English

संघर्षका कथा: विदेश छोडेर भेडीगोठमा



रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्यालले उमेरले ४५ वर्ष कटिसके । युवा अवस्थाको करिव १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त छन् । युवा अवस्थाको प्रवासी समय मलेसियाका ठूला शहरमा बिताएका छन्त्यालले आत्मनिर्भरताको बाटो पहिल्याउँदै कठिन र सङ्घर्षयुक्त पेसा भए पनि आफ्नै जन्मथलोको सम्भावनालाई सम्हाल्न पुगेका हुन् ।

‘वर्षौं विदेशमा बसेँ, आम्दानी सन्तोषजनक नै थियो, तर घरपरिवार सबैबाट टाढा सधैँभरि भइरहन मन लागेन, विकसित मुलुकको जीवनशैलीमा घुलमिल भए पनि त्यसलाई त्यागेर जङ्गलको गोठको दैनिकीलाई रोजेको हुँ’, उनले भने । भेडापालन फार्म नै दर्ता गरी व्यावसायिक भेडापालन सुरु गरेका छन्त्यालको फार्ममा अहिले २५० बढी भेडाबाख्रा छन् । घरमा पुख्र्यौलीरुपमा हुँदै आएको निर्वाहमुखी भेडाबाख्रापालनमा करिब सात लाख रुपैयाँ बढी लगानी थपेर भेडाबाख्राको सङ्ख्या बढाएको छन्त्यालले बताए ।

पात्लेखर्ककै दानबहादुर गर्वुजाले पनि प्रवासमा आर्जन गरेको कमाईलाई गाउँमै भेडापालनमा लगानी गरेका छन् । रोजगारीको सिलसिलामा आठ वर्षसम्म इराक बसेर फर्किका गर्बुजाले रु १३ लाखको लगानीबाट भेडापालन व्यवसाय सुरु गरेका थिए ।

पाँच वर्षदेखि भेडापालन गर्दै आएका उनले बनजङ्गलमा घुम्ती गोठ राख्दै आएका छन् । भेडापालनबाट सन्तोषजनक आम्दानी हुने बताउने उनी उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको उनको अनुभव छ । उनका अनुसार, भेडा, खसी, साँढे, बोका खरिदका लागि ग्राहक गोठमा नै पुग्ने गर्छन् । प्रवासबाट गाउँ फर्किएपछि गोठालो दैनिकीमा पसेका छन्त्याल आफ्नै ठाउँमा स्वरोजगार बन्न पाउँदा बेग्लै खुशीको अनुभूति हुने बताउँछन् ।

‘स्वदेशमा रहँदा यहाँका सम्भावनालाई ख्यालै गरिएन, बाउबाजेले सम्हालेका गोठबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने अठोट लिएर विदेशको फन्को मारेर गोठमा फर्किएको हुँ, विकसित मुलुकको जीवनशैलीबाट अनकन्टार जङ्गलका यात्रा पक्कै कठिन थिएन, तर आजभोलि सामान्य लाग्छ’, उनले भने ।

पात्लेखर्ककै दानबहादुर गर्वुजाले पनि प्रवासमा आर्जन गरेको कमाईलाई गाउँमै भेडापालनमा लगानी गरेका छन् । रोजगारीको सिलसिलामा आठ वर्षसम्म इराक बसेर फर्किका गर्बुजाले रु १३ लाखको लगानीबाट भेडापालन व्यवसाय सुरु गरेका थिए । भेडापालन थालेको पाँच वर्षमा उनको गोठमा भेडाको सङ्ख्या २५० नाघेको छ । हरेक वर्ष आठदेखि १० लाखसम्मका भेडा गोठबाटै बिक्री हँुदै आएका छन् । एक सयको हाराहारीमा वार्षिकरुपमा भेडा गोठमा थपिन्छन् । ‘स्वदेश फर्किएपछि आफ्नै ठाउँमा स्वरोजगार बन्ने अभिप्रायले भेडापालन थालेको हुँ,’ उनले भने, ‘ अनकन्टार जङ्गल र हिमालका काखसम्म गोठ लैजाने गर्छौं, सोचेजस्तो सजिलो त छैन तर, आफ्नै ठाउँमा आत्मनिर्भर बन्ने र रोजगारसमेत सिर्जना हुने पेसा अगाल्न पाएकामा सन्तुष्ट छु ।’

मलेसिया र कतारको आठ वर्ष लामो वैदेशिक रोजगारबाट रित्तो हात घर फर्किएका पुनले आफ्ना दाजुको सहयोगमा ३० वटा भेडा खरिद गरेर भेडापालन सुरु गरेका हुन् ।

यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरी हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ । घुम्ती भेडीगोठमा बस्नेका लागि सञ्चारको पहुँचभन्दा टाढा, वनजङ्गल र भिरपहराको दैनिकी निकै कष्टकर र सङ्घर्षमय हुन्छ । खाद्यान्न सामग्री लिनका लागि गाउँ झर्नेबाहेक अन्य चाडपर्वदेखि सबै समय गोठमै व्यथित गर्नुपर्छ । गोठको दैनिकी सामान्य जीवनशैलीभन्दा भिन्न हुन्छ ।

यस्तै भिन्न जीवनशैलीमा घुलमिल भएको छ, ४२ वर्षीय जगत पुनको दैनिकी पनि । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका पुनले पनि विदेशको हण्डर खाएपछि गोठाले जीवन सुरु गरेका हुन् । मलेसिया र कतारको आठ वर्ष लामो वैदेशिक रोजगारबाट रित्तो हात घर फर्किएका पुनले आफ्ना दाजुको सहयोगमा ३० वटा भेडा खरिद गरेर भेडापालन सुरु गरेका हुन् । ‘अरुको देशमा धेरै पसिना बगाएँ, भनेजस्तो कमाइ भएन, घर फर्कंदा मसँग केही थिएन, आफ्नो पाखाबारीमा पसिना बगाउने निधो गरी रित्तो हात नै आएको हुँ,’ उनी भन्छन्, ‘अहिले मसँगै १७० वटा भेडा छन्, विदेशको हण्डरभन्दा यहाँ जङ्गल र भिर पहाडमा घुम्ती गोठको सङ्घर्षमा आनन्दित छु ।’

सात वर्षदेखि भेडापालन गर्दै आएका उनले भेडापालनबाट भएको आम्दानीलाई समेत भेडाबाख्राको सङ्ख्या बढाउन लगानी गर्दै आएका छन् । उत्पादन भएका भेडाबाख्रा बिक्रीका लागि बजार खोज्दै जानुपर्ने झण्झट छैन । भेडा, बाख्रा खरिदका लागि उपभोक्ता गोठमै पुग्छन् । चाडपर्वको समय र थानमा भाकल चढाउने समयमा गोठमा रहेका भेडाबाख्रा, बोका र साँढेको खरिदका लागि उपभोक्ता गोठमै उक्लने गरेको पुनको भनाई छ ।

‘सहरको जस्तो सुखसयल त छैन, तर आफ्नै ठाउँमा ढिँडो र फाँडो खान किन नपरोस्, खुला आकासमुनि बस्न किन नपरोस्, विदेशमाभन्दा यही नै खुसी छु, पौरखका लागि पसिना बगाएको छु,’ उनले भने ।

परम्परागतरुपमा चोयाँको मान्द्रोको गोठ बनाउने चलन छ । चोयाको मान्द्रोले दुई पाखा बनाएर गोठ बनाउँदा पानी नचुहिने भएकाले गोठका लागि मान्द्रो उपयोगी बन्दै आएको छ ।

पुनका बाजेको पुस्ताले पनि भेडापालन गरेका थिए । बुबाको पालामा छाडेको भेडापालनलाई पुनःसुरु गरेका पुनलाई उनका घरपरिवारले राम्रो साथसहयोग दिएका छन् । छोराछोरी र श्रीमतीले गोठमा आलोपालो गरेरै भए पनि एक्लो हुन नदिएको पुनको भनाई छ । गर्मी याममा हिमालको फेदीसम्म पुराउने भेडागोठ हिउँदमा बँेसीका फाँटसम्म झार्ने गरिन्छ । म्याग्दीको उच्च हिमाली भेग भेडापालनका लागि सम्भावनायुक्त छन् ।

अस्थायी आश्रय स्थलको माग

बढ्दो आधुनिकता र वैदेशिक रोजगारका कारण सङ्कटमा परेको परम्परागत घुम्ती भेडाबाख्रापालनलाई व्यवस्थित बनाउन यहाँका किसानले माग गरेका छन् । परम्परागत घुम्ती गोठको अवस्थालाई सुदृढ गर्न नसकेका कारण गोठ बस्ने चलन हराउँदै जान थालेकाले यसको व्यवस्थापनका लागि घुम्ती गोठमा अस्थायी टहराको निर्माण गर्नुपर्ने उनीहरुको माग छ । वर्षात् र हिउँ पर्ने समयमा गोठको जीवन अति कष्टकर हुने भएकाले घुम्ती गोठ रहने क्षेत्रमा आश्रयस्थल बनाइदिए आफूहरुलाई सहज हुने भेडापालक किसान मिलन छन्त्यालको भनाइ छ ।

‘हामी पैसा कमाउनका लागि मात्रै गोठ चलाएका होइनौँ, आफ्ना पुर्खाले गरेको पेसाको निरन्तरताका लागि पनि गोठ बस्ने आँट गरेका हौँ,’ उनले भने, ‘तर, अहिलेसम्म सरकारी तवरबाट उल्लेख्य साथ र सहयोग पाएका छैनौँ ।’ परम्परागतरुपमा चोयाँको मान्द्रोको गोठ बनाउने चलन छ । चोयाको मान्द्रोले दुई पाखा बनाएर गोठ बनाउँदा पानी नचुहिने भएकाले गोठका लागि मान्द्रो उपयोगी बन्दै आएको छ ।

पछिल्लो समय मान्द्रो बुन्ने पेसा र सीप हराउँदै जान थालेकाले कतिपय गोठमा शहरबाट त्रिपाल खरिद गरी प्रयोग गर्ने गरिएको छ । घुम्तीरुपमा सञ्चालन हुने र चरनखर्कमा गोठ सारिरहनुपर्ने भएकाले सरकारी तवरबाट टिनको अस्थायी टहरा निर्माण गरिदिए आफूहरुलाई राहत हुने चिमखोलाका भेडापालक कृषक जगत पुन बताउँछन् ।

रोग लागेमा उपचार अभावले ठूलो नोक्सानी

मिलन छन्त्यालको गोठमा गत वर्ष १०० नयाँ भेडाबाख्रा जन्मिएका थिए । तर आधाभन्दा बढी छेराउटे रोग लागेर मरे । हरेक वर्ष गोठमा जन्मिएका भेडाबाख्रामध्ये आधाको हाराहारीमा विभिन्न रोग लागेर मर्ने गरेको छन्त्याल बताउँछन् ।

चिमखोलाका जगत पुनको भेडागोठमा पनि हरेक वर्ष रोग लागेर भेडाबाख्राका पाठापाठी ठूलै सङ्ख्यामा मर्ने गरेका छन् । रोगको उपचार समयमै गर्न नसक्दा आफूले ठूलो आर्थिक क्षति व्यहोर्दै आएको पुनको भनाई छ ।

‘अनकन्टार जङ्गलबाट औषधिको खोजी कहाँ गर्नु, यता गोठ छाडेर शहर पुगेर औषधि ल्याउन सक्ने अवस्था नै हुँदैन,’ उनले भने, ‘गोठमा सरकारी निकायबाट अहिलेसम्म कोही आएका छैनन्, रोग लागेमा स्थानीय जडीबुटी खुवाउने हो, कहिले त निको हुन्छ, कहिले औषधि नमिलेर होला झन समस्या बढ्दै जान्छ ।’

चिमखोलाका जगत पुनको भेडागोठमा पनि हरेक वर्ष रोग लागेर भेडाबाख्राका पाठापाठी ठूलै सङ्ख्यामा मर्ने गरेका छन् । रोगको उपचार समयमै गर्न नसक्दा आफूले ठूलो आर्थिक क्षति व्यहोर्दै आएको पुनको भनाई छ ।

दुर्गम र विकट क्षेत्रमा हुँदै आएका भेडापालनमा जङ्गली जनावरको आक्रमण अर्को समस्या हो । जङ्गलका बिचबिचमा गोठ राखिने भएकाले गोठको सुरक्षामा कुकुरको सहारा लिने गरिन्छ । गोठाला र कुकुरको निगरानीका बिचमा पनि बाघ, भालुले चरणक्षेत्र र गोठमै आएर भेडाबाख्रा खाने गर्छ । कृषकसामु पशु बीमाको पहुँच नपुगेको कारण जङ्गली जनावरको आक्रमण, रोगको सङ्क्रमण, बाढी, पहिरो र चट्याङ लागेर भेडाबाख्रा मर्दा उनीहरुले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने बाध्यता छ ।

गाउँपालिकाले दियो औषधि र उपकरण

भेडापालनका लागि सम्भावनायुक्त मानिएको म्याग्दीको रघुगङ्गा गाउँपालिकाले भेडापालक कृषकलाई औषधि र मेसिन उपकरण सहयोग गरेको छ । गत आर्थिक वर्षमा गाउँपालिकाको भेडापालन कार्यक्रमबाट १८ लाख ६६ हजार रुपैयाँ बराबरको औषधि, उन काट्ने र खसी बनाउने मेसिनलगायतका सामग्री सहयोग गरिएको हो ।

गाउँपालिकाभित्र रहेका सबै भेडापालन गर्ने कृषकलाई समेटेर समूह गठन गरी गोठ सुधार, गोठका लागि शौचालय निर्माण, उन काट्ने र खसी बनाउने उपकरणमा सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनका अनुसार नेपाल सरकारमार्फत प्राप्त सशर्त अनुदान रु १० लाख, गाउँपालिकाको रु ४ लाख र समूहमा आबद्ध कृषकको ४ लाख ६६ हजार लगानीमा भेडापालन प्रवद्र्धन र व्यवस्थापनका लागि खर्च गरिएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,