English

गाउँमा खेताला नपाएपछि किसानको ध्यान आधुनिक थ्रेसर मेसिनतर्फ



गाउँमा खेताला पाउन छाडेपछि लमजुङका किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका छन् । छिटो, छरिटो र सस्तो हुने भएकाले उनीहरुले धान भित्र्याउँन सो मेसिन उपयोगमा ल्याएका हुन् ।

पछिल्लो समय गाउँमा काम गर्ने खेताला पाउनै मुस्किल हुँदै गएको छ । पाए पनि महँगो हुने जनाइएको छ । कम समय र कम लागतमै धान झाट्ने भएकाले मेसिनको उपयोग बढेको हो ।

ठूला सहरका ठूला फाँटमा मात्र नभई थ्रेसर मेसिन यतिबेला जिल्लाका गाउँका खेतहरुमा समेत पुग्न थालेको छ । यो सँगै परम्परागत रुपमा धान थन्काउने चलन हराउन थालेको छ । जिल्लामा यतिबेला धान पाकेकाले धान काट्ने र झाट्नेमा किसान व्यस्त भएका छन् । अधिकांश किसानहरु धान काट्ने काम सकेर दाइँ हाल्दैछन् त कति हाल्ने तरखरमा छन् ।

केही केही ठाउँमा किसानहरुले परम्परागत रुपमा मान्छे र गोरुको सहायताले दाइँ हालिरहेका छन् । तर अधिकांश किसान आधुनिक थ्रेसर मेसिन प्रयोग गरिरहेका छन् । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा परम्परागत रुपमा गोरु र खेताला पाउन मुस्किल हुँदै जाँदा यतिबेला थ्रेसर मेसिनको प्रयोग बढि भइरहेको स्थानीयवासी ईश्वरराज सेढाईंले बताए । यहाँका ८० प्रतिशत किसानले थ्रेसर मेसिन प्रयोग गर्न थालेको उनको भनाइ छ ।

उनले भने , “यहाँ खेताला खोज्दा पनि भेटिन मुस्किल हुन्छ, यस्ता बेलामा यहाँ थ्रेसर मेसिनले किसानलाई ठूलो राहत पुगेको छ ।” काम पनि छिटो, खर्च पनि कम समयको बचत, खेताला खोज्नुपर्ने बाध्यता हट्न थालेको किसानको भनाइ छ । गाउँमा काम गर्ने मान्छे पाउन मुस्किल छ । पाइएका खेतालाको खर्च पनि महँगो छ । “मेसिनबाट काम गर्दा काम पनि छिटो हुन्छ । पैसा पनि कम पर्छ । त्यसैले केही वर्षअघि बाट खेती भित्र्याउन थ्रेसर मेसिनकै प्रयोग गर्दै आएको राइनास नगरपालिका–६ स्थित चक्रतीर्थ तीनपिप्लेका किसान कृष्णबहादुर भट्टले बताए।

त्यस्तै, यहाँका किसान कमलराज सेढाइँले भने, “मेरो २० मुरी धान थ्रेसर मेसिनले एक घण्टा १० मिनेटमै धान र पराल छुटाएर सकायो ।” यतिका धानका लागि खेताला लगाएको भए, १०÷१२ जना आवश्यक पर्ने र उनीहरुलाई दिनभरिमा पनि सकाउन गाह्रो पर्ने उनको भनाइ छ । थ्रेसर मेसिनले प्रतिघण्टा रु दुई हजार ५०० लिने गरेको र खेतालाले प्रतिव्यक्ति रु ८०० रुपैयाँ लिने गरेको छ । खेताला लगाउँदा रु नौ÷दस हजारभन्दा बढी लाग्ने भए पनि मेसिनको प्रयोगले समयदेखि लागतसमेत धेरै कम गराएको उनले जानकारी दिए ।

उनले भने , “यहाँ खेताला खोज्दा पनि भेटिन मुस्किल हुन्छ, यस्ता बेलामा यहाँ थ्रेसर मेसिनले किसानलाई ठूलो राहत पुगेको छ ।” काम पनि छिटो, खर्च पनि कम समयको बचत, खेताला खोज्नुपर्ने बाध्यता हट्न थालेको किसानको भनाइ छ । गाउँमा काम गर्ने मान्छे पाउन मुस्किल छ । पाइएका खेतालाको खर्च पनि महँगो छ । “मेसिनबाट काम गर्दा काम पनि छिटो हुन्छ । पैसा पनि कम पर्छ । त्यसैले केही वर्षअघि बाट खेती भित्र्याउन थ्रेसर मेसिनकै प्रयोग गर्दै आएको राइनास नगरपालिका–६ स्थित चक्रतीर्थ तीनपिप्लेका किसान कृष्णबहादुर भट्टले बताए।

उनी भन्छन् , “यहाँका किसानहरुलाई पहिला पहिला आधुनिक थ्रेसर मेसिनका बारेमा थाहा नहँुदा गोरु र खेताला खोज्दैमा हैरानी हुन्थ्यो, बल्लबल्ल गोरु खेताला पाए पनि महँगो भएर खेताला लगाउन पनि किसानलाई आर्थिक समस्या हुने गरे पनि यहीले यी सबै समस्या थ्रेसर मेसिनले हटाउँदै गएको उनको भनाइ छ । प्रतिघण्टा थ्रेसर मेसिनले धान पराल छुट्याएको करिब रु तीन हजारसम्म लिँदै आएका छन् । जिल्लाका बेँसीसहर, भोटेओडार, राइनास, सुन्दरबजार, फेदीकुना, पाउँदी लगायतका फाँटमा थ्रेसर मेसिनबाटै किसानले धान पराल छुट्याउने गरेका छन् ।

यो पनि पढ्नुहोस्
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि
बैंकबाट कर्जा लिएर घर बनाउने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया
विषादीयुक्त खाद्यवस्तुले स्वास्थ्यमा देखिन्छन् यस्ता समस्या, कसरी जोगिने ?
कोरोना संक्रमित आमाले सुरक्षित स्तनपान कसरी गराउने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested