English

अभिनेता सबिन श्रेष्ठ भन्छन्– ‘स्कुलमा लभ पर्यो कलेज पढ्दा छुट्यो’



मैले २०५६ सालमा काठमाडौँकोे सुन्धारा गणबहालस्थित नेपाल आदर्श माध्यमिक विद्यालयबाट एसएलसी दिएँ । एसएलसीको परीक्षाको केही समय अगाडी दायाँ हात भाँचिएको थियो । स्कुलबाट यस वर्ष परीक्षा नदिन सल्लाह दिनुभयो तर, फेल भएपनि परीक्षा दिने निधो गरेँ । तैपनि प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेँ ।

धेरैले अरुसँग के पढौं कसो पढौं भनेर सल्लाह लिन्छन् । त्यो बेला आइरन गेट मानिने एसएलसीमा राम्रो अंक ल्याएकाले विज्ञान विषय पढ्ने सोच बनाएँ । तर साथीहरुको लहैलहैमा लागेर चबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा मानविकी विषयको बारेमा बुझेँ । तर त्यहाँको पढाईबारे चित्त बुझेन । त्यसपछि क्षेत्रपाटीस्थित पब्लिक यूथ क्याम्पसमा मानविकी विषय लिएर प्लस टु भर्ना भएँ ।

सुरुको दिन रमाइलो लाग्यो तर, पछि–पछि बानी भएर खर्च धेरै भयो । पढाई बिग्रिसकेको थियो । यसरी खेल्नु राम्रो होइन भन्ने सोचेर त्यो खेल छोडेँ । कलेज पनि केही दिन गइनँ ।

कलेजमा स्कुलकै साथीहरु नै थिए । त्यसैले खुब मिल्थ्यौँ । कलेज बिहानी समयमा थियो । त्यसपछि साथीहरुसँग घुम्दै र खेल्दै दिन बित्थ्यो । त्यो समयमा पुल खेलको क्रेज एकदम धेरै थियो । सुरुका दिनमा कलेज बिदा भएपछि खेल्न जान्थेँ । त्यो खेलको बानी लागेपछि कलेज नै बंक गरेर खेल्न जान थालें ।

सुरुको दिन रमाइलो लाग्यो तर, पछि–पछि बानी भएर खर्च धेरै भयो । पढाई बिग्रिसकेको थियो । यसरी खेल्नु राम्रो होइन भन्ने सोचेर त्यो खेल छोडेँ । कलेज पनि केही दिन गइनँ ।

भर्खरै एसएलसी दिइसकेको उमेर चन्चले नै हुन्छ । फेरि, म त विद्यालय तहदेखि नै प्रेममा परेको थिएँ । तर, कलेज पढ्दा ब्रेकअप भयो । कलेज पढ्दा धेरै ठाउँ घुमियो, तर पोखरा एकदम धेरै गएँ । घुम्ने भन्ने बित्तिकै पोखरा मात्र मस्तिष्कमा आउँथ्यो । पिकनिकका लागि साथीहरुसँग समूह बनाएर गइन्थ्यो ।

मेरो प्लसटु पढाई भन्दा साथीहरुसँग रमाइलो गर्दै बित्यो । करियरमा बढी ध्यान दिइयो र प्लसटुपछि करियर बनाउन लागे । पढाई त्यस्तै भयो ।

यो पनि पढ्नुहोस् ।
यी हुन् उत्कृष्ट मावि, कुन कलेजमा कति छ शुल्क ?
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन
सलोन भन्छन् – कलेजमा ३ जना केटीले प्रेमप्रस्ताव राखे
कक्रोज भन्छन्– चिया पसलमा काम गर्दै कलेज पढें
‘बुबाआमा सरी ! डाक्टर बनाउने तपाईंहरुको सपना पुरा गर्न सकिन’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली