English

माइग्रेनबाट छुटकारा पाउने घरेलु उपाय



माइग्रेन सामान्य टाउको दुखाइ होइन, यदि तपाईँले यो अनुभव गर्नुभएको छ भने थाहा पाउनुहुनेछ कि यसमा वाकवाकी लाग्ने, उज्यालो प्रकाश वा आवाजप्रति संवेदनशीलता, धमिलो हुने र गम्भीर टाउको दुख्ने जस्ता समस्याहरू हुन्छन् । जब माइग्रेन आक्रमण हुन्छ, हामी यसलाई निको पार्न जे पनि गर्न तयार हुन्छौ ।

यस्तो अवस्थामा प्राकृतिक उपचारले माइग्रेनको लक्षण कम गर्न निकै सहयोगी हुन्छ । तर यो पनि जान्नु आवश्यक छ कि यदि यो असहनीय हुँदै गइरहेको छ र डाक्टरको सल्लाह लिनुपर्छ । त्यसैले माइग्रेनबाट छुटकारा पाउने केही घरेलु उपायहरू यस प्रकार छ :

कफी पिउनुहोस्
शरीरमा रहेको क्याफिनको थोरै मात्राले माइग्रेनको दुखाइमा राहत दिन्छ । यस्तो अवस्थामा तपाईँले कालो कफी पिउनुपर्छ । तर कहिलेकाहीँ धेरै क्याफिन सेवन गर्दा पनि माइग्रेन हुन सक्छ ।

लेभेन्डर तेल
अनुसन्धानले पत्ता लगाएको छ कि माइग्रेन दुखाईकन बेला लेभेन्डर तेल सुँघ्नु भयो भने, यसले १५ मिनेटमा केही प्रभाव देखाउँछ । यस्तो अवस्थामा तपाईँले यसलाई सिधै वा रुमालमा राखेर सुँघ्न सक्नुहुन्छ ।

पुदिना
माइग्रेनको समस्या सुरु भएको छ भने तपाईँले एकै समयमा पुदिनाको तेल सुँघ्नु भयो भने, यसले दुखाई बढ्नबाट रोक्न सक्छ ।

दालचिनी
दालचिनीले माइग्रेनको असहनीय पीडाबाट पनि राहत दिन्छ । यसलाई डेकोक्शनको रूपमा वा यसको पेस्ट टाउकोमा लगाउनाले आराम पाउन सक्नुहुन्छ ।

अदुवा
माइग्रेनको दुखाइ सुरु भयो भने अदुवाको टुक्रा मुखमा चपाउनुहोस् । आराम पाउनुहुनेछ । यसलाई चियाको रूपमा पनि पिउन सकिन्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले