English

एक किलो चिया जसको मुल्य एक लाख



प्रायले आफ्नो दिनको सुरुवात एक कप मिठो चियाबाट गर्छन्। जुनसुकै वर्गको व्यक्ति होस्, चिया अवश्य पिउँछ नै। संसारभरि धेरै गुणस्तरका चिया पाइन्छ । र ती सबैको मूल्य फरक–फरक हुन्छ। तर भारतको असममा प्रति किलो चियाको एक लाख रुपियाँ पर्छ । यो चियाको नाम ‘मनोहरी गोल्ड टी’ हो, जसलाई विशेष तरिकाले खेती गरिन्छ ।

असमको दुर्लभ प्रजातिको यो चिया केही समयअघि गुवाहाटीको एउटा लिलामी घरमा प्रतिकिलो १ लाख रुपियाँमा बिक्रीमा राखिएको थियो। नर्थ ईस्टर्न टी एसोसिएसन (एनएटीए)का सल्लाहकार विद्यानन्द बरकाकोटीले जनाए । गत वर्ष यो चिया प्रतिकिलो ७५ हजार मुल्यमा बिक्री भएको थियो ।

बर्काकोटीका अनुसार यो विशेष प्रकारको चिया हो । यो चियाको फरक तरिकाले हेरचाह गरिन्छ र स्वाद पनि फरक हुन्छ। उनले सिटिसी चिया बाहेक सेतो चिया, हरियो चिया, पहेँलो चिया जस्ता विभिन्न किसिमका चियापत्ती बनाउने गरेको बताए । यस प्रकारको चियाको धेरै माग छ। त्यसैले चियाको उत्पादन बढाउने काम भइरहेको छ ।

यसको अनुपम सुगन्धका कारण प्रख्यात छ । यो चियामा धेरै प्रकारका एन्टिअक्सिडेन्ट पाइन्छ। बायोएक्टिभ यौगिक हुन्छ । जसले उमेर र मोटोपनाको प्रभावलाई रोक्छ।

यस चिया बगानका मालिक राजन लोहियाले विशिष्ट उपभोक्ता र स्वास्थ्य सचेत व्यक्तिको मागमा यस्तो प्रकारको गुणस्तरीय चिया उत्पादन गरेको बताउँछन् ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested