English

हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा



दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ ।

आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोत भए पनि अहिले त्यही यार्सागुम्बा हिमाली क्षेत्रका नागरिकका लागि काल बनेर आएको छ । अपिहिमाल गाउँपालिकाका स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि अहिले पाटनमा छन् । जेठ पहिलो साताबाट सङ्कलनमा हिँडेकामध्ये तीन साता नपुग्दै तीन जनाले ज्यान गुमाएका छन् ।

घरमा खान लगाउन नपुग्ने भएपछि लेकतिर हिँडेकामध्ये दुई महिला र एक पुरुषले अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । अपिहिमाल–३ काटैका जयमती कार्कीको यही जेठ १७ गते गाउँ नजिकैको मिच्छा वनमा यार्सागुम्बा सङ्कलनका क्रममा भीरबाट लडेर ज्यान गयो । स्थानीयवासी निरुता कार्कीका अनुसार गाउँ नजिकैको यार्सागुम्बा पाइने वनमा जयमती गत जेठ १० गतेमात्रै यार्सागुम्बा सङ्कलन गर्न पाटन गएकी थिइन् ।

घरमा चार छोरी र एक छोरा छन् । यार्सागुम्बाबाट आर्थिक उपार्जन गर्ने उद्देश्यले लेक गएकी जयमतीको सङ्कलन गर्न गएको एक सातामै ज्यान गयो । अहिले परिवार पूरै शोकमा छ । आर्थिक उपार्जनको लागि गएका अधिकांश गाउँका स्थानीयवासी अहिले निराश बनेर घर फर्किएको निरुताले बतइन् ।

घरमा खान लगाउन नपुग्ने भएपछि लेकतिर हिँडेकामध्ये दुई महिला र एक पुरुषले अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । अपिहिमाल–३ काटैका जयमती कार्कीको यही जेठ १७ गते गाउँ नजिकैको मिच्छा वनमा यार्सागुम्बा सङ्कलनका क्रममा भीरबाट लडेर ज्यान गयो ।

गत साता अपिहिमाल–५ का चुन्धरी धामीको सातगङ्गा वनमा यार्सागुम्बा सङ्कलनका लागि गएको बेला पाटनमै मृत्यु भयो । सामान्य पेट दुख्ने बिरामी भएकी धामीको औषधि उपचार पाउन नसक्दा यार्सागुम्बा पाइने पाटनमै अकालमै मृत्यु भयो । लेकमै मृत्यु भएको दुई दिनपछि मात्रै परिवारले जानकारी पाएका थिए ।

यस्तै जेठ पहिलो साता अपिहिमाल–४ का मोहनसिह ठेकरे हिउँ पहिरोमा परी बेपत्ता भए । बेपत्ता ठेकरेको शव अझै फेला परेको छैन । यार्सागुम्बा सङ्कलन शुरु भएको तीन साताको अवधिमा अपिहिमालकै मात्र तीन जनाले ज्यान गुमाएका छन् ।

जिल्लाभरि अहिले हिमाली क्षेत्रका नागरिकहरु यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएका छन् तर यो पटक मौसममा देखिएको परिवर्तनले ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । ‘मान्छेको मृत्यु हुन थालेपछि धेरै यार्सागुम्बा सङ्कलक अहिले गाउँ फर्किरहेका छन्’, अपिहिमाल–२ का हरीशचन्द्रसिंह कार्कीले भने ‘गाउँका अधिकांश मानिस फर्किएर गाउँमै योजनाका काममा खटिएका छन् । लेकमा यार्सा पाइँदैन । हिउँ पग्लिएको छैन, जोखिम मोल्नुभन्दा गाउँकै विकास निर्माणमा लाग्छौँ भनेर फर्किएका छन् ।

व्यास–१ का योगेश बोहरा यो वर्ष पाटनमा खासै यार्सागुम्बा नपाइने गरेको बताउँछन् । ‘मान्छे आउने जाने क्रम चलेको छ । मौसम पनि राम्रो छैन्’, उनले भने । यो वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छैन । विगतमा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि अनुमति पत्र दिने गरेको थियो । सोहीअनुसार सङ्कलकहरु लेक जाने गरेका थिए ।

विगतमा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका क्रममा मृत्यु भएका नागरिकलाई बिमा उपलब्ध गराएको थियो । यो पटक भने कोरोनाका कारण अनुमति जारी गर्न रोक लगाइएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले बताए ।

‘हिमाली क्षेत्रका स्थानीयवासीको आर्थिक स्रोतका रूपमा विकल्प नभएपछि अनुमतिबिनै यार्सागुम्बा सङ्कलन गर्नुपर्ने उनीहरूको बाध्यता हो’, अपिहिमाल–१ का जीवन लोथ्याल भन्छन्, ‘हिमाली क्षेत्रका जनताको आयको प्रमुख स्रोत भनेकै जडीबुटी हो, ‘रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता अपिहिमालका बासिन्दालाई लागेको छ । यहाँ उत्पादन भएको खाद्यान्नले छ महिना पनि खान पुग्दैन ।’

यस्तै विचार अपिहिमालका धेरै नागरिकले राखेका छन् । गाउँमा रोजगारीको विकल्प नहुनु र आयस्रोत नहुँदा यार्सागुम्बा सङ्कलन गर्नुपरेको हो तर सङ्कलनका क्रममा भइरहेको घटनाका कारण अहिले धेरै निराश बनाएको छ । विगतमा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका क्रममा मृत्यु भएका नागरिकलाई बिमा उपलब्ध गराएको थियो । यो पटक भने कोरोनाका कारण अनुमति जारी गर्न रोक लगाइएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले बताए ।

जिल्लामा हरेक वर्ष यार्सागुम्बा सङ्कलनको क्रममा पाँच/सात जनाले अकालमै ज्यान गुमाउने गरेको जिल्ला प्रहरीको तथ्याङ्क छ । जिल्लाबाट हरेक वर्ष पाँचदेखि सात क्विन्टलसम्म यार्सागुम्बा निकासी हुने गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,