यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ



प्रमुख जिल्ला अधिकारी (प्रजिअ) निजामती प्रशासनको निकै चुनौतीपूर्ण पद मानिन्छ । जिल्ला भित्रका हरेक गतिविधिको निगरानी सिडियोकै हातमा हुन्छ । नेपालका ७७ जिल्लामध्ये हाल ५ जिल्लामा महिला सिडियो छन् । चुलोचौकादेखि जिल्ला सुरक्षा समेतको महत्वपूर्ण जिम्मेवारी सम्हालेका पाँच सिडियोको अनुभव यस्तो छ :

लक्ष्मी देवी हुँमागाई खतिवडा, सल्यान

म इलाममा जन्मे । त्यहाँबाट बसाई सरेर झापा आयौँ । २०३९ सालमा झापाबाट एसएलसी पास गरे । कक्षा ११ र १२ धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट प्रथम श्रेणीमा पास भएँ । त्रिभुवन विश्वविद्यालयबाट छात्रवृद्धि पनि प्राप्त गरेको थिएँ । स्नातक तहपछि मेरो बिहे र जागिरसँगसँगै भयो । २०४६ सालमा नायब सुब्बाबाट निजामति सेवा सुरु गरेकी हुँ । मेरो पहिलो पोस्टिङ सूचना विभागमा भएको थियो ।

मैले जुन समयमा सेवामा प्रवेश गरे त्यो समयमा महिलाहरु लोकसेवा दिनलाई आँट गर्दैन थिए । २०५५ सालमा अधिकृत भए । त्यसपछि विभिन्न उताव–चढाव सँगै २०४९ मा व्यवस्थापन संकायमा स्नातकोत्तर गरे । पढाई र काम सँगैसँगै गरे । पढ्दै र दुई छोरा हुर्काउँदै स्नातकोत्तर अध्ययन गर्न मेरो लागि चुनौती थियो , तै पनि पहिलो श्रेणीमा उत्तिर्ण गरे । यसबाट मलाई एकदम सन्तुष्टि मिल्छ ।

‘उमेर सानो र जिम्मेबारी ठुलो भएकाले मलाई बलियो बनायो’

जागिर, घरपरिवार, आफ्नो र छोराहरुको पढाईलाई कसरी निरन्तरता दिन सकिन्छ शब्दमै भन्न सक्दिन । मेरो परिवारले पनि पढाईको लागि एकदमै सहयोग गर्नुभयो । एलएलबी र बिएड पनि गरे । यसरी पढाई र काममा सहयोग गर्ने मेरो श्रीमान (डा. पुष्पलाल हुँमागाई) ले पनि पिएचडी गर्नु भएको छ । रथका दुई पांग्रा भने जस्तै आफुपनि पढ्यौं र छोराहरूलाई पनि पढायौँ ।

कलिलै उमेरमा सहकारीको प्रमुख (झापा २०५८) भएर काम गर्दा मैले मान्छेसँग कसरी बोल्ने पिआर कसरी बढाउने भन्ने कुरा सिके । उमेर सानो र जिम्मेवारी ठूलो भएकाले मलाई बलियो बनायो । २०६९ सालमा उप–सचिवमा बढुवा भए ।

‘महिला भएर अनुगमन शाखामा काम गर्न सक्लिन र ?’ केहीलाई प्रश्न थियो

२०७३ सालमा हो । निर्वाचन आयोगमा अनुगमन परिवेक्षण शाखाको प्रमुख भएर काम गर्ने अवसर पाए । ‘महिला भएर अनुगमन शाखामा काम गर्न सक्लिन र !’ भन्ने केहीलाई प्रश्न थियो । मलाई पनि सङ्घीयबाट जिल्लातिर जान मन लाग्यो । २०७२ सालमा भक्तपुरमा सहायक–प्रमुख जिल्ला अधिकारी भए । त्यहाँ केही अनुभव भइसकेपछि २०७४ सालमा पाँचथरको जिल्ला प्रमुख भए । त्यो समयमा पनि स्थानीय तहमा निर्वाचन भएको थियो । त्यो सफल भयो । २०७५ सालमा तेह्रथुमा एक वर्ष काम गरे । पाँचथर र तेह्रथुमको पहिलो महिला सिडियो हुँदैअहिले सल्यानमा पनि ४६ औँ नम्बरको पहिलो महिला सिडियो नै छु ।

कामकै सिलसिलामा थाइल्याण्ड, जापान ,नर्बे, मलेसिया, श्रीलंका लगायत देशको भ्रमण गर्ने अवसर मिल्यौं । यस क्षेत्रमा लाग्नका लागि धैर्यता आवश्यक पर्छ । तर पछिल्लोसमय निजामति सेवातिर आकर्षण घट्दै छ । धेरै युवाले विदेश जाने सोच बनाएका हुन्छन् । तर गर्न सक्ने आफ्नै देशमा पनि प्रशस्त सम्भावना छन् ।

‘कार्यालयमा अझै पनि पुरुषको खोजी हुन्छ’

कुनै नेतृत्वको विषय आए अझैपनि पुरुष प्रदान सोच पाएको छु । सेवाग्राहीहरू पुरुष हाकिम कै खोजीमा हुन्छन् । पछिल्लो समय यसमा धेरै नै सुधार आएको छ । अहिले त महिला कर्मचारीलाई पनि सहज वातावरण छ । यसले पनि महिलाहरूको सहभागिता बढेको देख्छु । सक्ने जिम्मेवारी महिलाले बहन गर्नुपर्छ । कार्यालय प्रमुख भएर काम गर्छु भन्ने हुनुपर्छ । सरकारले पनि महिलालाई सक्ने जिम्मेवारी दिनुपर्छ । मैले पुरै इमान्दारिताका साथ काम गरेको छु र आगामी दिनमा पनि गर्नेछु ।

देवी पाण्डे खत्री, पर्वत

मेरो जन्मथलो गुल्मी हो । विवाह पनि गुल्मीमै भयो । एलएलसी दिएर १६ वर्ष नपुग्दै विवाह भयो । विहे भईसकेपछि काठमाडौँ आए । १८ वर्षको उमेरमा बच्चा भयो । काठमाडौँको पद्मकन्याबाट स्नातक गरे । बच्चालाई पढाउनका लागि स्कुलमा शिक्षकको काम गरे । तर निजी क्षेत्रमा काम बढी, पैसा थोरै र समयमा परिश्रमिक नपाउँदा अनेक समस्या झेले । यसकारण सरकारी जगिर खानु पर्छ भनी प्रेरित भए ।

बच्चा हुर्काउँदै कलेज पढ्दै गरे । पढाई सक्काएर २३ वर्षको उमेरमा म अधिकृत भएँ । स्नातकोत्तर पनि गर्दै थिएँ । २०६३ सालमा शाखा अधिकृत भएर पर्यटन मन्त्रालयमा पहिलो पोस्टिङ भएको थियो । त्यहाँ शाखा अधिकृतकै रुपमा २ वर्ष रहे । अनि महिला कार्यालय प्रमुख भएर विरगंज गए । त्यो बेला स्थानीय तहका मान्छेले एकदमै डर धम्की दिन्थे । जिल्ला निर्वाचन अधिकारी भएर दोलखामा पनि काम गरे ।

पुरुषलाई मात्रै नमस्कार

सेवाग्राहीहरु भेट्न आउँदा कोेही–कोहीले पुरुषलाई मात्रै नमस्कार गर्थे । ‘महिला पनि कार्यालयको प्रमुख हुन्छन् र ?’ जस्ता प्रश्न सोध्थे । समाजले यस तहमा महिलालाई अझै स्वीकार गर्न सकेको छैन भन्ने लाग्थ्यो । २०७४ सालमा उप–सचिव भए । प्रदेश ५ मा (लुम्बिनी प्रदेश ) महाशाखा प्रमुखको रुपमा पोस्टिङ भए । सुरुमा त्यहाँ जाँदा होटेलमा १५ दिनसम्म डेरा लिएर बसे । त्यही कार्यरत हुँदा एक वर्षको स्नातकोत्तर कोर्स पढ्न कोरिया गए । त्यहाँबाट आएर राष्ट्रिय योजना आयोगमा पोस्टिङ भयो । ९ महिनापछि गृह मन्त्राललमा पठायो । अनि गोरखामा सहायक प्रमुख जिल्ला अधिकारी भए ।

‘ड्रेसमा पनि गुनासो’

समाजमा सहज तरिकाले महिला ठूलो पोस्टमा भएको स्वीकार गर्नै गाह्रो पाएको छु । ड्रेसमा पनि गुनासो गरेको अनुभव छ । पर्वत जिल्लामा सिडियो भएर आएको पाँच महिना भयो । हाम्रो जस्तो पुरुषप्रधान समाजमा महिला नेतृत्व सहजै स्वीकार गर्नसक्ने अवस्था थिएन । तर पर्वतमा म अघि नै महिला सिडियो आईसक्नु भएकाले खासै अप्ठ्यारो महसुस भएन । महिला भनेपछि सरोकारवालाले अलि बढी नै निगरानी गर्ने गर्छन् । त्यसैले पनि निकै होसियारीपूर्वक काम गर्नुपर्ने चुनौती छ ।

महिलाहरुमा विहेपछि अब पढ्न सकिन्नँ भन्ने सोच छ । विहेपछि पनि परिवारिक जिम्मेवारी सँगसँगै पढाईलाई निरन्तरता दिन सकिन्छ । विहेपछि सबै सकिएको सोच्नु हुँदैन । हाम्रा सपना बाँकी नै हुन्छन । त्यो पुरा गर्र्न संघर्ष गर्नुपर्छ । कुनै पनि काम गर्दा हरेस नखाई उच्च मनोबल र आटका साथ निरन्तरता दिनसके सबै कार्य गर्न सकिन्छ ।

मनमायाँ भट्टराई पंगेनी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व )

म नवलपरासीमै जन्मिएर, यही ठाउँको सेवा गर्न पाउँदा एकदमै भाग्यमानी ठान्छु । मैले २०५० सालमा एसएलसी दिए । त्यो बेला एसएलसीपछि वर्गीय हिसाबले कोटा हुन्थ्यो । त्यहीबाट मैले सिएमए पढे र त्यसपछि गाउँघरमै स्वास्थ्य सेवा दिन थाले । यसरी बाहिर फिल्डमा जाँदा मैले कलेज गएर पढ्न पाइन । प्राइभेट नै भएपनि पढाईलाई निन्तरता दिएँ । प्राईभेटबाटै प्लस टु देखि स्नाकोत्तर गरे । कलेज जाने एकदमै रहर भएपनि स्नातकोत्तर गर्दासम्म त्यो रहर पुरा भएन ।

विवाहपछि बाहिर स्वास्थ्यकर्मी भएर फिल्ड जान समस्या भयो । काठमाडौँ आई सकेकाले महिला सशक्तिकरणका लागि महिला मन्त्रालयले लोकसेवाको तयारी गराउने जनकारी पाएँ । कक्षा लिन थालें । परिवार सबै सुतेपछि ध्यान विधिबाट पढ्थें ।

२०६३ सालमा लोकसेवा आयोगबाट अधिकृतमा नाम निकाले । तत्कालिन महिला विकास शाखा अधिकृतमा पहिलो पोस्टिङ भयो । त्यसपछि सरकारले नै पढ्न पाउने योजना ल्याएको थियो । त्यहीबाट सेन्ट जेभियर्स कलेजमा सोसल वर्क पढ्न पाएँ । सरकारकै छात्रवृद्धिमा भारतको गुरु गोबिन्द युुनिर्भसिटीबाट पब्लिक पोलिसी विषयमा स्नाकोत्तर उत्तिर्ण गरे ।

आपाङ्ग, महिला, बालबालिका र वृद्धवृद्धा जस्ता क्षेत्रमा म एकदमै संबेदनशील छु । महिला विकासमा काम गर्दा महिलाहरुको पक्षमा विभिन्न अनुसन्धात्मक कामहरु गर्ने मौका पाएँ । बादी समुदायका महिलाहरुको सशक्तिकरण लागि काम गरे । २०६५ देखि ०६८ मा दाङ, बाँँके, बर्दिया, सुर्खेत र कञ्चनपुरमा बादी समुदायबारे राम्रो रिपोर्ट बनाएको थिएँ । जसबाट १ हजार ४ सय ३६ घरधुरी पत्ता लागेको थियो ।


सरकारले बादी समुदाय व्यवास्थापन समिति बनायो, नागरिकताको समस्या समाधान भयो । त्यसपछि राष्ट्रिय सर्तकता केन्द्रमा सरुवा भयो त्यहाँ पनि वैदेशिक रोेजगारमा जाने महिलाहरुका बारेमा अनुसन्धान गरे । त्यो विदेशमा रोजगारीका लागि जाने महिलाको रोजगार सुरक्षित हुनुपर्छ र महिला शोषण हुनु हुँदैन भन्ने थियो । सह–सचिवको परीक्षा दिँदा मेरो सासु र श्रीमान अस्पतालमा भर्ना हुनु भएको थियो । बेडमा उहाँहरुलाई छोडेर परीक्षा दिन गएको थिएँ । २०७४ सालमा सह–सचिव भए ।

सिडियो भन्ने वित्तिकै ठुलो जुङ्गा भएको समाजको सोचाई

सिडियोका रुपमा मेरो पहिलो पोस्टिङ नै आफ्नै जन्मथलो बन्यो । यहाँ आएको ११ महिना भयो । गाउँका पाका आमाबुबाहरु भेट्न आउनु भएको थियो । ‘कस्तो हुनु हुन्छ सिडियो नानी भनेर सोध्नु भएको थियो ?’ त्यो मलाई सधैँ याद आउँछ ।

सिडियो भन्ने बित्तिकै ठुलो जुङ्गा भएको पुरुष मान्छे भन्ने समाजको सोच रहेको पाएँ । सिडियो भएर काम गर्दा मेलै पँहुच नभएकालाई सहजै पँहुच दिने कोशिस गरेकी छु । मेरो प्राथमिकता महिला, वृद्धा र बालबालिका नै हुन् । धेरैको पहुँच नभएर नागरिकता नबनेको रहेछ, त्यसका लागि पहल गरे ।

‘पुस्तक नै पढ्न नपाए पनि परिवेशलाई पढ्नु पर्छ’

महिलाले सृष्टिकर्ता हुन् । जसले आफूलाई कमजोर ठान्नु हुँदैन । सबैलाई जितेर जान्छु भन्ने सोच बनाउनुपर्छ । जस्तोसुकै कष्ट आइपरेपनि अगाडी बढ्ने चाहना छोड्नु हुँदैन । विहेपछि पढ्न नपाएको भनेर चिन्ता गर्नु हुँदैन म जस्तै ध्यान विधिबाट पनि पढ्न सकिन्छ । पुस्तक नै पढ्न नपाए पनि परिवेशलाई पढ्नु पर्छ । आँट बालियो बनाउनु पर्छ । महिला अगाडी बढेमा हिंसा कम हुन्छ । अरुका लागि उदाहरण बन्न सकिन्छ ।

‘पढ्नु पर्छ है सिडियो हुन पाइन्छ’ भनेको सुन्दा आनन्द लाग्छ

म बसेको बाटो भएर हिड्ने वृद्धा बा, आमा स–साना नानीहरुलाई ‘पढ्नु पर्छ है सिडियो हुन पाइन्छ’ भनेको सुन्दा आनन्द लाग्छ । यसरी महिला सिडियो आउँदा उहाँहरुको घर–घरमा छोरीलाई सिडियो बनाउनुपर्छ वा पढाउनुपर्छ भन्ने जुन धारणा बनेको छ । त्यो मेरो लागि एकदमै खुसीको कुरा हो । महिलामा घर–परिवार चलाएर सिमित स्रोत साधनबाटै काम गर्न सक्ने क्षमता हुन्छ । पाएको जिम्मेवारीबाट कहिल्यै पछि हट्नु हुदैन ।

रुद्रदेवी शर्मा, गुल्मी

मेरो जन्म थलो बाग्लुङ हो । विवाह पनि उतै भयो । पृथ्वी माध्यमिक विद्यालयबाट एसएलसी पास गरे । त्यसपछि पोखरामा आइएससी पढ्दै काठमाडौँ ट्रान्सफर भए । बिएड र कानून विषयमा मैले स्नातक गरेकी छु । निजामती सेवामा आउन पुस्तक मात्र पढ्नु पर्छ भन्ने होइन अन्य विभिन्न कुराको ज्ञान पनि आवश्यक छ ।

यस क्षेत्रमा आउनुभन्दा पहिला विभिन्न गैरसरकारी कार्यालयमा ८–१० वर्ष काम गरे । विषेश गरी लैंगिङ क्षेत्रमा विभिन्न कार्य गरें । यस क्षेत्रमा नीति निर्मणमा महिला सहभागिताको विषय पनि उठ्थ्यो । त्यो हिसाबले यस श्रेत्रमा जानुपर्छ लागेको थियो ।

परिवारबाट पनि गैर–सरकारी क्षेत्रमा जगिर खानुभन्दा सरकारी तिरको लागि नै हौसाला दिनुभयो । निजामति सेवामा २०६६ सालमा अधिकृत तहबाट प्रवेश गरेँ । राष्ट्रिय योजना आयोगमा मेरो पहिलो पोस्टिङ थियोँ । त्यहाँ ६ वर्ष काम गरेँ । २०७२ सालमा उप–सचिवमा बढुवा भएँ । संचार तथा सूचना प्रविधि मन्त्रालायमा पोस्ट भएँ । २०७५ सालमा सह–सचिब भएँ ।

यस सेवामा प्रवेश गर्दा मेरो छोरा छोरी पनि जन्मि सकेका थिए । उनीहरुलाई हुर्काउँदै, पढाउँदै, पहिलाको गरेको काम र घरको व्यवास्थापन गरेर बाँकी भएको समयलाई यता तिरको अध्ययनमा खर्च गरेँ । २०७६ सालमा रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा मेरो पहिलो पोस्टिङग हो । त्यहाँ ११ महिना काम गरेँ ।

‘हरेक कुराको निगरानी हुन्छ ’

गुल्मीको ३९ औँ सिडियो मध्ये पहिलो महिला सिडियो भएर आएको म नै हो । लामो समयसम्म पुरुष साथीहरुले जिल्लामा नेतृत्व गरि रहँदा एकै पटक महिला सिडियो देख्दा सेवा गा्रहीहरुमा देखिने एक किसिमको व्यवहार स्वाविकै हो । हरेक कुराहरु परिवर्तन भइसकेपछि केही प्रभाव देखिन्छ र म त्यसरी नै लिन्छु । पुरुषले गरिरहेको काम महिलाले कसरी गर्छ भन्ने देखि हरेक कुराको हाम्रो मुल्याङ्कन हुन्छ । कतिपय कुराहरु बाहिर प्रस्फूटन हुन्छ त कतिपय हुँदैन । तर पनि समान्यरुपले हेर्दा सजिलै अनुमान लगाउन सकिन्छ ।

सिडीयो भएपछि १० देखि ५ मात्र खाटेर हुँदैन जुनसुकैको समय पनि दिनु पर्ने हुन्छ । यस क्षेत्रमा कहिले अलोचना हुन्छ कहिले प्रशंसा । हामीले लगनशिलता, सहनशिलता, धैर्याता लगायत विभिन्न कुराले तयारी भएर बस्नु पर्ने हुन्छ । सबैसँग सहकार्य गरेर अगाडी बढ्नु पर्ने हुन्छ । जसकारणले आफ्नो आत्माविश्वस र मेहनतले काम गर्नुपर्ने हुन्छ ।

गर्ने आफूले नै हो । महिला र पुरुष भएका कारणले कुनै पनि काममा रोकिनु हँुदैन । आफूले रोजेको क्षेत्रमा लगनशिल, ईमान्दार, निरन्तारता, मेहनती र प्रथामिकता दिनुपर्छ । आत्माविश्वास बढाउनु पर्छ र अरुले सहयोग गरेनन् भने पनि सहयोग पाउने वातावरण मिलाउनुपर्छ । जुनसुकै कार्यका लागि भित्रैदेखिको अत्माविश्वास हुनु एकदमै जरुरी हुन्छ ।

दश वर्ष विभिन्न मन्त्रलायमा काम गरें तर सिडीयो भएर काम गरेको करिब ढेड वर्ष भयो । ढेड वर्षमा गरेको काम सायद मैले दश वर्षमा गरिनं होला । धेरैलाई सेवा दिने ठाउँ र आफूलाई चिन्ने ठाउँ जिल्ला नै हो ।

विजया कुमारी प्रसाइ, जुम्ला

मेरो जन्म थलो रामेछाप हो । बिए पास भएपछि छोरी मान्छे अगााडि बढ्नुपर्छ , जागिर खानु पर्छ भन्ने मेरो बुवाको चहाना थियो । सच्चो कुरा भन्दा मैले जागिर नै खोजेको थिएँ । जागिरका लागि लोकसेवाको तयारी गर्न काठमाडौँ आएँ । तीन वर्ष पछि २०६१ सालमा शाखा अधिकृतमा नाम निकाले । मेरो पहिलो पोस्टिङ राष्ट्रिय योजना आयोगमा भएको हो । त्यसपछि स्थानीय विकास मन्त्रालयमा हुँदै २०७० मा उप–सचिव भएँ । समाजिक सुरक्षा कोषमा ८ महिना र महिला तथा बालबालिका विभागमा तीन वर्ष बसें ।

जुम्लामा सिडियो भएर आएको १ महिना भयो । यो भन्दा अगाडी सिन्धुली जिल्लामा २० महिना सहायक जिल्ला प्रमुख अधिकारी भएर काम गरि सकेकाले मलाई ती जिम्मेबारीहरु दोहिएको छ । त्यसैले खासै चुनौती छैन । कामको क्रममा जिल्लाको सिडियो र त्यसपछि महिला हो भनेर हेर्ने गर्छु । यसमा काम गर्दा महिला भनेर कुनै कुरा जोडिन्छकी भनेर एकदमै चनाखो भएर काम गर्नु पर्ने हुन्छ । किनकीमा म महिला वर्गको पनि नेतृत्व गर्दे छु ।

जिम्मेबारी लिने क्षमता विकास गर्नुपर्छ । फ्रन्टलाइनमा आउनका लागि २४ घण्टा नै खटिएर जिम्मेबारी बहन गर्नु पर्ने हुन्छ । यहाँ म भन्दा पहिला दुर्गा बन्जाडेले काम गर्नु भएकाले यहाँका सेवाग्राही एकदमै सकरात्मक हुनुहुन्छ ।

‘भवनामा डुबेर प्रशासन चलाउन सकिदैन’

यस क्षेत्रमा काम गर्दा फराकिलो सोच बनाउनुपर्छ । तर एउटा पक्षले महिला सिडियो भनेर आशा गरिरहेको हुन्छ । त्यो पुरा गर्न नसकिने हो की कतै–कतै सोच आउँदो रहेछ । भवनामा डुबेर प्रशासन चलाउन सकिदैन । शान्ति सुरक्षा, समन्वयन सहजीकरण गर्ने लगायतका जिल्लाभर नै सेवा प्राबह गर्ने कार्य जस्ता जिम्मेबारी हुन्छ । महिला भएकै कारणले काम सजिलो र गाह्रो हुँदैन । कुनै पनि कामको एउटा सिस्टम हुन्छ । त्यही अनुसार आफ्नो क्षमताको विकास गर्नुपर्छ । जिम्मेबारी लिएर महिला भनेर कुनै पनि मुद्धा जोड्नु हुदैन ।

प्रशासनमा मात्र होइन महिलाले जुनसुकै क्षेत्रमा राम्रो गर्नुहुन्छ । हामीमा आन्तरिक शाक्ति हुन्छ तर त्यो प्रयोग गर्न सकेका छैनौँ । मेरो अनुभवमा जिल्ला चलाउनु भन्दा घर चलाउन गाह्रो हुन्छ । घरमा सूक्ष्म तहको व्यवास्थापन गर्न सकिन्छ भने जिल्लामा एउटा नीति हुन्छ त्यही अनुसार काम गर्नु पर्ने हुन्छ । तर केही फरक क्षेत्रमा काम गर्न सकेमा अरु महिलाको लागि उदाहरण बन्न सकिन्छ ।

यो पनि पढ्नुहोस् :
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’
महिला पवित्र हुन तीजमा व्रत बस्नुपर्ने, पुरुष पवित्र हुनै नपर्ने !




...
महिलाले शव बोकेर घाटसम्म पुर्याए « Mero LifeStyle

[…] […]

...
कोरोना अपडेट : एकैदिन १,२३९ संक्रमित थपिए, १,३२४ जना संक्रमणमुक्त « Mero LifeStyle

[…] […]

...
नासिँदै गए बिसाउने चौतारी « Mero LifeStyle

[…] […]

...
साझा बसकी हर्मिता भन्छिन्– ‘नेपालमा महिला चालकको सम्मान छैन’ (भिडियोसहित) « Mero LifeStyle

[…] […]

...
नेपाल सरकारको पदक गोरखा दक्षिण बाहुको ‘डेमोक्रेटिक भर्सन’ « Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन्

कोभिड- १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आज मंगलबारदेखि काठमाडौं जिल्लामा लगाइँदैछ । काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी

मंगलबार बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बदली रहेको छ । दिउँसो देशका थोरै स्थानमा  हल्का वर्षाको सम्भावना रहेको मौसम

आकस्मिक गर्भनिरोधक साधनको प्रयोग असुरक्षित यौनसम्पर्क हुँदा वा परिवार नियोजनको अस्थायी साधनको असफलतापछि अनावश्यक गर्भ रोक्ने सुरक्षित र सरल तरिका