English

नवजात शिशुमा निमोनिया भएको कसरी थाहा पाउने ?



निमोनिया भनेको फोक्सोमा किटाणुले संक्रमण गर्नु हो । निमोनियाको संक्रमण भएपछि फोक्सोको हावा थैलीहरु सुन्निन्छ । विशेषगरी नवजात शिशुहरु निमोनियाको उच्च जोखिममा हुन्छन् । धेरैजसो अभिभावकहरु शिशुको राम्रो स्याहारसुसार गरेको थिएँ । न्यानो बनाएर राखेको थिएँ कसरी निमोनिया भयो ? भन्ने प्रश्न धेरै आउँछ । वास्तवमा निमोनियाको किटाणु हावामै हुन्छन् । मुख्यतयाः हावामा भएको किटाणुले नै यो समस्या निम्ताउने हो । शिशुहरुको रोगप्रतिरोधात्मक क्षमता एकदमै कमजोर हुन्छ । ती किटाणुसँग लड्न सक्दैनन् । जसले गर्दा बालबालिका तथा नवजात शिशुहरुमा यो समस्या धेरै देखिन्छ । त्यसैले नवजात शिशुहरुमा निमोनिया भएको कसरी थाहा पाउने ? भन्ने बारेमा बाल रोग विशेषज्ञ डा. अर्चना नेपालको सुझाव यस्तो छ :

लक्षण कसरी पहिचान गर्ने

– सास छिटोछिटो फेर्ने
– कोखा हान्ने
– आमाको दुध नचुस्ने
– ज्वरो आउने
– ठसठस कन्ने
– शरीर निलो हुने
– सास रोक्किने

ध्यान दिनुपर्ने कुराहरु


– ४५ तथा १ महिना कटिसकेको शिशुमा लक्षणको साथसाथै ज्वरो पनि आएको छ भने उनीहरुलाई प्यारासिटामोल दिन सकिन्छ ।
– बालबालिकाहरु बिरामी हुँदा उनीहरुले बान्ता गर्न सक्छन् त्यो सर्किन्छ कि भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।
– न्यानो बनाउने भनेर ३÷४ जोर कपडा लगाइदिनुुहुँदैन । एक जोर न्यानो कपडा लगाइदिनुपर्छ ।
– छिटो भन्दा छिटो अस्पताल पु¥याएर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नु पर्छ ।

बच्ने उपाय


– नवजात शिशुको हकमा कुरा गर्दा आमाको दूधमा बालबालबालिकालाई रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ । त्यसैले सबैभन्दा महत्वपूर्ण औषधि भनेको आमाको दूध नै हो ।
– ५ वर्ष मुनिका बालबालीकाहरुलाई निमोनियाको जोखिम एकदमै धेरै हुन्छ त्यसैले उनीहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पौष्टिक आहार खुवाउनुपर्छ ।
– शिशुहरुलाई विभिन्न खोपहरु लगाइन्छ । त्यसमा निमोनियाको किटाणुसँग लड्ने क्षमता भएको खोपहरु पनि पाइन्छ । त्यसैले कुनै पनि खोप छुटाउनु हुँदैन ।
– अहिलेको अवस्थामा धेरै अभिभावकहरुले कोरोना माहामारीको डरले गर्दा खोपहरु पर धकेल्ने तथा लगाउन छोड्ने पनि गर्नु भयो । त्यस्तो गर्न हुँदैन त्यसले बालबालिकालाई हानी गर्न सक्छ । त्यसैले सबै खोपहरु नियमित रुपमा लगाउनुपर्छ ।
– शिशुहरुलाई चिसो लाग्छ भनेर ३–४ जोर कपडा लगाइदिने चलन पनि छ । शिशुलाई न्यानो बनाएर राख्नु एकदमै जरुरी छ । तर, धेरै कपडा लगाई दिँदा पसिनाले निमोनिया हुने सम्भावना बढाई दिन्छ । त्यसैले कपडा कस्तो लगाइदिने भनेर पनि ध्यान दिनुपर्छ ।
– तेल लगाउँदा तथा शिशुलाई नुहाउँदा घाममा राख्ने चलन छ । तेल लगाइदिने चलन त एकदमै राम्रो हो । नुहाइदिने कुरा पनि नराम्रो होइन तर, बालबालीकालाई नाङ्गै बनाएर घाममा तेल लगाइदिदाँ तथा नुहाउँदा बाहिर हावा पनि चलिरहेको हुन्छ । त्यो हावा शिशुको शरीरमा पसेर असर गरिरहेको हुन्छ । त्यसैले हावाको सम्पर्कबाट टाढा राख्नु पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested