English

२ लाख ८६ हजार बालबालिका अझै श्रमिक



लगभग ६ दशकदेखि बालअधिकारको लागि ‘राष्ट्रिय बाल दिवस’ मनाइदै आए पनि बालबालिकाहरुको अवस्थामा कुनै सुधार देखिएको छैन । यस क्षेत्रमा काम गर्ने संघसंस्थाहरु पनि कोरोना महामारीपछि सिथिल भएका छन् । ‘कारोनाका कारणले हामीले बालबालिका सम्बन्धी कुनै अनुसन्धान गरेका छैनौँ,’ सिविस (चिल्ड्रेन एण्ड वोमन इन सोसियल सर्भिस एण्ड ह्युमन राइट) का प्रशासकिय अधिकृत केदार मगरातीले भने ।

केन्द्रिय तथ्यांक विभागको ‘श्रम शक्ति सर्वेक्षण २०७६’ मा उल्लेख भए अनुसार १७ वर्ष मुनिका २ लाख ८६ हजार बालबालिकाहरु आर्थिक लाभका लागि कार्यमा संलग्न रहेको राष्ट्रिय बाल अधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्दले बताए ।

गैरसरकारी संघसंस्था मात्र होइनन्, कोरोना महामारीको समयमा बालबालिकाको पक्षमा सम्बन्धित निकायले पनि चासो दिएका छैनन् । बालश्रम शोषण जस्ता कार्यहरुमा के–कति संलग्न छन् भनेर तथ्यांक पाउन पनि मुस्किल छ ।

केन्द्रिय तथ्यांक विभागको ‘श्रम शक्ति सर्वेक्षण २०७६’ मा उल्लेख भए अनुसार १७ वर्ष मुनिका २ लाख ८६ हजार बालबालिकाहरु आर्थिक लाभका लागि काममा संलग्न रहेको राष्ट्रिय बाल अधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्दले बताए ।

राष्ट्रिय जनगणन २०६८ अनुसार १ लाख ४ हजार ७ सय बालबालिकाहरु श्रम संलग्न रहेका छन् । ‘आर्थिक बर्ष २०७७–७८ को तथ्यांक आउन बाँकी छ,’ चन्दले भने, ‘ बालश्रम निवारण सम्बन्धि गुरुयोजना २०७५–८५ नेपाल सरकारले ल्याएको छ, जसमा ७० प्रकारका बालश्रममा बालबालिका संलग्न देखाएका छन् ।’

गुरुयोजना अनुसार २०८३ सालमा सबै किसिमको बालश्रम अन्त्य हुने उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा सडक बालबालिका ५८ बालबालिकाहरु उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको चन्द बताउँछन् ।

बालबालिकालाई श्रममा लगाएको भेटिएमा १०९८ हेल्पलाइन, बालबालिका खोज तलास प्रहरीको नम्बर १०४ छ । महिला, बाल तथा जेष्ठ नागरिक केन्द्रसँग पनि बालश्रम सम्बन्धित समस्याबारे समन्वय गर्दै आएको चन्दले बताए ।

बालबालिकालाई श्रममा संलग्न नगराउने भनेर चेतना बढ्दै, यससँग सम्बन्धित उजुरी पनि बढेको उनले जानकारी दिए । तर, विपन्न र नेपाल–भारतसँग सिमा जोडिएकाले बालश्रममा कमि आउन नसकेको चन्दले बताए ।

श्रमकै लागि भारत गएका बालबालिकाको तथ्यांक नभए पनि सिमामा भेटिने अभिभावकलाई सम्झाउने बुझाउने गरिएको छ । बालबालिका ऐनको नियमावालीमा बलश्रम गराउन नपाइने नियम उल्लेख गरिएको छ । तर, समाज र परिवारमा बालअधिकार सचेतनाको कमी र आर्थिक अभावका कारण यसलाई रोक्न समस्या रहेको चन्दको भनाई छ । ‘बालश्रम कम गर्न परिवारको आर्थिक अवस्थामा सुधार गर्न र बालअधिकार सम्बन्धी सचेतना फैलाउन जरुरी छ,’ चन्दले भने ।

बालबालिकालाई श्रममा लगाएको भेटिएमा १०९८ हेल्पलाइन, बालबालिका खोज तलास प्रहरीको नम्बर १०४ छ । महिला, बाल तथा जेष्ठ नागरिक केन्द्रसँग पनि बालश्रम सम्बन्धित समस्याबारे समन्वय गर्दै आएको चन्दले बताए ।

प्रत्येक स्थानीय तहमा बालअधिकार समिति, बालबालिकाकोे संरक्षण र बाल अधिकारका लागि बाल कल्याण अधिकारी कर्मचारी, बाल कोष र बाल मनोविज्ञ राख्ने जस्ता योजना रहे पनि कार्यन्वयनमा आउन नसकेको उनले बताए । स्थानीय तहका बालबालिकाका कार्यविधी पनि बनेको उनले जनाए ।

भिडियो:

यो पनि पढ्नुहोस्
हराएकामध्ये ८३ प्रतिशत बालबालिकाको परिवारमा पुनर्मिलन
बालबालिकाहरुलाई होमवर्क गराउँदा यी कुरामा ध्यान दिनुहोस्
बालबालिका किन रिसाउँछन् ? कसरी गर्ने नियन्त्रण ?
निषेधाज्ञामा बालबालिका : जोखिम र अवसर दुव



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested