English

दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन



दीपीका प्रसाईं, अभिनेत्री

मैले २०६७ सालमा कपनस्थित चाहना इन्टरनेशनल स्कुलबाट प्रथम श्रेणीमा एलएलसी उत्तिण गरें । एलएलसीपछि कलेज पढ्न एकदम उत्साहित थिएँ । परिवार र साथीभाईसँग प्लस टुमा के पढ्ने ? भनेर सल्लाह गरें । सबैले मानविकी संकाय पढ्न राय दिनुभयो । मेरो रुची पनि यसैमा भएकाले बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा अंगे्रजी र मनोविज्ञान विषय लिएर पढ्न थालें ।

कलेजमा साथीहरुसँग रमाइलो पनि गरियो । बिहानको कक्षा सकिएपछि घुमौँ, रमाइलो गरौँ भन्ने मानसिकता हुन्थ्यो । स्कुले जीवनमा पढ्नुपर्छ, धेरै नम्बर ल्याउनुपर्छ भन्ने लाग्थ्यो । तर, प्लस टु मा पुगेपछि रहरहरु फेरिन थाले । आफ्ना मिल्ने साथीभाईहरुसँग भेटघाट गर्ने, घुम्न जाने, चलचित्र हेर्न जाने, किनमेलका लागि जाने गरिन्थ्यो ।

कलेजको नियम कडा भएर होला बंक गर्ने हिम्मत कहिल्यै आएन । मिल्ने साथीहरु कलेजको क्यान्टिनमा पकौडा, चिया, समोसा, चाउमिन, मम, रोटी, तरकारी जे पाइन्थ्यो त्यही खाजा खाने गरिन्थ्यो । तर, मैले प्रायजसो चाउमिन र चिया नै खान्थें ।

कलेजका दिनहरुमा केही ठाउमा भ्रमण गरियो । लुम्बिनी र पोखरा गएको मैले अझैं भुलेकी छैन । एकदमै नजिकका साथीहरु, त्यसमाथि शिक्षकहरु पनि रमाइलो गर्न मन पराउने खालका । उहाँहरुसँगै घुम्ने, फोटो र सेल्फी खिच्ने गरियो जसकारण साथीहरुसँगै भ्रमण गएको महशुष भएको थियो । त्यो मेरो लागि अविस्मरणीय छ ।

यो उमेरमा फेसनेबल ड्रेस र मेकअप गर्न मन लाग्ने भए पनि मेरो स्कुल र कलेजको नियम एकदमै कडा भएकाले म सामान्य नै थिएँ । पाइन्ट, सर्ट, टाई, मेकअप गर्न नपाइने नियम थियो । कपालको रबर पनि कालो नै हुनुपथ्र्यो । कलेजको नियम कडा भएर होला बंक गर्ने हिम्मत कहिल्यै आएन । मिल्ने साथीहरु कलेजको क्यान्टिनमा पकौडा, चिया, समोसा, चाउमिन, मम, रोटी, तरकारी जे पाइन्थ्यो त्यही खाजा खाने गरिन्थ्यो । तर, मैले प्रायजसो चाउमिन र चिया नै खान्थें ।

मैले बानेश्वरस्थित के एण्ड के ईन्टरनेशनल कलेजमा बिएसडब्लु (ब्याचलर्स इन् सोसल वर्क) विषय लिएर स्नातक तह अध्ययन गरें । यस कलेजमा पढ्दाखेरी नै मेरो कलाकारिताको जीवन सुरु भयो ।

मेरो इच्छा भन्दा शिक्षकहरुको चाहनाले म आज चलचित्र क्षेत्रमा छु । कलेजमा म ज्ञानी थिएँ । उहाँहरुले मेरो सुन्दरता देखेर अभिनेत्री बन्न प्रोत्साहन गर्नुहुन्थ्यो । ‘तिमी प्रतिभाशाली छौ, अभिनेत्री हुनुपर्छ ।’ भनेरै हौसला दिनुहुन्थ्यो । तीन वर्षको अध्ययनको आखिरी दिनमा सरहरुको हौसलाले मलाई पनि यस क्षेत्रमा लाग्नुपर्छ भनेर रुची बढ्यो । र, म नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरें ।

कलेज पढ्दा मलाई माया गर्ने, प्रेम प्रस्ताब राख्ने धेरै थिए । मेरो भने कसैसँग प्रेम बसेन । पहिलो र अन्तिम प्रेम नै मेरो श्रीमान हुनुहुन्छ । त्यो बेला मैले कसैको प्रेम प्रस्ताव स्वीकार्दिन थिएँ । अहिले नै माया गर्ने मेरो उमेर होइन, मायाको कुरा बुझ्दिन भनेर टार्ने गर्थें ।

तीन बर्षे अध्ययनको क्रममा सामाजिक काम गर्नु पर्ने भएकाले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका संस्थाहरुमा काम गर्ने अवसर पाएँ । कलेजले भ्रमण पनि लगेको थियो । त्यो भ्रमणमा कारणवस म सहभागी हुन सकिनँ । तर, कलेजले प्रयोगात्मकमा दैनिकी रिपोर्ट बनाउन दिएको थियो । त्यो मैले पुरा गरें । स्नातक तहको पहिलो वर्ष अलि गाह्रो भयो । तर, दोस्रो र तेस्रो वर्ष सामाजिक काम गर्न साथीहरुसँग रमाइलो भयो । कलेजमा आफूलाई मन पर्ने विषयको बारेमा प्रिजेन्टेशन गर्ने, कार्यक्रमहरु आयोजना गर्ने गरिथ्यो । यस्ता कार्यक्रमहरुमा सहभागी भएर मैले आफ्नो व्यक्तित्व विकास गर्ने पाएँ ।

कलेज पढ्दा मलाई माया गर्ने, प्रेम प्रस्ताब राख्ने धेरै थिए । मेरो भने कसैसँग प्रेम बसेन । पहिलो र अन्तिम प्रेम नै मेरो श्रीमान हुनुहुन्छ । त्यो बेला मैले कसैको प्रेम प्रस्ताव स्वीकार्दिन थिएँ । अहिले नै माया गर्ने मेरो उमेर होइन, मायाको कुरा बुझ्दिन भनेर टार्ने गर्थें ।

प्लस टु पढ्दै गर्दा पढेकै कलेजमा काउन्सिलिङ् गर्ने काम गरँे । जुन एउटा सिकाइको पाटो थियो । हिमालय टेलिभिजनले समाचार वाचिकाको तालिम प्रदान गरेको थियो । मैले पनि त्यो कोर्स लिएँ । यसरी आफूलाई मन लागेका, खुसी मिल्ने र सीप विकास गर्ने थुप्रै काम गरें । तर, कलेज लाइफमा मैले जागिर गरिनँ ।

कलेज लाइफमा म सबैसँग बोल्थें । मलाई पनि सबैले राम्रो मान्थे । स्कुलदेखि अहिलेसम्म मेरा साथीहरु सिमित नै हुनुहुन्छ । कसैलाई मलाई समस्या परेमा हामी अहिले पनि एकअर्कालाई सहयोग गर्छौं ।

मैले के एण्ड के कलेजबाट लैङ्गिक अध्ययन (जेन्डर स्टडी) मा स्नातकोत्तर गरें । त्यो समयमा कलाकारिता क्षेत्रमा व्यस्त भईन्थ्यो । क्लास लिन भने गईन्थ्यो । साथीहरु पनि खासै चिनिएन । यसरी नै सरल तरिकाले नै कलेज जीवन बिताइयो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested