English

एक किलो चिया जसको मुल्य एक लाख



प्रायले आफ्नो दिनको सुरुवात एक कप मिठो चियाबाट गर्छन्। जुनसुकै वर्गको व्यक्ति होस्, चिया अवश्य पिउँछ नै। संसारभरि धेरै गुणस्तरका चिया पाइन्छ । र ती सबैको मूल्य फरक–फरक हुन्छ। तर भारतको असममा प्रति किलो चियाको एक लाख रुपियाँ पर्छ । यो चियाको नाम ‘मनोहरी गोल्ड टी’ हो, जसलाई विशेष तरिकाले खेती गरिन्छ ।

असमको दुर्लभ प्रजातिको यो चिया केही समयअघि गुवाहाटीको एउटा लिलामी घरमा प्रतिकिलो १ लाख रुपियाँमा बिक्रीमा राखिएको थियो। नर्थ ईस्टर्न टी एसोसिएसन (एनएटीए)का सल्लाहकार विद्यानन्द बरकाकोटीले जनाए । गत वर्ष यो चिया प्रतिकिलो ७५ हजार मुल्यमा बिक्री भएको थियो ।

बर्काकोटीका अनुसार यो विशेष प्रकारको चिया हो । यो चियाको फरक तरिकाले हेरचाह गरिन्छ र स्वाद पनि फरक हुन्छ। उनले सिटिसी चिया बाहेक सेतो चिया, हरियो चिया, पहेँलो चिया जस्ता विभिन्न किसिमका चियापत्ती बनाउने गरेको बताए । यस प्रकारको चियाको धेरै माग छ। त्यसैले चियाको उत्पादन बढाउने काम भइरहेको छ ।

यसको अनुपम सुगन्धका कारण प्रख्यात छ । यो चियामा धेरै प्रकारका एन्टिअक्सिडेन्ट पाइन्छ। बायोएक्टिभ यौगिक हुन्छ । जसले उमेर र मोटोपनाको प्रभावलाई रोक्छ।

यस चिया बगानका मालिक राजन लोहियाले विशिष्ट उपभोक्ता र स्वास्थ्य सचेत व्यक्तिको मागमा यस्तो प्रकारको गुणस्तरीय चिया उत्पादन गरेको बताउँछन् ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,