English

यी हुन् उत्कृष्ट मावि, कुन कलेजमा कति छ शुल्क ?



मुलुकभर कक्षा ११ र १२ को अध्यापन गराउने ४ हजार ३ सय ४० मावि छन् । राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणाली लागु गरेपछि नतिजाको आधारमा मात्रै अब्बल माविहरु छनोटहरु गर्ने पारामिटर तय गर्न गाह्रो छ । त्यसकारण यस वर्ष ५ सय बढी विद्यार्थी परीक्षामा सहभागी भएका माविहरुको रिजल्टबाहेक अब्बल मावि छनोटका थप केही मापदण्डका तय गरिएको छ । जसमा विद्यालयले बोर्डबाट पाएको उत्कृष्ट माविको पुरस्कार, उच्च मावि सञ्चालन अनुमति पाएको वर्ष, भौतिक पूर्वाधार, पिपुल्स पर्सेप्सन, अतिरिक्त क्रियाकलापलगायतलाई आधार बनाइएको छ ।

नतिजाको तथ्यांक राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित ‘नतिजा सम्बन्धि एक झलक (२०७४–०७५)’ पुस्तकमा आधारमा निकालिएको हो । किनभने, त्यसयता कोभिड—१९ को महामारीका कारण बोर्डको परीक्षा आन्तरिक मुल्यांकनमा आधारित छ । बोर्डले लिएको अन्तिम परीक्षामा कक्षा ११ तथा १२ मा न्युनतम ५०० विद्यार्थी रहेका माविहरुलाई नतिजाका लागि लिइएको थियो । कक्षा ११ मा ५ सय बढी परीक्षार्थी रहेका माविहरुको संख्या ८० थियो । कक्षा १२ मा ५ सयभन्दा कम विद्यार्थी बोर्डको परीक्षामा सहभागी गराएका ११ माविलाई यो मापदण्डबाट हटाइयो । जसका कारण कक्षा १२ मा आइपुग्दा त्यो संख्या ६९ झरेको छ ।

ती ६९ माविबाट कक्षा ११ र १२ को नतिजामा ‘ए प्लस’देखि ‘डि’ प्लससम्म ल्याउने विद्यार्थीहरू यो मुल्यांकनको प्रमुख आधार हुन् । समग्र विद्यार्थीबाट ‘डी र ‘ई’ ग्रेड ल्याउने (जसलाई बोर्डले ट्रान्सक्रिप्ट दिदैंन) हरूलाई घटाएपछि प्राप्त संख्याबाट नै प्रत्येक माविको कक्षा ११ र १२ को नतिजा प्रतिशतमा निकालिएको हो । प्रतिशत निकाल्दा ट्रान्सक्रिप्ट प्राप्त गर्न योग्य विद्यार्थीको जम्मा संख्यालाई १०० ले गुणन गरी त्यसलाई जम्मा विद्यार्थी संख्याले भाग गरिएको छ । उत्कृष्टताको यो सूची कक्षा ११ र कक्षा १२ को प्रतिशतलाई जोडेर औसत प्रतिशतमा तयार पारिएको हो ।


सुरुमा ५ सय बढी विद्यार्थीलाई पहिलो मापदण्ड बनाइयो । त्यसबाट सर्टलिष्ट गरेर आएका ६९ माविहरुमध्ये उत्कृष्ट रिजल्ट ल्याएका टप ट्वान्टीमा अब्बल माविहरु छनोट गरियो । टप ट्वान्टीमा रहेका माविहरुलाई पिपुल्स पर्सेप्सन, अतिरिक्त क्रियाकलाप, राष्ट्रिय परीक्षा बोर्ड (पहिले एचएसबी)ले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट मावि अवार्ड, प्लस टु अध्यापन गराउन थालेको वर्षमा प्रतिस्पर्धा गराइएको थियो । जसमा रिजल्टलाई १० प्वाइन्ट र अन्य सबै मापदण्डलाई ५ प्वाइन्टमा मार्किङ गरेर सबै जोडेर एग्रिगेडमा निकालिएको थियो । त्यही एग्रीगेडमा प्राप्त प्रतिशतका आधारमा टप ट्वान्टी माविको सूची तयार पारिएको हो ।

टपटेन माविहरु

क्र.सं.माविप्राप्त प्रतिशत
१.प्रसादी एकेडेमी३०
२. सेन्ट जेभियर्स कलेज २७
३.काठमाडौं मोडल सेकेण्डरी स्कुल२६.८५
४. लिटिल एन्जल्स सेकेण्डरी स्कुल२६.४
५. तिलोत्तमा सेकेण्डरी स्कुल२५.४
६. ग्लोबल कलेज अफ म्यानेजमेण्ट२४.८
७. मेरिल्याण्ड सेकेण्डरी स्कुल२४.५५
८. न्यु होराइजन इंग्लिस बोर्डिङ स्कुल२४.३
९.काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल२४.१
१०.ख्वप सेकेण्डरी स्कुल२२.४५

टप ट्वान्टीमा परेका अन्य १० माविहरु

क्र.सं.माविप्राप्त प्रतिशत
११. क्यापिटल सेकेण्डरी स्कुल २२.०५
१२. अरोमा इंग्लिस सेकेण्डरी स्कुल२१.८
१३.अक्सफोर्ड बोर्डिङ सेकेण्डरी स्कुल२१.७
१४. सेन्ट लरेन्स सेकेण्डरी स्कुल २०.७
१५. पब्लिक ज्ञानज्योती सेकेण्डरी स्कुल १९.९
१६.विश्व आदर्श सेकेण्डरी स्कुल१९.७
१७. साउथ वेस्टर्न स्टेट सेकेण्डरी स्कुल १९.३
१८. नेपाल मेगा कलेज १८.०५
१९. युनिग्लोब सेकेण्डरी स्कुल १८
२०.मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी १७.६

१. प्रसादी एकेडेमी

ललितपुरको मानभवनस्थित प्रसादी एकेडेमी निरन्तर अब्बल माविमा दरिदैं आएको छ । सधैं अब्बल नतिजा दिनुको कारण प्रसादीले अगालेको ‘एकल कार्यक्रम, एकल व्यवस्थापन’ भएको माविका प्राचार्य विक्रम राई बताउँछन् । झण्डै दुई दशक बढी समयदेखि प्रसादीले आफ्नो छुट्टै मानक स्थापित गर्न सफल भएको छ । सिमित भर्ना, अनुभवी शिक्षकबाट पठनपाठन प्रसादीको सफलताका मुख्य कारक हुन् । विद्यार्थीमैत्री वातावरण, अनुशासनजस्ता कुराहरुले पनि प्रसादीको नतिजालाई सधैं अब्बल बनाउन भूमिका खेलेका छन् । २३ वर्षदेखि ११ र १२ कक्षा मात्रै पढाइरहेको प्रसादीले लगातार चार पटक उत्कृष्ट उच्च माविको पुरस्कार पाएको छ ।

सिट संख्या
विज्ञान : ६ सय, व्यवस्थापन ः २ सय

शुल्क

विज्ञान
पहिलो स्टलमेन्टः ५५ हजार रुपैयाँ
दोस्रो स्टलमेन्टः ३५ हजार रुपैयाँ
तेस्रो स्टलमेन्टः ३० हजार रुपैयाँ
चौथो स्टलमेन्टः २५ हजार रुपैयाँ

व्यवस्थापन
पहिलो स्टलमेन्टः ३५ हजार रुपैयाँ
दोस्रो स्टलमेन्टः २० हजार रुपैयाँ
तेस्रो स्टलमेन्टः १९ हजार रुपैयाँ
चौथो स्टलमेन्टः १५ हजार रुपैयाँ

२. सेन्ट जेभियर्स कलेज, काठमाडौं

माइतीघरस्थित सेन्ट जेभियर्स मावि अधिकतम विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गर्छ । विज्ञान संकाय मात्र पढाइ हुने सेन्ट जेभियर्सलाई पढाइको वातावरण, कम विदा, उच्चस्तरका फ्याकल्टीजस्ता कारणले अब्बल बनाएको छ । आधुनिक प्रयोगशाला, तीन–तीन महिनामा हुने परीक्षाले पनि विद्यार्थीलाई पढाइमा उत्प्रेरित गर्नुका साथै परीक्षाको लागि तयार पार्ने गर्छ । पाठ्यक्रममा विषयवस्तुका अलावा अतिरिक्त क्रियाकलापमा पनि सेन्ट जेभियर्सले उत्तिकै जोड दिदैं आएको छ । १२ वर्षदेखि ११ र १२ कक्षालाई अध्यापन गराउने कान्छो अब्बल मावि भएपनि सेन्ट जेभियर्सले राष्ट्रिय परीक्षा बोर्डबाट उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या

विज्ञान : ५ सय ४ (बायोलोजी : ३ सय ३६, फिजिक्स : १ सय ६८

वार्षिक शुल्कः ९९ हजार ३ सय (गत शैक्षिक सत्र)

३. काठमाडौं मोडल सेकेन्डरी स्कुल, काठमाडौं

गुणस्तरीय शिक्षा, शैक्षिक अनुशासन, अनुभवी र योग्य शिक्षकलगायतका कुराले बागबजारस्थित काठमाडौं मोडल माविलाई अब्बल बनाएको हो । प्रिन्सिपल डा. नगेन्द्र अर्याल भन्छन्, ‘यसका साथै सक्षम व्यवस्थापकीय पक्ष, समय सान्दर्भिक भौतिक पूर्वाधार एवं शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि मल्टिमिडिया प्रणाली प्रयोग गरिएको छ ।’ विद्यार्थीको रुचिलाई ध्यान दिएर प्रयोगात्मक शिक्षा उपलब्ध गराउनु नै यो माविको सफलताको रहस्य हो । २१ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराइरहेको काठमाडौं मोडेल सेकेण्डरी स्कुलले २ पटक उत्कृष्ट माविको पुरस्कार हात पारेको छ ।

सिट संख्या
विज्ञान : १ हजार ४ सय,
व्यवस्थापन : ४ सय ५०
मानविकी : ४०
कानुन : ४०

भर्ना शुल्क
विज्ञान : ५७ हजार ५ सय रुपैयाँ
व्यवस्थापन : ४२हजार ५ सय रुपैयाँ
मानविकी : ४२ हजार ५ सय रुपैयाँ
कानुन : ४२ हजार ५ सय रुपैयाँ

मासिक शुल्क ः
विज्ञान : ७ हजार ९ सय रुपैयाँ
व्यवस्थापन : ६ हजार रुपैयाँ,
मानविकीः ६ हजार रुपैयाँ,
कानुन : ६ हजार रुपैयाँ

अन्य शुल्क ः
विज्ञान : २० हजार रुपैयाँ
व्यवस्थापन : १५ हजार
मानविकी : १५ हजार रुपैयाँ
कानुन : १५ हजार रुपैयाँ

४. लिटिल एन्जल्स स्कुल, ललितपुर

हात्तीवनस्थित लिटिल एन्जल मावि उत्कृष्ट नतिजा दिने मावि हो । विद्यार्थीहरुलाई केन्द्रमा राखेर कक्षाहरु लिने भएकाले लिटिल एन्जलले उत्कृष्ट नतिजा दिदैं आएको हो । अनुभवी शिक्षक विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा काउन्सिल गर्ने, चिन्ने र समस्या बुझ्ने खालको वातावरण एलएमा रहेको प्रिन्सिपल कृष्णदत्त अवस्थीले बताए । ‘हामीले विद्यार्थीलाई विभिन्न प्रकारका एक्टीभिटिज, प्रोजेक्ट वर्क, विशेष कक्षा, औपचारिक कक्षा, पब्लिक स्फिकिङ, नेतृत्व विकास, पटक—पटक टेष्टहरु, परीक्षा केन्द्रीत प्रयाक्टिस गराउने भएकाले नै हाम्रो नतिजा उत्कृष्ट छ,’ उनी भन्छन् । एलएले विद्यार्थीहरु इन्ट्रान्सबाट छनोट गर्ने भएकाले सकेमसम्म राम्रा विद्यार्थी मात्रै भर्ना लिन्छ । अवस्थी भन्छन्, ‘विद्यार्थी र अभिभावकको पनि नतिजा राम्रो हुनुमा योगदान हुन्छ,’ उनी थप्छन् । २४ वर्षदेखि ११ र १२ कक्षा पढाइरहेको लिटिल एन्जल्सले दुई पटक उत्कृष्ट माविको अवार्ड पाएको छ ।

सिट संख्या
विज्ञान : ३ सय ५०
व्यवस्थापन : २ सय ५०

भर्ना शुल्क
विज्ञान : १५ हजार रुपैयाँ
व्यवस्थापन : १२ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ७ हजार बिहानी सत्र, ६ हजार ५ सय दिवा सत्र
व्यवस्थापन ः ६ हजार ७ बिहानी सत्र, ६ हजार २ सय दिवा सत्र

अन्य शुल्क
विज्ञान : २२ हजार रुपैयाँ
व्यवस्थापन : १८ हजार रुपैयाँ

५. तिलोत्तमा सेकेण्डरी स्कुल, रुपन्देही

नारायणी पश्चिम क्षेत्रकै अग्रणी माविमा पर्छ बुटवलस्थित तिलोत्तमा मावि । विज्ञान र व्यवस्थापन अध्यापन हुँदैं आएको तिलोत्तमले प्रयोगात्मक पक्षमा विशेष ध्यान दिदैं आएको छ । ‘हाम्रो निरन्तर राम्रो नतिजाको कारण एउटा शिक्षकहरुको दक्षता हो,’ माविका प्राचार्य प्रा.डा. आरसी आचार्य भन्छन्, ‘टप विद्यार्थीहरुको आकर्षण पनि अर्को कारण हो ।’ ‘बिउ राम्रो नभएर फल राम्रो हुँदैन्’ भन्ने मान्यता यो माविकाको सन्दर्भमा लागु हुन्छ । तीन सिफ्टमा पढाइ हुने माविमा कोभिड—१९ का बेला पनि क्लासमै आएर ब्ल्याक बोर्डमा भिडियोमार्फत शिक्षकहरुले पढाउँदैं आएका छन् । २५ वर्षदेखि ११ र १२ कक्षा अध्यापन गराइरहेको तिलोत्तमाले केही एवार्डहरु पनि पाएको छ ।

सिट संख्या
विज्ञान : ६ सय ३०, व्यवस्थापन ः १ सय ८५

भर्ना शुल्क
विज्ञान : ४२ हजार रुपैयाँ
व्यवस्थापन : २८ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ४ हजार २ सय ५० रुपैयाँ
व्यवस्थापन : २७ हजार रुपैयाँ

६. ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौं

निरन्तर राष्ट्रिय परीक्षा बोर्डको नतिजामा अब्बलता प्रदर्शन गर्दै आएको यो कलेजले अतिरिक्त क्रियाकलाप र शैक्षिक गतिविधीहरुको सुन्दर संयोजनलाई आफ्नो अब्बलताको कारण बनाएको छ । ‘हामीले पढाइका साथसाथै सीसीए र ईसीएलाई गज्जबले संयोजन गरेर लगेका छौं,’ कलेजका प्रिन्सिपल अब्बादत्त जोशीले भने, ‘हाम्रो स्ट्रेन्थ नै यही हो ।’ १२ वर्षदेखि कक्षा ११ र १२ मा अध्यापन गराइरहेको ग्लोबलले अहिलेसम्म उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
व्यवस्थापन ः ८ सय

भर्ना शुल्क
१८ हजार रुपैयाँ

मासिक शुल्क
१० हजार रुपैयाँ

अन्य शुल्क
९० हजार रुपैयाँ

७. मेरिल्यान्ड सेकेण्डरी स्कुल, मोरङ

पूर्वी व्यवस्थापन संकायको अब्बल माविमा पर्छ—विराटनगरस्थित मेरिल्याण्ड मावि । हरेक वर्ष अब्बल नतिजा पस्कदैं आएको मेरिल्याण्डले प्रविधीमैत्री शिक्षालाई अंगाल्नुका साथै विद्यार्थीको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर शिक्षा दिदैं आएको छ । मेरिल्याण्डका प्रिन्सिपल लक्ष्मण ढकाल अब्बल नतिजाको मुख्य कारण विद्यार्थीको मेहनत भएको बताउँछन् । ‘हाम्रो अब्बल नतिजाको मुख्य कारण त विद्यार्थीहरुको मेहनत र राम्रो शैक्षिक वातावरण नै हो,’ उनी भन्छन्, ‘त्यसबाहेक शिक्षकहरुको लगनशीलता र उच्चस्तरको व्यवस्था पनि कारण हो ।’ खेलकूदलाई अभिन्न अंग मानेको यस माविले खेलाडीलाई सतप्रतिशत छात्रवृत्तिसमेत उपलब्ध गराउँदैं आएको छ । २० वर्षदेखि कक्षा ११ र ११ अध्यापन गराइरहेको मेरिल्याण्डले केही एवार्ड समेत पाएको छ ।

सिट संख्या
व्यवस्थापन ः ७ सय १०

भर्ना शुल्क
२ हजार रुपैयाँ

मासिक शुल्क
३ हजार ५ सय रुपैयाँ

अन्य शुल्क
१८ हजार ५ सय रुपैयाँ

८. न्यु होराइजन बोर्डिङ स्कुल रुपन्देही

रुपन्देहीको न्यु होराइजन बोर्डिङ स्कुल अब्बल माविका रुपमा कहलिएको छ । वर्षेनी उत्कृष्ट नतिजा ल्याउँदै आएको यस विद्यालयमा वर्षेनी कक्षा ११ मा भर्ना हुने विद्यार्थीको भीड लाग्छ । हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउनुको प्रमुख कारण ‘स्मार्ट बोल्ड टिचिङ लर्निङ’ हो । साथै, यस विद्यालयले कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीलाई अन्तरमनबाटै मूल्यांकन गरेर लिने गरेको विद्यालयका प्रिन्सिपल लोकनाथ उपाध्याय बताउँछन् । ‘हामी क्वालिटी विद्यार्थी छनोट गर्छौं,’ उनले भने, ‘उनीहरुलाई त्यहीअनुसार मेहनत गराउँछौं त्यसैले हाम्रो नतिजा सधैं उत्कृष्ट आउँछ ।’ यसका अलवा आकर्षक भौतिक पूर्वाधार, अत्याधुनिक प्रयोगशाला, चुस्त व्यवस्थापन यहाँको थप विशेषता हुन् । २५ वर्षदेखि कक्षा ११ र १२ अध्यापन गराइरहेको न्यु होराइजनले केही पटक उत्कृष्ट माविको पुस्कार समेत पाएको छ ।

सिट संख्या
विज्ञान : ६ सय
व्यवस्थापन : ७ सय

भर्ना शुल्क
विज्ञान : ४० हजार रुपैयाँ
व्यवस्थापन : ३५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ४ हजार रुपैयाँ
व्यवस्थापन : ३ हजार ५ सय रुपैयाँ

९.काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुल काठमाडौं

काठमाडौं बर्नहार्ट सेकेण्डरी स्कुलको अब्बल नतिजाको मुख्य कारण स्कुलिङ र ग्रुमिङ हो । २१ वर्षदेखि कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको यस स्कुलले विद्यार्थीको पढाइका अतिरिक्त नेतृत्वकलालाई पनि उत्तिकै स्थान दिँदै आएको छ । शान्त वातावरण, अनुभवी शिक्षक–शिक्षिका, नैतिक शिक्षामा जोडजस्ता कुराले पनि विद्यालयको नतिजा उत्कृष्ट ल्याउनमा प्रमुख भूमिका खेलिरहेको प्रिन्सिपल नवराज अधिकारी बताउँछन् । ‘हामी विद्यार्थीलाई अनुशासनमा राख्न कडाई गर्ने होइन्, अनुशासन सिकाउँछौं,’ उनले भने, ‘साथै, विद्यार्थीको नेतृत्व विद्यार्थीलाई नै गर्न दिन्छौं ।’

वि.सं. २०७६ सालमा शिक्षा मन्त्रालयबाट स्नातक र स्नातकोत्तर तहमा निजीतर्फ वेष्ट पाइभेट कलेजको अवार्ड पनि यसै कलेजले पाएको थियो । साथै, स्नातक र स्नातकोत्तरमा क्वालिटी एस्युरेन्स एन्ड एक्रिडिटेसन (क्यूएए) को प्रमाणपत्र समेत पाएको थियो । यो गुणस्तर सुनिश्चितताको प्रमाणपत्र हो । नेपालमा निजीतर्फ यो प्रमाणपत्र पाउने यही विद्यालय पहिलो रहेको अधिकारीको दाबी छ ।

सिट संख्या
विज्ञान : ६ सय
व्यवस्थापन : ४ सय

भर्ना शुल्क
विज्ञान : २० हजार रुपैयाँ
व्यवस्थापन : २० हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ७ हजार रुपैयाँ
व्यवस्थापन : ५ हजार रुपैयाँ

अन्य शुल्क
विज्ञान : ३० हजार रुपैयाँ
व्यवस्थापन : २० हजार रुपैयाँ

१०. ख्वप सेकेण्डरी स्कुल भक्तपुर

सामुदायिक विद्यालय भएर पनि अब्बल माविमा पर्छ भक्तपुरको ख्वप सेकेण्डरी स्कुल । वि.सं. २०५६ सालबाट कक्षा ११ र १२ को अध्ययन अध्यापन सुरु गरेको यस विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकायको पढाइ हुन्छ । सामुदायिक विद्यालय भएकाले यहाँका सबै शिक्षक तथा कर्मचारीले सामुदायिक भावना राख्छन् । त्यसैले पनि ख्वप अब्बल मावि बन्न बल पु¥याएको प्रिन्सिपल प्रकाशकुमार श्रेष्ठ बताउँछन् । ‘हामी सबैले साझा भावना राख्छौं । मेहनत गर्छौं,’ उनले भने, ‘हामी विद्यार्थीलाई कडा अनुशासनमा राख्छौं । त्यसैले यहाँ राम्रो पढ्ने र मेहनती विद्यार्थीमात्र भर्ना हुन्छन् ।’

यस विद्यालयमा नियमित कक्षा हुन्छन् । सार्वजनिक विदामा पनि भरसक बन्द हुँदैन । विद्यार्थीको मासिक रुपमा आन्तरिक मुल्यांकन हुन्छ । हरेक विषयका शिक्षकले विद्यार्थीको मुल्यांकन गरेर प्रशासनमा बुझाउनुपर्छ । साथै, आन्तरिक परीक्षालाई पनि विशेष महत्व दिइन्छ । परीक्षामा विद्यार्थी उत्तिर्ण नहुन्जेलसम्म परीक्षा लिने गरेको श्रेष्ठ बताउँछन् । २२ वर्षदेखि कक्षा ११ र १२ लाई अध्यापन गराइरहेको ख्वपले उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
विज्ञान : ७ सय २०
व्यवस्थापन : ७ सय २०
मानविकी : १ सय २०
शिक्षा : ४०
कानून : ४५

भर्ना शुल्क
विज्ञान : ८ हजार ५ सय रुपैयाँ
व्यवस्थापन : ८ हजार ५ सय रुपैयाँ
मानविकी : ८ हजार ५ सय रुपैयाँ
कानून : ८ हजार ५ सय रुपैयाँ
शिक्षा : ४ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : २ हजार ४ सय रुपैयाँ
व्यवस्थापन : १ हजार ५ सय ५० रुपैयाँ
मानविकी : १ हजार ५ सय ५० रुपैयाँ
कानून : १ हजार ५ सय ५० रुपैयाँ
शिक्षा : १ हजार ५० रुपैयाँ

अन्य शुल्क
विज्ञान : २२ हजार ५० रुपैयाँ
व्यवस्थापन : १३ हजार ५० रुपैयाँ
मानविकी : १३ हजार ५० रुपैयाँ
कानून : १३ हजार ५० रुपैयाँ
शिक्षा : ४ हजार ५ सय रुपैयाँ

११. क्यापिटल सेकेण्डरी स्कुल काठमाडौं

कोटेश्वरस्थित क्यापिटल सेकेण्डरी माविलाई सेलेक्टड विद्यार्थी भर्ना, नियमित क्लास, अनुभवी शिक्षकहरुको टिमले अब्बल बनाएको छ । माविले एमबीबीएस र इन्जिनियरिङलाई प्राथमिकतामा राखेर कक्षा ११ देखि नै इन्ट्रान्स तयारी कक्षाहरु पनि सञ्चालन गर्ने गरेको छ । विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर माविले विभिन्न क्लबहरु समेत गठन गरेर अन्तक्रियालाई बढावा दिने काम गर्छ । सुविधासम्पन्न भौतिक पूर्वाधार रहेको कलेजका निर्देशक देवराज पौडेल बताए । ‘यी सबै कुराहरुले हामीले निरन्तर अब्बल नतिजा ल्याउँदैं आएका छौं,’ उनले भने, ‘अतिरिक्त क्रियाकलाप, विद्यार्थीमैत्री वातावरणलगायतका नै हाम्रो अब्बलताको कारण हुन् ।’ २० वर्षदेखि कक्षा ११ र १२ लाई अध्यापन गराइरहेको क्यापिटलले उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
विज्ञानः ८ सय
व्यवस्थापनः ५ सय
मानविकी : १ सय

भर्ना शुल्क
विज्ञानः १० हजार रुपैयाँ
व्यवस्थापन : १० हजार रुपैयाँ
मानविकीः १० हजार रुपैयाँ

मासिक शुल्क
विज्ञानः ७ हजार २ सय रुपैयाँ
व्यवस्थापनः ५ हजार रुपैयाँ
मानविकीः ५ हजार रुपैयाँ

अन्य शुल्क
विज्ञानः ६४ हजार रुपैयाँ
व्यवस्थापनः २९ हजार रुपैयाँ
मानविकीः २९ हजार रुपैयाँ

१२. अरोमा इंग्लिस सेकेन्डरी स्कुल, चितवन

अरोमा इंग्लिस सेकेण्डरी स्कुलको अब्बल नतिजाको प्रमुख कारण विद्यार्थीको ‘केयरिङ’ र शिक्षकको ‘डिभोसन’ हो । १२ वर्षदेखि कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन पढाइ हुने भरतपुरस्थित अरोमा मोफसलको उत्कृष्ट मावि हो । ‘फूलटाइम फ्याकल्टी हाम्रो सफलताको प्रमुख कारण हो,’ अरोमा प्रिन्सिपल शेरबहादुर क्षेत्री भन्छन्, ‘अब्बल व्यवस्थापन, अनुभवी र फूलटाइम शिक्षकका हाम्रा स्ट्रेन्थ हुन् ।’ विद्यार्थीको होमवर्क चेक, विद्यार्थीलाई पर्याप्त समय दिने सशक्त टिमले विद्यार्थीको अन्तरमन प्रस्तुष्टन गराउन भूमिका खेल्दै आएको छ । १२ वर्षदेखि कक्षा ११ र १२ लाई पठाइरहेको यो माविले उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
विज्ञान: ४ सय ५०, व्यवस्थापन ः ४ सय

भर्ना शुल्क
विज्ञान: १५ हजार रुपैयाँ
व्यवस्थापन : व्यवस्थापन १० हजार रुपैयाँ÷होटल म्यानेजमेन्ट १३ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ४२ सय रुपैयाँ
व्यवस्थापन : होटल म्यानेजमेन्ट ३ अजार ८ सय रुपैयाँ, म्यानेजमेन्ट ३ हजार ३ सय रुपैयाँ

अन्य शुल्क
विज्ञान : २० हजार रुपैयाँ
व्यवस्थापन : १५ हजार रुपैयाँ

१३. अक्सफोर्ड इङ्ग्लिस बोर्डिङ स्कुल रुपन्देही

रुपन्देहीको अक्सफोर्ड इङ्ग्लिस बोर्डिङ स्कुल पनि अब्बल माविमा पर्छ । यहाँको उत्कृष्ट नतिजाको कारण विद्यार्थी केन्द्रीत सिकाइ नै हो । यहाँका हरेक विद्यार्थीलाई आन्तरिक मुल्यांकनका आधारमा छात्रवृत्ति दिने गरेको कलेजका प्रिन्सिपल दिनेश भुसाल बताउँछन् । ‘हामी प्रत्येक महिना विद्यार्थीको आन्तरिक मुल्यांकन गर्छौं,’ उनले भने, ‘परीक्षाको नतिजाका आधारमा २५ देखि १०० प्रतिशतसम्म छात्रवृत्ति दिन्छौं ।

साथै, नगर पुरस्कार पनि दिन्छौं । जसले गर्दा विद्यार्थीमा प्रतिस्पर्धाको भावना विकास भएर पढ्न प्रेरित हुँदा रहेछन् ।’ यस कलेजको प्रत्येक आन्तरिक परीक्षामा ३.६५ भन्दा माथि जीपीए ल्याउने विद्यार्थीले १० हजार पुरस्कार र मासिक शुल्कमा छुट हुने भुसालले बताए । साथै, पारिवारिक वातावरण, प्रशस्त छात्रवृत्ति, अनुभवी शिक्षक शिक्षिका, सबल भौतिक पूर्वाधार, अत्याधुनिक ल्याब यहाँका थप आकर्षण हुन् । १८ वर्षदेखि कक्षा ११ र १२ लाई पढाउँदैं आएको यो माविले उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या

विज्ञान : ३ सय ४०
व्यवस्थापन : ६ सय
मानविकी : ८०
शिक्षा : ८०

भर्ना शुल्क
विज्ञान : १० हजार रुपैयाँ
व्यवस्थापन : १० हजार रुपैयाँ
मानविकी : १० हजार रुपैयाँ
शिक्षा : १० हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ४ हजार रुपैयाँ
व्यवस्थापन : ३ हजार रुपैयाँ
मानविकी : ३ हजार रुपैयाँ
शिक्षा : ३ हजार रुपैयाँ

अन्य शुल्क
विज्ञान : २७ हजार रुपैयाँ
व्यवस्थापन : १५ हजार रुपैयाँ
मानविकी : १५ हजार रुपैयाँ
शिक्षा : १५ हजार रुपैयाँ

१४. सेन्ट लरेन्स स्कुल÷कलेज काठमाडौं

चावहिलस्थित सेन्ट लरेन्स स्कुलको अब्बल नतिजाको प्रमुख कारण विद्यार्थीको ‘केयरिङ’ र उत्कृष्ट शैक्षिक वातावरण नै हो । २४ वर्षदेखि कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन पढाइ हुने सेन्ट लरेन्स उत्कृष्ट मावि हो ।

‘शान्त र अनुशासित वातावरण हाम्रो सफलताको प्रमुख कारण हो,’ स्कुलका अध्यक्ष केशव दंगाल भन्छन्, ‘अब्बल व्यवस्थापन, अनुभवी शिक्षकका हाम्रा स्ट्रेन्थ हुन् ।’ विद्यार्थीको मासिक मूल्यांकन, होमवर्क चेक, विद्यार्थीलाई पर्याप्त समय दिने सशक्त टिम, आधुनिक प्रयोगशाला लगायतका कुराले सेन्ट लरेन्सलाई अब्बल बनाएको छ । २४ वर्षदेखि कक्षा ११ र १२ लाई पढाउँदैं आएको सेन्ट लरेन्सले उत्कृष्ट माविको पुरस्कार अहिलेसम्म प्राप्त गरेको छैन ।

सिट संख्या
विज्ञान : ४ सय ८०
व्यवस्थापन : ४ सय ८०
मानविकी : ४०
कानुन : ४०

भर्ना शुल्क
विज्ञान : १५ हजार रुपैयाँ
व्यवस्थापनः १५ हजार रुपैयाँ
मानविकी : १५ हजार रुपैयाँ
कानुनः १५ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ५ हजार रुपैयाँ
व्यवस्थापन : ४ हजार रुपैयाँ
मानविकी : ४ हजार रुपैयाँ
कानुन : ४ हजार रुपैयाँ

वार्षिक शुल्क
विज्ञान : २३ हजार रुपैयाँ
व्यवस्थापन : २३ हजार रुपैयाँ
मानविकी : २३ हजार रुपैयाँ
कानुन : २३ हजार रुपैयाँ

१५. पब्लिक ज्ञान ज्योती सेकेण्डरी स्कुल दाङ
दाङस्थित ज्ञान ज्योती सेकेण्डरी स्कुलको उत्कृष्ट नतिजाको प्रमुख कारण नै सबल व्यवस्थापकीय पक्ष हुनु हो । यसका साथै, अनुभवी शिक्षक शिक्षिकाहरु अर्को पक्ष रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र जिसी बताउँछन् ।
वि.सं. २०६५ सालबाट कक्षा ११ र १२ को कक्षा सुरु भएको यस विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा अन्तर्गतका विषयमा पढाई हुन्छ । शान्त एवं शैक्षिक वातावरण, सुविधासम्पन्न भौतिक संरचना, अतिरिक्त क्रियाकलापमा जोड, स्तरीय ल्याब तथा लाइब्रेरी यस विद्यालयका थप विशेषता हुन् । यो माविले उत्कृष्ट माविको पुरस्कार प्राप्त नगरेको जिसी बताउँछन् ।

सिट संख्या
विज्ञान : २ सय ३०
व्यवस्थापन : ५ सय
मानविकी : ४०
शिक्षा : ४०
कानुन : ४५

भर्ना शुल्क
विज्ञान : १२ हजार रुपैयाँ
व्यवस्थापन : ८ हजार रुपैयाँ
मानविकी : २ हजार रुपैयाँ
शिक्षा : २ हजार रुपैयाँ
कानुन : ८ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ३ हजार रुपैयाँ
व्यवस्थापन : २ हजार ४ सय रुपैयाँ
मानविकी : १ हजार २ सय रुपैयाँ
कानुन : १ हजार ४ सय रुपैयाँ
शिक्षा : १ हजार २ सय रुपैयाँ

वार्षिक शुल्क
विज्ञान : १८ हजार रुपैयाँ
व्यवस्थापन : ८ हजार ५ सय रुपैयाँ
मानविकी : ४ हजार रुपैयाँ
कानुन : ४ हजार रुपैयाँ
शिक्षा : ४ हजार रुपैयाँ

१६. विश्व आदर्श सेकेण्डरी स्कुल, सुनसरी

सुनसरी जिल्लाकै उत्कृष्ट मावि हो विश्व आदर्श सेकेण्डरी स्कुल । विगतका वर्षहरुमा उत्कृष्ट नतिजाका कारण यो अब्बल मावि बन्न सफल भएको छ । यस विद्यालयको उत्कृष्ट नतिजाको प्रमुख कारण विद्यार्थीको मापदण्ड र अनुभवी शिक्षक शिक्षिका हो । २३ जनाको समूहले सञ्चालित यस विद्यालयमा सबै लगानीकर्ता शिक्षक हुन् । सबैले आफ्नै सोचेर मेहनत गरेर नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल गणेश दुलाल बताउँछन् ।

वि.सं. २०५५ सालबाट कक्षा ११ र १२ को पढाइ सुरु भएको यस कलेजमा हाल विज्ञान र व्यवस्थापनका विषयहरु पढाई हुन्छ । यहाँ हरेक विषयका छुट्टाछुट्टै ल्याब, स्तरीय चमेना गृह, सबल भौतिक पूर्वाधार, नैतिक शिक्षामा जोड, यातायातको पूर्ण व्यवस्था लगायत यस विद्यालयका थप विशेषता हुन् । विश्व आदर्श माविले अहिलेसम्म उत्कृष्ट माविको पुरस्कार नपाएको दुलालले जानकारी दिए ।

सिट संख्या
विज्ञान : ३ सय ५०
व्यवस्थापन : ३ सय ५०

भर्ना शुल्क
विज्ञान : २३ हजार रुपैयाँ
व्यवस्थापन : १६ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ५ हजार रुपैयाँ
व्यवस्थापन : ३ हजार ५ सय रुपैयाँ

१७. साउथ वेष्टर्न स्टेट सेकेण्डरी स्कुल काठमाडौं

राजधानीका कलेजहरुको भीडमा उत्कृष्ट मावि हो– साउथ वेष्टर्न स्टेट सेकेण्डरी स्कुल । घोकन्तेभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिँदै आएको यस विद्यालयले हरेक वर्ष विद्यार्थी भर्नामा विशेष होसियारी अपनाउँछ । मेहनती विद्यार्थीको मुल्यांकन गरेरमात्र भर्ना लिने भएकाले अहिलेसम्म राम्रो नतिजा ल्याउन सफल भएको यस विद्यालयका सहायक प्रिन्सिपल हरिसिंह केसी बताउँछन् । ‘हामी विद्यार्थीको पढाइमात्र होइन्, करियर काउन्सिलिङमा पनि विशेष ध्यान दिन्छौं,’ उनले भने, ‘विद्यार्थीलाई घोकन्तेभन्दा पनि व्यवहारिक शिक्षामा जोड दिँदै आएका छौं ।’

विगत ११ वर्षयता कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउँदै आएको यस विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी र कानुनअन्तर्गत विषयका कक्षा सञ्चालन गराउँदै आएको छ । यसैगरी, यस विद्यालयले विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तालिम तथा गोष्टीहरुमा समेत समावेश गराउँदै आएको छ । साउथ वेस्टर्न स्टेट माविले अहिलेसम्म उत्कृष्ट माविको पुरस्कार भने नपाएको केसीले बताए ।

सिट संख्या
विज्ञान : ४ सय ५०
व्यवस्थापन : ५ सय ८०
मानविकी : ४०
कानुन : ४०

भर्ना शुल्क
विज्ञान : २३ हजार ५ सय रुपैयाँ
व्यवस्थापन : २२ हजार ५ सय रुपैयाँ
कानुन : २२ हजार ५ सय रुपैयाँ
मानविकी : २० हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान : ७ हजार ५ सय रुपैयाँ
व्यवस्थापन : ६ हजार ५ सय रुपैयाँ
मानविकी : ५ हजार ५ सय रुपैयाँ
कानुन : ५ हजार ५ सय रुपैयाँ

अन्य शुल्क
विज्ञान : १ लाख १२ हजार ५ सय रुपैयाँ
व्यवस्थापन : ९५ हजार ५ सय रुपैयाँ
मानविकी : ७५ हजार ५ सय रुपैयाँ
कानुन : ८७ हजार ५ सय रुपैयाँ

