English

यस्ता कारणले आउँछन् यौन चाहनामा समस्या



स्वास्थ्य जीवनका लागि पार्टनरलाई यौन चाहना हुन आवश्यक हुन्छ । पार्टनरको इच्छाविपरीत सेक्स गरेमा सम्बन्ध बिग्रिन्छ । सम्बन्ध जोगाइराख्नका लागि यौन चाहना नहुनुका कारणबारे जानकार भइराख्नुपर्छ । सोहीअनुसार समस्याको समाधान खोज्नुपर्छ ।

मानसिक तनाव
मानसिक तनावले मस्तिष्क मात्र होइन शरीरलाई पनि थकित बनाउँछ । पार्टनर यस्तो परिस्थितिमा सेक्स लागि तयार हुँदैनन् । र सेक्स लाइफमा असर पर्दछ । यदि, पार्टनरलाई समस्या देखिएमा के करणले चिन्ता भएको पहिचान गरी समाधान खोज्नुपार्छ ।

शारीरिक छवि
शारीरिक बनावटले यौन जीवन केही प्रभाव पार्न सक्छ । शारीरिक बनावटका कारणले कतिपयलाई हिचकिचाहट हुन्छन् । सेक्सका समयमा स्वतन्त्ररूपमा आनन्द लिन सक्दैनन् । आफ्नो शरीरप्रति सन्तुष्ट हुनुपर्छ ।

व्यायाम
प्रविधिको विकाससँगै शारीरिक व्यायाममा ध्यान दिँदैनौँ । भद्दा शरीर हुन्छ । शारीरिक क्रियाकलापको अभावमा तौल बढ्नु तथा ऊर्जाको कमी हुनुले तनाव थपिन्छ । जसले गर्दा यौन जीवनमा प्रभाव पार्छ ।

आर्थिक समस्या
कतिपय जोडीको रुपियाँका कारणले मनमुटाव हुन्छ । तर, आर्थिक समस्यामा एक–अर्कालाई सहयोग गरेर समाधानको बाटो खोज्नुपर्ने हुन्छ । यसो गर्न नसकेमा सेक्स लाइफ प्रभाव पर्दछ ।

सम्बन्धमा अविश्वास
कहिलेकाहीँ जोडीले एक–अर्काको इमानदारीमा विश्वास गर्दैनन् । यस्तो परिस्थितिमा यौन जीवन प्रभावित हुन्छ । सेक्स शारीरिक कार्य मात्र नभई, भावनासँग जोडिएको हुन्छ । जुन विश्वासबाट हुन्छ । कुनै विषयलाई लिएर पार्टनरबीच असमझदारी भएमा आपसी कुराकानीमार्फत समाधान गर्नुपर्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले