मानसिक रूपमा स्वस्थ रहन यी खाना खानुहोस्



शरीरिक स्वास्थ्य जतिकै मानसिक स्वास्थ पनि महत्वपूर्ण हुन्छ । यदि तपाईं मानसिक रुपमा स्वस्थ हुनुन्छ भने कुनै पनि प्रकारको तनावले सताउदैन । यहाँ उल्लेखित ५ हेल्दी खानाले तपाईंको मानसिक स्वास्थ्यलाई फाइदा पुग्छ ।

दही

दहीले हाम्रो पाचन शक्तिलाई मजबुत बनाउँछ । साथै यसको सेवनले हाम्रो मानसिक स्वास्थ्यलाई पनि प्रभावित पार्छ । आफ्नो नियमित खानामा दही समावेश गर्दा तपाईंको तनाव र चिन्ता बिस्तारै कम हुँदै जान्छ । तपाईंलाई स–सानो कुरामा पनि रिस उठ्छ, मुड अफ हुन्छ भने दहीको दैनिक सेवनले फाईदा गर्छ ।

अण्डा

अण्डामा प्रसस्त मात्रामा पोषक तत्व पाइन्छ, जुन तपाईंको मानसिक स्वास्थ्यको लागि एकदमै लाभदायक हुन्छ । यसमा पाइने फोलिक एसिड, बायोटिन, कोलाइन आदिले मस्तिष्कको कोशिकाहरूको विकास गर्दछ ।

हरियो सागपात

हरियो सागपात शारीरिक स्वास्थको साथसाथै मानसिक स्वास्थ्यको लागि पनि निकै महत्वपूर्ण छ । जसले नियमित सागपात खान्छ, उसलाई मानसिक रोग लाग्ने सम्भावना कम हुनुका साथै उसको दिमाग लामो समयसम्म सक्रिय रहन्छ ।

सुकेको मेवा

सुकेको मेवा मानसिक स्वास्थ्यको लागि एकदमै राम्रो मानिन्छ । यसमा म्याग्निज, सेलेनियम र तामा प्रचुर मात्रामा पाइन्छ, जसले मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

डार्क चकलेट

डार्क चकलेटमा पाइने कोकोले दिमागलाई तेज बनाउन मस्तिष्कको रक्तसञ्चार बढाउन लाभदायक मानिन्छ । यसमा पाइने फ्लेवेनायडले दिमागलाई तेजिलो बनाउनुको साथै रेडिकल क्षतिबाट पनि बचाउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मस्तिष्कघात (स्ट्रोक) बारे चिकित्सक, नर्स तथा सर्वसाधारणलाई सचेतना फैलाउन आयोजना गरिएको एकदिने सम्मेलन सम्पन्न भएको छ । नेपाल स्ट्रोक एशोसिएसन,

मस्तिष्कघातबारे जनचेतना फैलाउन चिकित्सकहरुको सम्मेलन हुने भएको छ । नेपाल स्ट्रोक एशोसिएसन, नेशनल न्युरो सेन्टर, रिभाइभ फिजियोथेरापी एण्ड रिहाबिलिएसन सेन्टर

सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिने तयारी गरेको छ। पछिल्लो समय फाइजर

डा. अबशेष भण्डारी, पेट तथा कलेजो रोग विशेषज्ञ दसैं त सकियो । अर्को ठूलो चाड तिहार आउने तरखरमा छ ।