१८. नेपाल मेगा कलेज काठमाडौं

नेपाल मेगा कलेज नतिजाका हिसाबले अब्बल माविमा चिनिन्छ । त्यसो त कक्षा ११ मा भर्ना गर्ने बेला यहाँ ठूलै भीडभाड हुन्छ । यहाँको उत्कृष्ट नतिजा नै विद्यार्थी तथा अभिभावको मुख्य आकर्षण बनेको कलेजका प्रिन्सिपल दिनेश खनाल बताउँछन् । यो कलेज अब्बल हुनुको मूख्य कारण नै विद्यार्थी केन्द्रीत सिकाइ प्रणाली हो । यहाँ सबै शिक्षकहरु फुलटाइम आवद्ध छन् । त्यसैले विद्यार्थीले आफ्ना समस्या जुनसुकै बेला सम्बन्धित शिक्षकसँग भेटेर समाधान लिन सक्छन् ।

अभिभावकसँग नियमित सम्पर्क, विद्यार्थीको आन्तरिक मूल्यांकन र के का लागि पढ्ने भन्ने विषयमा करिअर काउन्सिलिङ जस्ता कुराहरुले पनि नतिजामा प्रत्यक्ष प्रभाव पारेको खनाल बताउँछन् । विगत ९ वर्षयता कक्षा ११ र १२ को पढाइ हुँदै आएको यस कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुनका विषयमा पढाइ हुन्छ । मेगाले अहिलेसम्म उत्कृष्ट माविको पुरस्कार भने नपाएको खनालले जानकारी दिए ।

सिट संख्या
विज्ञान : ४ सय
व्यवस्थापन : २ सय ५०
मानविकी : १ सय
कानुन : १ सय

भर्ना शुल्क
विज्ञान : १५ हजार रुपैयाँ
व्यवस्थापन : १५ हजार रुपैयाँ
मानविकी : १० हजार रुपैयाँ
कानुन : १० हजार रुपैयाँ

मासिक शुल्क
विज्ञान ः ५ हजार रुपैयाँ
व्यवस्थापन ः ४ हजार ५ सय रुपैयाँ
मानविकी ः ४ हजार रुपैयाँ
कानुन ः४ हजार रुपैयाँ

अन्य शुल्क
विज्ञान ः १५ हजार रुपैयाँ
व्यवस्थापन ः १५ हजार रुपैयाँ
मानविकी ः १० हजार रुपैयाँ
कानुन ः १० हजार रुपैयाँ

१९. युनिग्लोब सेकेण्डरी काठमाडौं

विद्यार्थी मेहनत, शिक्षक, कलेज र अभिभावकको योगदानको समिश्रण नै युनिग्लोबल सेकेण्डरी स्कुलको सफलताको मुख्य कारक हो । माविले विद्यार्थीको शैक्षिक उन्नयका लागि आवश्यक कुराहरुमा विशेष जोड दिदैं आएको छ । कलेजका प्रिन्सिपल अशोककुमार चौधरीकाअनुसार माविले मुख्यतयाः ५ वटा कुराहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको छ । ‘विद्यार्थीको वेष्ट रिजल्ट, अधिकतम व्यक्तित्व विकास, विद्यार्थीमैत्री वातावरण, पूर्ण अनुशासन र अभिभावक, कलेज प्रशासन र शिक्षकको समन्वयमा हामीले विशेष जोड दिएर काम गर्छौ,’ चौधरीले भने । ७ वर्षदेखि कक्षा ११ र १२ लाई अध्यापन गराइरहेको युनिग्लोबले उत्कृष्ट माविको पुरस्कार भने पाएको छैन ।

सिट संख्या
विज्ञान ः६ सय
व्यवस्थापन ः ५ सय ५०
कानुनः ५०

वार्षिक शुल्क (एकमुष्ट)
विज्ञान ः ६० हजारदेखि २ लाख १६ हजार रुपैयाँसम्म
व्यवस्थापन ः ६० हजारदेखि १ लाख ९२ हजार रुपैयाँसम्म
कानुनः ६० हजारदेखि १ लाख ९२ हजार रुपैयाँसम्म

२०. मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी धनुषा

जनकपुरस्थित मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी पनि मोफसलमा रहेर राम्रो नतिजा दिने माविमा पर्छ । मिथिलाको उत्कृष्ट नतिजाको कारण राम्रो शिक्षकको टिम, विद्यार्थीहरुमा कडा अनुशासन कायम गर्नु र एक्स्ट्रा क्लास गर्नु रहेको माविका प्रिन्सिपल मनोजकुमार साह बताउँछन् । ‘हामी रेगुलर अफलाइन र अनलाइनमा क्लास गर्छौ,’ उनी भन्छन्, ‘शिक्षकको टिम पनि वेष्ट छ ।’ त्यही कारण मिथिला प्रदेश २ मा अनुशासन र पढाइमा नम्बर वान छ । २१ वर्षदेखि कक्षा ११ र १२ को अध्यापन गराइरहेको मिथिलाले एक पटक उत्कृष्ट माविको पुरस्कार पाएको साहले जानकारी दिए ।

सिट संख्या
विज्ञानः ४ सय ५०
व्यवस्थापनः ४ सय ५०

भर्ना शुल्क
विज्ञानः १० हजार रुपैयाँ
व्यवस्थापन ः साढे ७ हजार रुपैयाँ

मासिक शुल्क
विज्ञानः ३ हजार रुपैयाँ
व्यवस्थापनः २ हजार रुपैयाँ

अन्य शुल्क
विज्ञानः १ हजार रुपैयाँ
व्यवस्थापनः १ हजार रुपैयाँ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली