English

बालबालिकाहरुलाई होमवर्क गराउँदा यी कुरामा ध्यान दिनुहोस्



कोरोना महामारीपछि बालबालिकाहरु अभिभावकसँगै बस्ने मौका पाएका छन् । यो समय अभिभावकले आफ्नो बालबच्चाको पढाईलाई नजिकबाट नियाल्ने मौका पनि हो । बालबालिकाको पढाई कस्तो छ ? केमा कमजोर छ ? इत्यादि कुरा बुझ्ने अवसर पनि हो ।

बालबालिकालाई होमवर्क गराउन अभिभावकका लागि चुनौती नै हुन्छ । कार्टुन, गेम, टिभी जस्ता विद्युतिय माध्यमले बालबालिकाहरूलाई होमवर्क गराउन समस्या भएको अभिभावकका गुनासो सुनिन्छन् । होमवर्क गर्न ढिलाइ गर्ने बित्तिकै अभिभावकले बालबालिकालाई हप्काउन पनि थाल्छन् । तर बच्चालाई कसरी होमवर्क गराउन सकिन्छ भनेर छुनामुना मन्टेश्वरीको प्रिन्सीपल कमला ढकाल अधिकारीको यस्तो छ सुझाब :

–बालबालिकाको पढाईका लागि अभिभावकले उनीहरुलाई समय दिने ।
–पढ्न वा होमवर्क गर्न नमानेमा उनीहरुलाई पढेपछि यस्तो हुन्छ भनेर कथाहरु सुनाउने, उनीहरुको साथीले गरेको काम सुनाउने ।
–विद्यालयबाट होमवर्क नदिए पनि उनीहरूलाई कथा तथा कविताका किताब पढ्न सिकाउने ।
–कार्टुन, गेम, टिभीको लागि बच्चाको लागि समय छुट्याई दिने ।
–होमवर्क गर्न ढिलाइ गर्ने बित्तिकै बालबालिकालाई हप्काउन, पिछ्ने नगरी उनीहरुलाई माया गरेर गर्न लगाउने ।
–पढ्ने स्थानको उचित व्यवस्था मिलाइ दिने । यसो गरियो भने उनीहरू एकाग्र भएर पढ्न सक्छन् ।
–बालबालिकाहरुलाई अध्यापनको समयमा आफूलाई पनि पढाइमा व्यस्त राख्नुपर्छ ।
–बालबालिकालाई अध्यापन गराउँदा खाना बनाउने, गफ गर्ने, टिभी हेर्ने, फोनमा कुराकानी नगर्ने ।
–बालबालिकाहरु पढ्दा उनीहरुसँगै आफू पनि बस्ने , यसरी गर्दा उनीहरुले पूरा ध्यान पढाइमा लगाउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested