English

बाबुको आन्द्रा छोरालाई



चेन्नईका एक बाबुले आफ्नो एउटा सानो आन्द्रा दिएर छोरालाई बचाएका छन् । सात घन्टा लामो शल्यक्रियापछि बाबुको आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको हो । शल्यक्रिया गर्न आठ चिकित्सक र २४ जना नर्सको एउटा टोली खटिएको थियो ।

चार वर्षीय बालकको सानो आन्द्राले काम गर्न छोडेपछि बाबुको आन्द्रा प्रत्यारोपण गरिएको थियो । जटिल शल्यक्रियापछि बाबुको १ सय ५० सेन्टिमिटर लामो आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको चिकित्सकले जनाएका छन् । यो शल्यक्रिया दुलर्भमध्येको एक भएको चिकित्सकको भनाइ छ ।

निरन्तर वान्ता गर्न थालेपछि ‘गुहान’ नाम गरेका ती बालकलाई तीन महिनाअघि अस्पताल भर्ना गरिएको थियो । बालकको सानो आन्द्रा बेरिएको र रक्तनलीको प्रवाह रोकिएको उपचारको क्रममा थाहा भएको थियो ।

सम्पूर्ण कोषहरु मरेकोले आन्द्राले काम गर्न छोडेको थियो । आन्द्राले काम नगरेपछि बालकले पाउनुपर्ने पर्याप्त पोषण तत्व प्राप्त गर्न सकेका थिएनन्, जसका कारण उनको जीवन नै जोखिममा परेको थियो ।

छोरालाई बचाउन उनको परिवारले सानो आन्द्रा काटेर नयाँ आन्द्रा प्रत्यारोपण गर्न तयार भएको थियो ।

उनमा देखिएको समस्यालाई चिकित्सकीय भाषामा भोल्भुलस भनिन्छ । एक हजारमा दुई जनामा यस्तो समस्या देखिने बालकको उपचारमा संलग्न चिकित्सकमध्येका एक डा. नरेश सानमुगामको भनाइ छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये