English

बगरमा ‘पैसा’ रोप्दै किसान



मोरङ विराटनगरका मेघराज चौधरी ६ महिना मजदुरी गर्छन् । ६ महिना कमाएको पैसा उनी ‘बगर’मा रोप्छन् । अर्थात् ६ महिना कमाएको पैसाले उनी बगरमा खरबुजा खेती गर्छन् । यसरी खरबुजा खेती गरेको पाँच वर्ष भयो । त्यसका लागि उनी बगर खोज्दै झापासम्म आइपुग्छन् । झापाकै ठुलो माई नदीमा बर्खामा आउने बाढीले धेरै बगर क्षेत्र बनाइदिन्छ ।

त्यही बगरमा उनी खरबुजा रोप्छन् । यसरी झापामा आएर बगरमा खरबुजा खेती गर्न थालेको ६ वर्ष भयो । यस पटक उनले उनी गौरीगञ्ज-२ स्थित भाकुरमारमाई नदीको बगरमा खरबुजा रोप्दै छन् । उनी मात्र हैन विराटनगरका पाँच जना युवाले समूह बनाएर बगर भाडामा लिएर खरबुजा रोपिरहेका छन् । माई नदीले अधिकांशको नम्बरी जग्गालाई बगर बनाएको छ । त्यही बगर उनीहरूले भाडामा लिएर खेती गर्दै आएका छन् । ‘पहिला यहाँभन्दा माथि खेती गर्थ्यौँ । अहिले यता तल खेती गर्न आएका छौँ । मंसिरदेखि जेठसम्म ६ महिना त यहीँ बसेर खेती गर्छौँ,’ महेशलाल भन्छन्, ‘बगरको ६ महिनाका लागि आठ हजार भाडा तिरेका छौँ ।’

उनीहरू मंसिरदेखि जेठसम्म ६ महिना बगरमै टहरा बनाएर बस्छन् । नदीको किनारामा रहेको बालुवामा ‘पैसा’ रोपेर ‘सुन’ फलाउने कोसिस गर्छन् । अहिले उनीहरूलाई खरबुजा रोप्न भ्याइनभ्याइ छ । अहिले माई, मेची, बिरिङजस्ता ठुला नदीमा जाने हो भने खरबुजा खेती गर्ने बालुवामा मल लगाइरहेको भेटिन्छन् ।

खरबुजा खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनीहरू बताउँछन् । यद्यपि ६ महिना मजदुरी गरेर कमाएको पैसाले उनीहरूलाई खेती गर्न पुग्दैन । ऋण गरेर खेती गर्ने गरेको युवा राजु चौधरी बताउँछन् । ‘६ महिना मजदुर गरेर कमाएकोले त कहाँ पुग्छ र ? चार हजार बोट खर्बुजा रोप्न तीन लाख जस्तो लाग्छ । बाँकी ऋण गरेर रोप्छौँ,’ उनी भन्छन्, ‘जेठसम्ममा खरबुजा बेच्नका लागि तयार हुन्छ । तर, त्यो भन्दा अघि बाढी आयो भने त सबै बगाएर लैजान्छ ।’

बगरमै भए पनि खेती गर्न सके राम्रो आम्दानी हुने बताउँछन्, कृषक सतिस कुमार । करिब चार हजार खरबुजा रोप्न तीन लाख खर्च लाग्ने उनी बताउँछन् । खरबुजाको बीउ नै महँगो भएको सतिसको भनाइ छ । उनीहरू खरबुजाको बीउ नजिकको भारतीय बजारबाट ल्याउँछन् । तीन हजार बीउका लागि करिब २० हजार भारु पर्ने सतिसले बताए । ‘गर्न सक्दा त राम्रो कमाई हुन्छ । हामीले जति लगानी गरेको हुन्छ । त्यसको दोब्बर कमाई हुन्छ,’ उनी भन्छन्, ‘तर मिहिनेत धेरै गर्नुपर्छ । आफ्नै पैसा हुने भए त राम्रो कमाई हुने थियो । तर, ऋणमा ल्याएर खेती गर्छौँ । ब्याज पनि तिर्नुपर्छ । हामीलाई त थोरै मात्र बँच्छ ।’

बगर खेतीमा मिहिनेतसँगै जोखिम पनि उस्तै छ । गत वर्ष कोरोना महामारीका कारण ऋण गरेर बगर खेती गर्ने कृषकले घाटा व्यहोर्नुपर्‍यो । महामारीका कारण यातायात र बजार ठप्प हुँदा खरबुजा र काँक्राले बजार पाउन सकेन ।

मोरङ नदीको बगर खरबुजाका लागि पहिल्यै ‘बुक’ हुन्छ । झापाका दक्षिणी क्षेत्रका नदी बगरमा स्थानीयले खासै खेती गर्दैनन् । त्यस कारण उनीहरू बिराटनगरबाट यहाँसम्म खेती गर्न आएको बताउँछन् । ठुलो परिणाममा खरबुजा लगाउने उनीहरूले काँक्रा पनि बगरमा लगाउँछन् । बजारसम्म पुर्‍याउन सके राम्रो आम्दानी हुने उनी बताउँछन् ।

बगर खेतीमा मिहिनेतसँगै जोखिम पनि उस्तै छ । गत वर्ष कोरोना महामारीका कारण ऋण गरेर बगर खेती गर्ने कृषकले घाटा व्यहोर्नुपर्‍यो । महामारीका कारण यातायात र बजार ठप्प हुँदा खरबुजा र काँक्राले बजार पाउन सकेन । जसका कारण कतिपयको काँक्रा र खरबुजा खेतीमै कुहिएको थियो । कतिपय कृषकले गत वर्षको ऋण तिर्न यसपकट सकिन्छ कि भन्ने आस गरेका छन् । ‘पोहोर त भनेको बेलामा बिकेन । ऋण लागेको छ । यस पटक त्यो ऋण पनि तिर्न सकिन्छ कि भन्ने आस लागेको छ,’ बगर खेती गर्दै आएका कृषक नन्दन कुमार भन्छन्, ‘यस पटक पनि पोहोरको जस्तो भयो भने त हामी डुब्छौँ । अब ऋण तिर्न विदेश जानुपर्ने अवस्था आउँछ ।’

यो पनि पढ्नुहोस्ः
संघर्षका कथा: विदेश छोडेर भेडीगोठमा
हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,