English

कक्रोज भन्छन्– चिया पसलमा काम गर्दै कलेज पढें



सोलुखुम्बुको हिमाल दर्शन उच्च माध्यमिक विद्यालयबाट २०६२ मा एसएलसी दिएँ । दोस्रो श्रेणीमा उत्तिर्ण गरेँ । एसएलसीपछि मेरो पुरै परिवार सोलुखुम्बुबाट काठमाडौँ आयौँ । कक्षा ११ रत्नराज्यलक्ष्मी क्याम्पसमा भर्ना भएँ । मैले कक्षा ११ र १२ पढ्दा आइए थियो । जसमा विभिन्न विषयहरु थिए । मैले अर्थशास्त्र र नेपाली मुख्य विषय लिएर अध्ययन गरेँ ।

त्यतिबेला देशमा राजनीतिक उथल–पुथल हुँदा कलेजबाट नै थाहा हुन्थ्यो । दिउँसोको समयमा दिनैपिच्छे आन्दोलन हुने भएर पढाई काम हुन्थ्यो । जसकारण मैले रात्रिकालिनको कक्षा लिन्थेँ । साढे चार बजेदेखि सात–आठ बजेसम्म कक्षा संचालन हुन्थ्यो । पहिलो र अन्तिम कक्षामा प्राय बस्थें ।

पहिलो कक्षा सकिएपछि ५–६ बजेको समयमा साथीहरुसँग घुम्न छुट्टै रमाइलो हुन्थ्यो । साथीहरुसँग भृकुटीमण्डप तिर गइन्थ्यो । पढाईको लागि कक्षा कोठामा कम भेटिन्थें । कक्षामा पढेर भन्दा पनि सेल्फ स्टडी गरेर परीक्षा दिने बानी थियो । सानैदेखि सोझो स्वभावको छु । स्कुल, कलेज भनौं या अहिलेसम्म कोहिसँग झगडा परेको छैन ।

पहिलो कक्षा सकिएपछि ५–६ बजेको समयमा साथीहरुसँग घुम्न छुट्टै रमाइलो हुन्थ्यो । साथीहरुसँग भृकुटीमण्डप तिर गइन्थ्यो । पढाईको लागि कक्षा कोठामा कम भेटिन्थें । कक्षामा पढेर भन्दा पनि सेल्फ स्टडी गरेर परीक्षा दिने बानी थियो । सानैदेखि सोझो स्वभावको छु । स्कुल, कलेज भनौं या अहिलेसम्म कोहिसँग झगडा परेको छैन । साथीहरु जम्मा भएर उपत्यकाका भित्रै केही ठाउँहरु घुम्थें । तर, बाहिर तिर घुम्न गइएन । कलाकार भइसकेपछि भने धेरै ठाउँ घुमें ।

प्लसटु पढ्दा गौशालामा हाम्रो चिया पसल थियो । बाहिरको काम भन्दा पनि आफ्नै पसलको काम गर्दै कलेज पढें । यससँगसँगै नृत्य सिक्ने र केही म्युजिक भिडियोमा पनि अभिनय अवसर पाइसकेको थिएँ । आरआर कलेज यतिकै पनि रमाइलो लाग्छ । यस कलेजमा देशभरका विद्यार्थी पाइन्छन् । आइए पढ्दा सुनेको, पुस्तकमा पढेको पाल्पा, गुल्मी, स्याङ्जा जिल्ला ।

यी जिल्ला लगायतका विभिन्न ठाउँका साथीहरु बने । ती साथीहरुले आफ्नो जिल्लाको कुरा गर्दा त्यहाँ घुमे जस्तो अनुभुति हुन्थ्यो । कलेजबाट घुम्न भन्दा पनि जिल्ला–जिल्लाका विद्यार्थी सामाज हुन्थ्यो त्यो बेला । साथीहरुसँग रमाइलो गर्नका लागि वनभोजमा सहभागी हुन्थें । तर, कुन पार्टी, कुन समाज त्यो मलाई चासो हुँदैन थियो । कुनै समाजमा पनि थिइन र अहिले पनि छैन ।

पहिलो कक्षा सकिएपछि ५–६ बजेको समयमा साथीहरुसँग घुम्न छुट्टै रमाइलो हुन्थ्यो । साथीहरुसँग भृकुटीमण्डप तिर गइन्थ्यो । पढाईको लागि कक्षा कोठामा कम भेटिन्थें । कक्षामा पढेर भन्दा पनि सेल्फ स्टडी गरेर परीक्षा दिने बानी थियो । सानैदेखि सोझो स्वभावको छु । स्कुल, कलेज भनौं या अहिलेसम्म कोहिसँग झगडा परेको छैन ।

रात्रीकालिनको समयमा सुरक्षाका हिसाबले हामीसँग कोही पनि केटीहरु पढ्दैन थिए । केटाहरु मात्र हुन्थे । त्यसैले कलेजमा प्रेम गर्ने चान्स नै पाइएन । त्यसैले कहिलेकहिँ दिउँसो वा बिहानीको कक्षा पढ्न पाएको भए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । कलेजमा दिनभरी आन्दोलन हुनु पनि रमाइलो कुरा थियो । कहिलेकाँही त्यो आन्दोलन हुँदा हेर्न जान्थें । टायर बालेको, इट्टा फालेको हेर्न मज्जा लाग्थ्यो । अर्को दिन फलानो साथी अस्पतालमा छ भन्ने सुनिन्थ्यो ।

स्नातक तह पनि आरआरमै पढें । पहिलो र दोस्रो वर्षको परीक्षा दिएँ । नतिजा राम्रो आएको थियो तर कलाकारिता क्षेत्रमा व्यस्त हुँदा पढाईलाई समय दिन सकिनँ । तेस्रो वर्षको परीक्षा छुट्यो । त्यसपछि परीक्षा नै दिइनँ ।

यो पनि पढ्नुहोस् ।
यी हुन् उत्कृष्ट मावि, कुन कलेजमा कति छ शुल्क ?
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
दीपिका भन्छिन्– कलेज बंक गर्ने हिम्मत आएन
सलोन भन्छन् – कलेजमा ३ जना केटीले प्रेमप्रस्ताव राखे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली