English

बाबुको आन्द्रा छोरालाई



चेन्नईका एक बाबुले आफ्नो एउटा सानो आन्द्रा दिएर छोरालाई बचाएका छन् । सात घन्टा लामो शल्यक्रियापछि बाबुको आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको हो । शल्यक्रिया गर्न आठ चिकित्सक र २४ जना नर्सको एउटा टोली खटिएको थियो ।

चार वर्षीय बालकको सानो आन्द्राले काम गर्न छोडेपछि बाबुको आन्द्रा प्रत्यारोपण गरिएको थियो । जटिल शल्यक्रियापछि बाबुको १ सय ५० सेन्टिमिटर लामो आन्द्रा छोराको पेटमा सफल प्रत्यारोपण गरिएको चिकित्सकले जनाएका छन् । यो शल्यक्रिया दुलर्भमध्येको एक भएको चिकित्सकको भनाइ छ ।

निरन्तर वान्ता गर्न थालेपछि ‘गुहान’ नाम गरेका ती बालकलाई तीन महिनाअघि अस्पताल भर्ना गरिएको थियो । बालकको सानो आन्द्रा बेरिएको र रक्तनलीको प्रवाह रोकिएको उपचारको क्रममा थाहा भएको थियो ।

सम्पूर्ण कोषहरु मरेकोले आन्द्राले काम गर्न छोडेको थियो । आन्द्राले काम नगरेपछि बालकले पाउनुपर्ने पर्याप्त पोषण तत्व प्राप्त गर्न सकेका थिएनन्, जसका कारण उनको जीवन नै जोखिममा परेको थियो ।

छोरालाई बचाउन उनको परिवारले सानो आन्द्रा काटेर नयाँ आन्द्रा प्रत्यारोपण गर्न तयार भएको थियो ।

उनमा देखिएको समस्यालाई चिकित्सकीय भाषामा भोल्भुलस भनिन्छ । एक हजारमा दुई जनामा यस्तो समस्या देखिने बालकको उपचारमा संलग्न चिकित्सकमध्येका एक डा. नरेश सानमुगामको भनाइ छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested