English

वीर्यको संख्या बढाउन के खाने, के नखाने



स्वास्थ्य यौन जीवन बिताउन र सन्तान जन्माउनका लागि शुक्रकीटको मात्रा र गुणस्तर धेरै महत्त्वपूर्ण हुन्छ । शुक्रकीटको संख्या बढाउन नियमित रूपमा स्वास्थ्य आहार खानुपर्छ । वीर्यको संख्या बढाउन के खाने, के नखाने बारे जानकार हुन जरुरी हुन्छ ।

के खाने

अण्डा
प्रोटिनयुक्त अण्डाले पुरुषमा शुक्रकीटको संख्या बढाउन मद्दत गर्छ । यसमा भिटामिन ई धेरै मात्रामा पाइन्छ । जसले शुक्रकीटको गतिशीलता बढाउन मद्दत गर्छ । प्रशस्त मात्रामा जिङ्क हुने भएकाले यसले शुक्राणुको संख्या बढाउन मद्दत गर्छ ।

केरा
म्याग्नेसियम, भिटामिन बी र सी प्रशस्त मात्रामा पाइने केराले पुरुषमा शुक्रकीटको संख्या बढाउँछ । दैनिक केरा खाँदा फाइदाजनक हुन्छ । केरामा ब्रोमेलेन इन्जाइम हुन्छ, जसले शुक्राणुको संख्या बढाउँछ ।

गाजर
गाजर, बिटा क्यारोटिनको भरपुर स्रोत हो । यसमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ, जसले शुक्रकीटलाई फ्री रेडिकलबाट बचाउँछ । जसले शुक्रकीटको बढ्न मद्दत गर्दछ ।

ब्रोकाउली
भिटामिन ‘ए’ को कमीले पुरुषमा प्रजनन क्षमता कम हुन्छ । ब्रोकाउलीमा भिटामिन ‘ए’ पौष्टिक तत्त्व हुन्छ, जसले स्वास्थ्य र सक्रिय शुक्राणु बनाउन मद्दत गर्छ ।

टमाटर
टमाटरमा लाइकोपीन नामक इन्जाइम हुन्छ, जसले शुक्राणुको बनावट र गतिविधिलाई सुधार्न मद्दत गर्दछ । दैनिक खानामा टमाटर खाँदा पुरुषमा प्रजनन क्षमता बढ्छ ।

किसमिस
किसमिसमा भिटामिन ‘ए’ पाइन्छ । दैनिक किसमिस खाँदा पुरुषको शुक्रकीटको संख्या र गुणस्तर बढ्छ ।

के नखाने

मदिरा
मदिराको अत्यधिक सेवनले शुक्राणुको उत्पादनमा कमी ल्याउँछ । जस कारणले शुक्राणु घट्छ, मदिरा सेवन नगर्नु नै उत्तम हुन्छ ।

जङ्क फूड
जङ्क फूडको सेवनले तौल बढाउनुका साथै प्रजनन क्षमतामा असर पु¥याउँछ । बोसोयुक्त, स्टार्च, भुटेको र प्रशोधित खानेकुराको अत्यधिक मात्राले स्वास्थ्यका साथै प्रजनन क्षमतामा असर गर्छ ।

धूम्रपान
धूम्रपानले शुक्रकीटको गुणस्तरलाई असर गर्छ । धेरै धूम्रपान गर्नले शुक्रकीटको संख्या घटाउँछ । पुरुषहरूमा बाँझोपनको समस्या हुन सक्छ ।

छुटाउनु भयो कि ?
सेक्स कति पटक र कुन समयमा गर्ने ?
यी देशमा यस्ता छन् सेक्स सम्बन्धि अनौठा नियम
सुप बनाउन काटेर टुक्रा बनाइएको कोब्राले डसेपछि सेफको मृत्यु
गाईले नब्याउँदै दूध दिन थालेपछि…
जसले १०० शवसँग यौन सम्पर्क गरे
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको

‘रक्तदान महादान, रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात गर्दै बुटवलस्थित भिमसेन नेवाः मयजु पुचले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ

पुरुषबाट महिला बलात्कार भएका घटना थुप्रै सुनिन्छ । तर, महिलाले पुरुषलाई बलात्कार गरेको घटना खासै सुनिँदैन/बाहिर आउँदैन । के महिलाले