English

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्डबाट सम्मानित तुलसीकुमार गुरुङद्वारा पुरस्कार रकम सहारा र एलजीलाई प्रदान



२२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा स्पेसियल अवार्डबाट सम्मानित तुलसीकुमार गुरुङले आफूले प्राप्त गरेको पुरस्कार रकम पोखराका दुई वटा क्लबलाई प्रदान गरेका छन् ।

हङकङलाई कर्मथलो बनाउँदै आएका नेपालका एक मात्र तेक्वान्दो नवौं डान प्राप्त गुरुङले अवार्डबाट प्राप्त नगद रु १ लाख दुई क्लबलाई बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरे । उनले सहारा क्लबको आसन्न २५औं आहा रारा पेाखरा  गोल्डकपका लागि नगद रु ५० हजार आयोजक सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा र पहिलो पटक लिगमा प्रतिनिधित्व गर्न सफल एलजी एशोसियसनका अध्यक्ष डम्बरजङ गुरूङलाई नगद रु ५० हजार हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै स्पेसियल अवार्डबाट सम्मानित समाजसेबी गुरुङले पोखराको फुटबल विकासमा दुबै क्लबहरुको योगदान महत्वपूर्ण रहेकोले थप उत्साह जगाउन आफूले सो रकम प्रदान गरेको जनाए । उनले भने–“तपाई दुबै क्लबहरु गण्डकीको शान हो । यहाँहरुले यहाँको फुटबल जोगाउन खेलेको भूमिका प्रशंसनिय छ । अब यहाँहरु दुबै क्लब अन्तर्राष्ट्रियस्तरमा नै परिचित हुने गरी फुटबलको क्षेत्रमा अघि बढनुस । पोखरालाई फुटबल मार्फत विश्वमा चिनाउन भूमिका खेल्न म शुभकामना दिन चाहन्छु ।”

कार्यक्रममा सहारा क्लबका अध्यक्ष थापा र एलजीका अध्यक्ष गुरुङले सहयोगका लागि आभार व्यक्त गरे ।

सो अवसरमा सहारा क्लबका सल्लाहकार सुनिल गुरुङ, सहारा क्लबका पूर्व अध्यक्ष बिक्रम थकाली, गण्डकी प्रदेश फुटबल संघका महासचिब बिनोद गुरूङ, सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ, एलजी एशोसियसनका प्रमुख प्रशिक्षक किरण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
तस्विरः सुदर्शन रञ्जित



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested