English

विश्वकै जेष्ठ दाबी गरिएकी चिनियाँ महिलाको मृत्यु



विश्वकै जेष्ठ महिला भनि दाबी गरिएकी चीनकी एक बृद्धाको निधन भएको छ । विश्वकै बृद्ध महिला भनि दाबी गरिएकी १३५ वर्षीया अलिमिहन सियिटीको मृत्यु भएको हो । उनी चीनको स्वायत्त उइगुर प्रान्तकी बासिन्दा हुन् ।

चीनमा जन्म र मृत्युबारे तथ्यांक संकलन गर्ने पब्लिसिटी डिर्पाटमेन्टका अनुसार सियातीको जन्म सन् १८८९ को २५ जुनमा भएको थियो ।

सियिटीको विवाह १७ वर्षको उमेरमा सन् १९०३मा भएको थियो । उनका ४३ नाती र पनाती छन् । सरकारले उनलाई सन् २०१३ मा चीनकै सबैभन्दा जेष्ठ जीवित महिला घोषणा गरेको थियो ।

मृत्यु हुनुअघिसम्म उनको दैनिकी सामान्य थियो । चीन सरकारले उनलाई विश्वकै जेष्ठ महिला भनेर दाबी गरे तापनि गिनिज वल्र्ड रेकर्डबाट भने मान्यता पाएकी थिइनन् ।

सियिटीलाई विश्वकै जेष्ठ महिला घोषित गर्न र स्वतन्त्र ढंगले पुष्टि गर्न कसैले अनुरोध नगरेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested