– सुरक्षित तथा सामाजिक दूरी कायम राख्ने
– भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने
– हाच्छ्युँ गर्दा कुहिनाले नाक तथा मुख ढाक्ने
– झ्याल तथा भेन्टिलेसन खुल्ला राख्ने
– बेला–बेलामा साबुन पानीले मिची–मिची हात धुने

यो पनि…
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?
ओमिक्रोनले विशेषगरी यस्ता ठाउँमा गर्छ असर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,