English

कोरोना संक्रमितले खानैपर्छ यस्ता झोलिलो कुरा



कोरोना भाइरसको संक्रमणबाट जोगिन जीवनशैली र खानपानमा परिवर्तन गर्नु आवश्यक छ । संक्रमण भएकालाई बाहिरका खाने कुरा खुवाउनु भन्दा घरमै भएका खाना खुवाउनु राम्रो हुन्छ । संक्रमित वा संक्रमण मुक्त भइसकेपछि एकदमै कमजोर अनुभव हुन्छ । त्यसकारण संक्रमितले प्रशस्त मात्रमा पानी पिउने, झोलिलो र पोषणयुक्त खाना खानुपर्छ । संक्रमितले के–के खाने कुराको झोल खानु उपयुक्त हुन्छ ? भन्नेबारे जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीको सुझाव यस्तो छः

– घरमै बनाइने सबै किसिमको दालको झोल खाने ।

– क्वाटी वा टुसा उमारिएको गेडागुडीको झोल खाने ।

– विभिन्न किसिमको तरकारीहरुको झोल ।

– चना, पर्बल र आलुको तरकारीको झोल

– माछा र मासुको झोलिलो बनाएर खान सक्नुहुन्छ ।

– भटमास भिजाएर यसको रस बनाएर खान सक्नुहुन्छ ।

– यस्तो समयमा शरीरलाई प्रोटीनको एकदमै आवश्यक पर्ने भएकाले प्रोटीनयुक्त खाना खाने ।

– संक्रमित भएकालाई एकैपटक खान मन नलाग्ने भएकाले दिनभरी झोल पदार्थहरु थोरै–थोरै गरी खाई रहनु पर्दछ ।

– यस्तो समयमा दूध राम्रो हुन्छ । तर दूध नपच्नेलाई र गर्मी भएकोले दही र मोही खुवाउनु पर्छ ।

– शरीरलाई प्रोटीन चाहिने भएकोले रोटी, दाल र भातमा जुन खानेकुरा मन पर्छ त्यही खानुपर्छ ।

– यसका साथसाथै घरको भान्सामा पाइने सबै खान खानु राम्रो हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested