English

प्रेरक प्रसङ्ग: राजाको जवाफ



सन् १७६९ मा नेपालको एकिकरण पूर्वको अवस्था । २२/२४ राज्यहरु एक आपसमा कहिले मिलेर त कहिले झगडा गरेर बस्थे । त्यसबखत सैनिक शक्तिको बोलबाला थियो । बलियो राज्यले कमजोर राज्यलाई थिचोमिचो गर्ने वातावरण ब्याप्त थियो । आफ्नो राज्यलाई शक्तिशाली बनाउनका लागि विवाहवारीलाई पनि कुटनीतिसँग जोडिन्थ्यो । सम्बन्धलाई बढावा दिई राज्यहरु आपसमा मिल्थे र शत्रु राज्यहरुसँग लड्थे । सैनिक शक्तिको बलमा नै राज्यको सिमाना मिच्थे । पाएसम्म अन्य राज्यलाई आफ्नो राज्यमा गाभ्थे पनि ।

यहि परिवेशमा कुनै अमुक राज्यमा एउटा मित्रवत् व्यवहार नगर्ने राज्यवाट एउटा सन्देश आएको थियो । सन्देश प्राप्त भएपछि त्यस राज्यमा हल्लाखल्ला भयो । किनकि सन्देशको प्रकृति अलि छुटृै खालको थियो ।

राजाले भारदारी सभा बोलाए । तोकिएको दिन,आकाश स्वच्छ निर्मल, कन्चन देखियो । हिमालबाट ठोक्किएर आएको चिसो बतासले मौसम जाडो थियो । मानिसहरु उतिसाह्रो घरबाहिर देखापरेका थिएनन् ।

तर दरबारमा धमाधम भारदारहरु जम्मा हुन थाली सकेका थिए । सबैमा निकै कौतुहलता थियो । त्यो कस्तो सन्देश होला,जस्ले राज्यलाई नै हल्लाई दिएको थियो । उच्चपदस्थ कर्मचारी,भारदार,मन्त्रीगण हुँदै प्रधानमन्त्री पनि आएर सभामा सहभागी भए पछि सबैले राजाको आगमनको प्रतिक्षा गरी बसे । केही समय पश्चात् राजाको आगमनको खबर आए पछि सबै जना जराकजुरुक उठे ।

राजाको आगमन भयो । त्यसपछि युवराज पनि देखा परे । राजा गद्दीमा राज भए पनि सबै भारदारहरु आ–आफ्नो यथास्थानमा बसे । आज राजा त्यति प्रफुल्ल मुद्रामा देखिएनन् । चिन्तित देखिन्ये । यस्ले गर्दा सबैमा चिन्ता हुनु स्वाभाभिक थियो ।

‘सरकारको जय होस्’ को नारा घन्कियो ।

राजाको आगमन भयो । त्यसपछि युवराज पनि देखा परे । राजा गद्दीमा राज भए पनि सबै भारदारहरु आ–आफ्नो यथास्थानमा बसे । आज राजा त्यति प्रफुल्ल मुद्रामा देखिएनन् । चिन्तित देखिन्ये । यस्ले गर्दा सबैमा चिन्ता हुनु स्वाभाभिक थियो ।

समयमै राजाबाट सभा शुरु गर्नका लागी स्विकृति बक्स भयो । प्रमुख भारदारवाट राजामा राज्यका अन्य विभिन्न कामकुराहरु जाहेरी भयो । विषयगत रुपमा राजाबाट के गर्ने भन्ने निर्देशन पनि भयो । यसो गर्दा गर्दै घण्टौ बिती सकेको थियो ।

भारदारी सभा अन्त हुनेसमय पनि आईपुग्यो।

राजाबाट प्रमुख भारदारलाई हुकुभ भयो–‘ए त्यो……….. राज्यवाट पठाएको सन्देश के छ ?’

‘सरकार,…………राज्यवाट आएको सन्देशवाहकलाई यस सभामा बोलाउन सरकारको अनुमतिका लागी जाहेर गर्दछु’–भारदारको आग्रह थियो ।
‘ल ठिक छ, त्यस्लाई सभामा बोलाउ’–राजाबाट हुकुम आयो ।

अविलम्व आदेश गयो । सैनिकहरुले अर्काे राज्यवाट आएको सन्देशवाहकलाई भित्र ल्याए ।

प्रमुख भारदारले सोधे–‘ए सन्देशवाहक तिम्रो राज्यबाट हाम्रो राजाको जुनाफमा पेश गर्ने सन्देश के हो ?’

सन्देशवाहकले राजाको दर्शन गरे । अनि एउटा पोका राजाको सामुन्ने राखी दिए । वास्तवमा त्यो समयमा पनि चिठ्ठीपत्र त हुन्थ्यो । तर सन्देशको रुपमा एउटा पोका पठाउनु अलि आश्चर्यजनक नै थियो ।

भारदारी सभामा सबै आश्चर्यचकित भए । राजाले पनि अचम्म माने ।

सन्देशवाहकको कुरा सबैले राम्ररी सुने । एकछिन भारदारी सभामा हल्लाखल्ला नै भयो । यो के हो ? राजाबाट पठाएको सन्देश पोकामा त्यस्तो के छ ? सबैलाई कौतुहल भयो । कसैले कुनै अड्कल लगाउन सकेन । कसैले सन्देशको रुपमा पोका पठाउनुको रहस्य बुझेन । पोकाभित्र के छ, कसैले सोच्न पनि सकेन ।

सन्देशबाहकले राजाको सामुन्ने दुई हात जोडेर बिन्ती गर्दै भने–‘सरकार, मलाई बुझाउन पठाएको सन्देश यही पोका हो । अरु कुनै पत्र छैन ।’

सन्देशवाहकको कुरा सबैले राम्ररी सुने । एकछिन भारदारी सभामा हल्लाखल्ला नै भयो । यो के हो ? राजाबाट पठाएको सन्देश पोकामा त्यस्तो के छ ? सबैलाई कौतुहल भयो । कसैले कुनै अड्कल लगाउन सकेन । कसैले सन्देशको रुपमा पोका पठाउनुको रहस्य बुझेन । पोकाभित्र के छ, कसैले सोच्न पनि सकेन ।

राज्यमा यस प्रकारको सन्देश आएको यो नै पहिलो घटना थियो ।

राजाबाट आदेश भयो–‘ल यो पोका खोल ।’

तुरुन्तै प्रमुख भारदारले पोका खोल्न थाले ।

पोका खोलियो ।

पोका भित्र त एक किलो जति रायोका गेडाहरु पो रहेछन् ।

सभामा उपस्थित सबैले अचम्म माने । होहल्ला नै भयो ।

राजाबाट एक एक गरी मन्त्रीगणलाई शत्रु राज्यबाट सन्देशको रुपमा आएको रायोको गेडाको अर्थ सोधनी भयो । तर कसैले पनि अर्थ लगाउन सकेन । जवाफ दिन नसकेपछि शिर झुकाएर मौन बसे।

अलि बाठोमा गनिएका कृषि मन्त्रीले राजासमक्ष बिन्ती गरे–सरकार धेरैदुख दिई सकेकोले अब रायोको साग उमार्न भनि बिउ पठाएको हो कि ।’

राजा चतुर तथा बिद्घान थिए । राजाले सन्देशको रुपमा आएको रायोको पोकाको सन्देश बुझि सकेका थिए । साथै राजकाजमा पोख्त राजाले सन्देशको अर्थ के हो भनि मनमा तर्क गरी सकेका थिए । कसैबाट पनि उपयुक्त जवाफ आउने नदेखेर एक छिन शान्त भए । सभामा सन्नाटा छायो । सबैकोे मनमा ढ्याग्रों ठोेकी रहेको थियो,अब के हुने हो भनेर ।

अनायास राजाबाट हुकुम भयो–‘प्रमुख भारदार, लौ २/४ वटा ठूलो मुलाहरु ल्याउन अह्राउ ।’

सभामा तरुन्तै मुला ल्याईयो । सरकारकै सामुन्ने पेश गरियो ।

राजाबाट हुकुम भयो–‘लौ यी मुलाहरुलाई चटाचट काट्नु र पोका बनाएर फर्काउनु ।’

राजाको आदेश अविलम्व पालना गरियो । सन्देशबाहक पनि काटिएको मुलाको पोका लिएर प्रस्थान गरे ।

सभामा फेरी केही बेर होहल्ला भयो । यो के भएको ? शत्रुराज्यवाट रायाको पोका सन्देशको रुपमा आएको र जवाफमा मुला काटेर फिर्ता पठाउनुको अर्थ के हो ? कसैलै केही भेउ पाउन सकेनन् ।

सबैजना रनभूल्लमा परे । तर पनि कसैले यस्को अर्थ के हो भन्ने पत्तो लगाउन सकेनन् ।

नतमस्तकभै सबैले राजाको पाउमा बिन्ती चढाए र भने–‘सरकार,हामीले त केही पनि बुझेनौ । सरकारबाट नै अर्थ निगाह बक्स हुनु परयो ।’

अनि, एक छिन सुस्केरा हाल्दै राजाबाट सन्देशको अर्थ बयान भयो–‘हामीलाई रायोको गेडाहरु उपहारको रुपमा पठाएको उपहार नभै सन्देश हो । सन्देश के भने,त्यताबाट अब हाम्रो राज्यको सैनिकहरु हजारौको संख्यामा आएर तिमीहरुको राज्यमा सलहझैँ छिरेर हमला गर्नेछौ भनेको हो ।

सभामा कुनै भारदारले सोध्यो–‘अनि, सरकार काटिएको मुला नि ?’

राजाले जवाफ दिए–‘तिमीहरु रायोकोे गेडा जस्तै आएमा,मुला जस्तै छप्काएर पठाउने छौ ।’

राजाको यस्तो बिद्घवता देखेर,सुनेर सबै छक्क परे ।

यो पनि पढ्नुहोस्
दसैं सम्झना : असन त्यौड देखि पेरिससम्म
राजदूत हुन किन मरिहत्ते गर्छन् उपल्लो पदमा पुगेकाहरू नै ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested