English

अक्षर कसरी राम्रो बनाउने ?



रूपेश कुशवाहा ,हस्तलेखन विशेषज्ञ

हस्तलेखन शिक्षाको महत्त्वपूर्ण पक्ष हो । लेखन भाषिक सञ्चार को एक प्रभावकारी कला हो । गीत गाउन, नाच्न, चित्र बनाउन जसरी कलाकारले कठोर साधना गरेको हुन्छ त्यसरी नै हस्तलेखन पनि एउटा कला भएको हुनाले यसका निमित्त पनि उत्तिकै उचित सिप, साधना र लगावको आवश्यकता पर्दछ ।

अहिले हामी उच्च प्रविधियुक्त अत्याधुनिक युगमा छौँ । विद्यार्थीको हात हातमा मोबाइल, ल्यापटप तथा ई–बुक छन् । तर पनि लेखाइको प्रयोग भने घटेको छैन । नेपालमा विद्यार्थीको मुल्याङकनका निमित्त लिइने परीक्षाको माध्यम नै लेखन भएको हुनाले राम्रो हस्तलेखन अति आवश्यक हुन्छ । विश्वका अति समृद्ध र विकसित मुलुकमा पनि विद्यार्थीहरू अधिकांश अङ्कको परीक्षा लेखेर नै दिन्छन् । हामी नेपाली  ती राष्ट्रको तुलनामा धेरै पछि परेको हुनाले लेखाई सिपको महत्त्व कम भएको छैन । हाम्रो देशको परीक्षाका रूपलाई हेर्ने हो भने लोकसेवा, विभिन्न सङ्घ संस्थाले लिने परीक्षा, विभिन्न कलेजले लिने परीक्षा आदिको प्रमुख माध्यम नै लेखन भएकोले राम्रो हस्तलेखन सिपको आवश्यकता झन् बढ्दो देखिन्छ ।

हस्तलेखनले विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिकताको विकास अध्ययन गर्न सकिन्छ । हस्तलेखनले व्यक्तिको सोचाई, व्यवहार तथा चिन्तन लगायतका कुरा पनि अध्ययन गर्न सकिन्छ ।

राम्रो हस्तलेखनका केही फाइदाहरु 

– यसले हामीलाई अनुशासित हुन सहयोग गर्छ ।
– यसले हाम्रो व्यक्तित्व विकास गर्छ । 
– यसले हाम्रो आत्मविश्वास बढाउँछ ।
– यसले हामीमा एकाग्रता बढाउन सहयोग गर्छ ।
– यसले हामीलाई सिर्जनशिल बनाउँछ ।
– यसले शिक्षक ÷ शिक्षिकालाई प्रभावित बनाई उच्च अङ्क प्राप्त गर्न सकिन्छ ।
– यसले हामीलाई चिन्तनशील बनाउँछ ।
– राम्रो हस्तलेखनको नियमित अभ्यासले शान्त, सरल, मिहिनेत, परोपकारी, सृजनशील र कर्तव्यवान् हुन मद्दत गर्दछ ।

हस्तलेखन राम्रो बनाउने केही नियमहरू 

हामीलाई झट्ट हेर्दा राम्रो लाग्ने अक्षर नियम सङ्गतले सही नहुन सक्छन् । विश्वको अधिकांश भाषाको अक्षरहरूको बनोट सिधा  र बक रेखा ऋ बाट नै बनेको हुन्छ । हरेक खालका अक्षरको उत्कृष्ट लेखाइका लागि केही आधारभूत कुराहरूमा ध्यान दिनुपर्छ । जुन तल दिएको छ ।
– अक्षरको संरचना सही हुनुपर्छ । अक्षर स्पष्ट र सबैले बुझ्ने हुनपर्छ । 
– अक्षरको आकार समान हुनुपर्छ ।
– नेपाली अक्षरहरू लाइन भन्दा मुनि झुन्ड्याएर लेख्नुपर्छ ।
– अक्षरको माथि अनिवार्यरुपमा डिको तान्नु पर्छ ।
– डिको दिँदा सिधा र कापीको तेर्सो धर्को छोपिने हुनुपर्छ ।
– अक्षरमा दिइने मात्रा I, ,ि ी, ु, ू , े, ै, ो, ौ, ं, ँ , ृ ० आदिले अक्षर छुनु हुँदैन र स्पष्ट हुनुपर्छ ।
– डिकोले सबै अक्षर र मात्राले आदिलाई छुनुपर्छ ।
– एउटा अक्षरले अर्को अक्षर एउटा शब्दले अर्को शब्द छुनु हुँदैन । 

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?
नवजात शिशुमा निमोनिया भएको कसरी थाहा पाउने ?
आकस्मिक गर्भ निरोधक औषधि सेवनले महिलाको स्वास्थ्यमा गर्छ यस्तो असर
यी हुन् नियमित अनार खानुको १० फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested