English

पर्यटकको फोटो खिचेर मनग्गे आम्दानी



पढाइका सिलसिलामा दुई वर्ष अघि बारा जिल्लाका विशाल चौधरी काठमाडौं छिरे । दुई महिनासम्म जागिरका लागि विभिन्न जब सेन्टर, साथीभाइ र चिनजानका लाई हारगुहार मागे । एक ठाउँमा जागिर पनि पाए । त्यहाँ दुई महिनाभन्दा बढी टिक्न सकेनन् ।

२२ बर्षिय विशालले काम गर्दा रमाइलो र आम्दानी पनि हुने बाटो के होला ? भनेर खोजीनीति गर्न थाले । घुम्न आउने हरकोहीले फोटो चिनो लैजाने मनसाय हुने भएकोले त्यसबाट राम्रो आम्दानी हुन सक्ने उनलाई सोच आयो । काठमाडौँको पर्यटकिय स्थलमा फोटो खिच्ने सोच बनाए । ‘अरुको नोकरी गर्दा आफूलाई समय दिन सकिएन, आफूलाई समय दिने र आम्दानी पनि हुने पेशा के होला भनेर सोच्दा दिमागमा फोटोग्राफीको आइडिया आयो,’ विशालले भने ।

विशाल चौधरी

सुरुका दिनमा विशाललाई क्यामेरा चलाउन आउँदैन थियो । भनिन्छ ‘जहाँ इच्छ त्यहाँ उपाय ।’ उनले साथीभाइ र युट्युबको मद्घतबाट क्यामेरा चलाउन सिके । विशाल भन्छन्, ‘मैले क्यमेरा चलाउने कुनै तालिम लिएको छैन, साथीभाइको सहयोग र युट्युब हेरेर क्यामेरा चलाउन सिकेँ ।’ उपत्यकाभित्र रहेका पर्यटकीयस्थलमा विगत सात महिनादेखि उनले पर्यटकका फोटो खिच्दै आएका छन् ।

सुरुका दिनमा विशाललाई क्यामेरा चलाउन आउँदैन थियो । भनिन्छ ‘जहाँ इच्छ त्यहाँ उपाय ।’ उनले साथीभाइ र युट्युबको मद्घतबाट क्यामेरा चलाउन सिके । विशाल भन्छन्, ‘मैले क्यमेरा चलाउने कुनै तालिम लिएको छैन, साथीभाइको सहयोग र युट्युब हेरेर क्यामेरा चलाउन सिकेँ ।’

जीवन जैसी


काठमाडौँ उपत्यकाका देश बाहिर र भित्रबाट आउने पर्यटकहरुको गुणस्तरको फोटो खिचेर तुरून्तै मोबाइलमा उपलब्ध गराउँछन् । ‘एक दिनमा सयौँ फोटो खिच्छु, खिचाउनेहरुलाई मन परेमा २० रुपैयाँ प्रति फोटोको दरले मोबाइलमै फोटो दिन्छु,’ विशाल थप्छन्, ‘काम गर्दा रमाइलो लाग्छ,पहिले म सोध्थे फोटो खिचाउने भनेर, अहिले फोटो खिच्नका लागि पर्यटकले आफै खोज्छन् ।’

विशालले पाटन,पशुपति,वसन्तपुर क्षेत्रमा घुम्न आउने पर्यटकको फोटो खिचे । अहिले उनी स्वयम्भु क्षेत्रमा देखिन्छन् । ‘फोटोग्राफीबाट आफूलाई बुझ्ने मौका पाएको छु,घोटिएर काम गर्नुपर्दैन, एक देखि डेढ घण्टा काम गरे पुग्छ’ विशालले संगालेको अहिलेसम्मको अनुभवको निचोड हो यो ।आफ्नो यो कामबाट अन्य साथीहरु प्रभावित भएर काम गरेकोमा खुसी लाग्छ रे विशाललाई ।

शिखर रोक्का

विशालले दैनिक औसत चार हजार रुपियाँ भन्दा बढी कमाउँछन् । ‘कहिले काँही पाँच मिनेटमै पाँच सय रुपियाँ हुन्छ, मन लगाएर काम गरे महिनामै एक लाख रुपियाँ कमाइ हुन्छ,’ विशाल भन्छन्, ‘यसबाट आफ्नो आवश्यकता पुरा गरेको छु र घरमा दुई बहिनीलाई पढाउने खर्च धानेको छु ।’

विशाल जस्तै फोटो खिचेर काठमाडौँको महङ्गीमा गुजारा गरेका छन् जीवन जैसीले पनि । कैलालीका जीवनले पनि यो कार्य थालनी गरेको पाँच महिना भयो । २० वर्षीय जीवन यसबाट काठमाडौँमा बस्न र केही वचत पनि गर्न सकिने बताउँछन् । ‘फोटोग्राफी मेरो शौक हो, यहीँबाट आम्दानी हुँदा शोक र आवश्यकता पुरा भएको छ,’ जीवनले भने ।

यी दुई जनाको कामबाट प्रभावित भएर झापाका शिखर रोक्का र चितवनका पवन सुनारले पनि फोटो खिच्ने कार्य सुरु गरेको एक महिना भएको छ । उनीहरुले पनि काममा रमाइलो गर्दै राम्रो आम्दानी गरेको र आफूलाई पनि समय दिन सकिएको अनुभव सुनाए ।

यो पनि…
रजश्वलाको पहिलो घण्टी : शरोनका लागि उत्सव (भिडियो सहित)
यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ
महिला ‘बरघर’ले चलाएको थारू समाज
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’
महिला पवित्र हुन तीजमा व्रत बस्नुपर्ने, पुरुष पवित्र हुनै नपर्ने !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested