English

अभिभावकलाई विज्ञको सुझाव

दिनको १५ मिनेट बालबालिकालाई



आज अन्तराष्ट्रिय बाल दिवस । बालबालिकाको उत्थान, कल्याण र जीवनशैलीमा सुधारका लागि आजको दिन विश्वभरका यो दिवस मनाइन्छ । बद्दो आधुनिकतासँगै व्यक्तिको दैनिक जीवन अस्तव्यस्त छ । आफ्नो र बालबालिकाका लागि समय निकाल्न धौ–धौ छ । तर दिनको १५ मिनेट भए पनि अभिभावकले आफ्ना बालबालिकाका लागि समय निकाल्नु पर्ने मनोविद्हरु बताउँछन् ।

बालबालिकासँग अभिभावकले समय बिताउनु भन्दा उनीहरुलाई खानेकुरा,ग्याजेट,पैसा दिएर फकाउने प्रवृत्ति छ । बालबालिकाले अभिभावकसँग समय बिताउन नपाउँदा एक्लोपन बढ्ने, ग्याजेटको लत लाग्ने, अभिभावकसँगको सम्बन्ध बिग्रिदै जाने जस्ता समस्या देखिने मनोविद् बिनोद पौडेल बताउँछन् । ‘कोरोना महामारीको समयमा घरभित्रै बसियो, अध्ययन पनि अनलाइनमा भयो, जसकारणले बालबालिकामा ग्याजेटको प्रयोग बढ्दो छ,’ उनले भने, ‘बालबालिकालाई टेक्नोलोजी सिकाउनुपर्छ तर त्यसमै मात्रै निर्भर हुन दिनु हुँदैन ।’

हालको परिस्थितिमा बालबालिकालाई अभिभावकले ‘क्वालिटी टाइम’ दिनुपर्ने एकदम आवश्यक छ । ‘बालबालिकालाई क्वालिटी टाइमका लागि दिनको १५ मिनेट भए पनि अभिभावकले छुट्याउनु पर्छ, जुन समयमा बालबालिकाले चाहे अनुसार कार्य गर्ने, बोल्ने र उसलाई सुन्ने गर्नुपर्छ,’ पौडेलले भने, ‘बालबालिकालाई समय दिँदा उनीहरुमा तनाव कम हुने र भविष्यमा घट्ने अप्रिय घटनालाई कम गर्न सकिन्छ ।’

‘उमेर अनुसार बच्चा सुत्ने गर्छ वा गर्दैन विचार गरेर ग्याजेट भन्दा कथाहरु सुनाउने, रचनात्मक कार्य गर्न पे्ररणा दिने, बच्चाले गर्न सक्ने काम गराउने जस्ता कार्य गर्नु पर्छ ।’ पौडेलले भने, ‘बच्चाले खेल्ने, पढ्ने र सुत्ने तालिका अभिभावकले बनाई दिनुपर्छ, यस्ता कार्य गरेमा उनीसँगको सम्बन्ध राम्रो बन्छ ।’

शारीरिक र मानसिक स्वास्थ्यका लागि विश्व स्वास्थ्य संगठनले किशोर अवस्थाकाले दिनमा दुई घण्टा शारीरिक कसरत गर्नुपर्ने हुन्छ । जसका लागि अभिभावकले बच्चासँग कसरत गर्दै समय बिताउन सक्छन् । ‘उमेर अनुसार बच्चा सुत्ने गर्छ वा गर्दैन विचार गरेर ग्याजेट भन्दा कथाहरु सुनाउने, रचनात्मक कार्य गर्न पे्ररणा दिने, बच्चाले गर्न सक्ने काम गराउने जस्ता कार्य गर्नु पर्छ ।’ पौडेलले भने, ‘बच्चाले खेल्ने, पढ्ने र सुत्ने तालिका अभिभावकले बनाई दिनुपर्छ, यस्ता कार्य गरेमा उनीसँगको सम्बन्ध राम्रो बन्छ ।’

बढ्दो शहरीकरण र प्रविधिले बालबालिकाको हातहातमा ग्याजेट छ,जसको फाइदा र बेफाइदा पनि उत्तिकै छन् । यस्तो परिस्थितिमा अभिभावकले अबका दिनमा बालबालिकालाई राम्रो हेरचाह गर्न नसकेमा बालबालिका सबै भन्दा छिटो बर्बादी तर्फ जाने मनोविश्लेषक बसु आचार्य बताउँछन् । ‘हालको समय एकदमै भागदौडको छ, जसले गर्दा जीवनशैली नै व्यवस्थित छैन,’ आचार्य भन्छन्, ‘अहिलेका आमाबाबु आफ्नो सांस्कृति सिकाउने कि पौराणिक कथा भन्नेमा दोधारमा छन् ।’

आचार्यका अनुसार सन् २०३० सम्म विश्व स्वास्थ्य संगठनले हरेक तीन जनामा एक जना मनोपीडक हुने आंकलन गरेको छ । जसमा आजकै बालबालिका पर्ने आचार्यको दाबी छ । ‘राम्रो अभिभावक कसरी बन्ने आमाबाबुले सिकेर बच्चालाई हेरचाह गर्नुपर्ने अहिलेको परिस्थित हो,’ आचार्यले भने, ‘अहिलेका घरदेखि स्कुलसम्म बच्चालाई राम्रो व्यक्ति बनाउनका लागि सिप, अभाव, तनाब, राम्रो–नराम्रो व्यवहार जस्ता कुराहरु सिकाउन आवश्यक छ ।’

अभिभावकले बच्चालाई समय दिन नसक्नु बच्चाको उमेर अनुसार असर पर्न सक्ने मनोविद् डा.नरेन्द्रसिंह ठगुन्ना बताउँछन् । ‘पाँच वर्ष भन्दा कम उमेरका बालबालिकालाई उपयुक्त समय दिन आवश्यक छ, जसका लागि आमा बाबु दुबै एकै समयमा बच्चासँग हुनुपर्छ,’ ठगुन्ना भन्छन्, ‘यसरी समय दिँदा बच्चाको आमाबुवा प्रतिको सम्बन्ध राम्रो हुन्छ, जसले गर्दा बालबालिकाको सामाजिक सद्भाव, भावनात्मक स्वास्थ्य राम्रो हुन्छ र बाल्यकालमा देखिने मानसिक समस्या न्युन हुन्छ ।’

यदी बच्चालाई अभिभावकले समय दिन नसकेमा भविष्यमा बच्चाले आफ्नो कुरा राख्न नसक्ने, ग्याजेटको लत बस्ने रचनात्मक काम कम हुने जस्ता समस्या देखिने ठगुन्नाले बताए ।

यो पनि…
२ लाख ८६ हजार बालबालिका अझै श्रमिक
बालबालिकाको प्रश्न – ‘दूरदराजका भुन्टे र च्यान्टेले अनलाइन कक्षा पढ्न कहिले पाउँछन् ?’
हराएकामध्ये ८३ प्रतिशत बालबालिकाको परिवारमा पुनर्मिलन
बालबालिकालाई जंकफुड कति हानिकारक ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,