English

गायक भुपु पाण्डे भन्छन्–‘कलेज पढ्दा धेरै अस्रुग्यास खाइयो’



दाङको मौरीघाटस्थित श्री उच्च माध्यमिक विद्यालयबाट २०६२ मा एसएलसी (एसईई) दिएँ । नतिजा प्रकाशित हुँदा नै पास भएको थाहाँ पाएँ । बर्खे रोपाइँ थियो । बुबाले एक डोको आँप किनेर खेतालालाई खुसी भएर खुवाउनुभएको थियो ।

अहिलेको जस्तो ग्रेड सिस्टम थिएन । पास नै ठूलो लाग्थ्यो । नतिजा आएपछि सबैलाई कहाँ पढौं, के पढौं हुन्छ । डक्टर, इन्जिनियर हुने सपनाले विज्ञान विषय प्रायले छान्छन् । तर, मेरो रुचि सानैबाट गायनमा थियो । संगीत पढ्नका लागि काठमाडौं आएँ । संगीत विषयबारे बुझ्दा रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा पढाइ हुने जानकारी पाएपछि मानविकी संकायमा संगीत र नेपाली मुख्य विषय लिएर भर्ना भएँ ।

अहिलेको (प्लस टु) भनिन्छ, पहिले ‘आईए’ भनिन्थ्यो । आईए पढ्दा कलेजमा धेरै राजनीति हुन्थ्यो । दिउँसोको पढाइ थियो । बाहिर नाराबाजी, ढुंगामुढा हुने, भित्र पढाइ हुन्थ्यो । दिनकै आन्दोलन हुन्थ्यो । कलेज पढ्दा अस्रुग्यास धेरै खाइयो ।

स्नातक तहमा शास्त्रीय संगीत पढेँ । बिहानको कक्षा थियो । आफ्नै कमाइले पढ्ने र करिअर बनाउनतर्फ केन्द्रित भएँ । भजन र गीत गाउँदै प्रायः म सप्ताहका कार्यक्रममा भेटिन्थेँ । कलेज त महिनादिनमा एकपटक जान्थेँ ।

आईए पढ्दासम्म घरबाटै खर्च पठाउनुहुन्थ्यो । आईए सकिएपछि होटेल लाइनमा इलेक्ट्रिक ड्रमसेट/ड्रमप्याड बजाउँथें । करिब एक वर्ष जति यहाँ ड्रमप्याड बजाएँ ।

स्नातक तहमा शास्त्रीय संगीत पढेँ । बिहानको कक्षा थियो । आफ्नै कमाइले पढ्ने र करिअर बनाउनतर्फ केन्द्रित भएँ । भजन र गीत गाउँदै प्रायः म सप्ताहका कार्यक्रममा भेटिन्थेँ । कलेज त महिनादिनमा एकपटक जान्थेँ । कलेजबाट एक हप्ताको बिदा मागेर महिना दिनसम्म झापा, मोरङ पोखरा, सुर्खेतलगायत विभिन्न जिल्लातिर हराउँथें । यिनै कार्यक्रमहरूमा गाउँदागाउँदै मैले केही एल्बमहरू निकालेँ ।

भिडभाडबाट टाढै रहन मनपर्छ । त्यसैले, होला कलेजमा धेरै साथी बनेनन् । अहिले पनि एक्लै बस्न मन पर्छ । त्यसैले, एकान्तपे्रमी भन्दा फरक नपर्ला ।

करिअरमा केन्द्रित भएकाले मज्जाले कलेज लाइफको अनुभव लिन पाइनँ । कलेज लाइफमा मन चञ्चले हुन्छ । तर, कलेज नगए पनि कोहीसँग लाइभ अफेयर भने चलेन । कलेजबाहिरका एक जनासँग थियो, तर गहिरो र लामो समय टिकेन ।

स्नातकोत्तर संगीत केन्द्रीय विभाग ललितकला त्रिविमा शास्त्रीय संगीत विषयमा गर्दै छु । सायद, यही फागुनमा थेसिस सकिन्छ । यसरी क्याम्पस नगई बित्यो मेरो कलेज लाइफ ।

यो पनि…
यी हुन् उत्कृष्ट मावि, कुन कलेजमा कति छ शुल्क ?
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested