‘बुबाआमा सरी ! डाक्टर बनाउने तपाईंहरुको सपना पुरा गर्न सकिन’



२०६० सालमा कैलालीस्थित श्री नवजागृती स्कुलबाट एसएलसी दिएँ । राम्रो अंक ल्याएर पास भएँ । त्यतिबेला एसएलसीको निकै चर्चा हुन्थ्यो । आइरन गेट समेत भनिने यसको परीक्षादेखि नतिजा आउने बेलासम्म निकै चासो दिन्थ्यो । नतिजा आएको दिन गाउँभर हल्ला हुन्थ्यो । कसले कुन डिभिजन ल्यायो भन्ने चर्चा हुन्थ्यो । त्यसैले त्यो बेला एसएलसी पास हुँदा भयंकर नै गरिएछ भन्ने लागेको थियो ।

एसएलसीपछि अब फेरि कक्षा १, २, ३ जस्तै गरी पढ्नुपर्छ होला भन्ने सोचेको थिएँ । कक्षा ११ मा विभिन्न संकाय हुन्छन् भन्ने थाहै थिएन । कक्षा ११ मा जब मानविकी, विज्ञान, व्यवस्थापन, शिक्षा, कानून, प्राविधिक शिक्षाका बारेमा बुझें । त्यसपछि कुन विषय पढ्ने होला भन्ने अन्योलमा परेँ । त्यसपछि अग्रजहरुसँग सल्लाह लिएँ । सबैले विज्ञान पढ्न सुझाव दिनुभयो । तर, यो विषय त पढ्न गाह्रो हुन्छ स्कुल टपरहरुले मात्र यो विषय पढ्छन् भन्ने सुनेको थिएँ । सबैको कुरा बुझ्छा आखिर त्यो होइन रहेछ । अन्ततः विज्ञान विषय लिएरै प्लस टु पढ्ने निधो गरेँ ।

म सानैदेखि अरुले ठूलो भएपछि के बन्ने बाबु भन्दा डाक्टर इन्जिनियर भनिदिन्थेँ । मेरो परिवारको पनि मलाई डाक्टर पढाउने सपना थियो । त्यसैले साइन्स विषय लिएको थिएँ ।

विषय त रोजेँ अब कहाँ पढ्ने ? भन्ने कुराले तनाव दिन थाल्यो । सबैतिर बुझ्दै जाँदा महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा राम्रो पढाई हुन्छ भन्ने थाहा पाएँ । तर, बुझ्न सयम लाग्यो त्यसैले त्यहाँको प्रवेश परीक्षा नै छुटेछ । अनि त झनै छटपटि भयो । त्यसपछि महेन्द्रनगरकै वैद्यनाथ क्याम्पसको कक्षा ११ (प्लास टु) मा भर्ना भएँ ।

म सानैदेखि अरुले ठूलो भएपछि के बन्ने बाबु भन्दा डाक्टर इन्जिनियर भनिदिन्थेँ । मेरो परिवारको पनि मलाई डाक्टर पढाउने सपना थियो । त्यसैले साइन्स विषय लिएको थिएँ । त्यो कलेजमा विज्ञान विषयमा अध्ययन गर्ने २० जना थियौं । जसमध्ये १५ जना होस्टेलमै बस्थ्यौँ । सैद्धान्तिक पढाई बिहान हुन्थ्यो । दिउँसो प्रयोगात्मक र एस्ट्रा कक्षा हुन्थ्यो । जसकारण धेरैजसो पढाईमै केन्द्रित भइयो । कलेजमा अनुशासित र जेहेन्दार विद्यार्थीमा पर्थें । त्यसैले म र मेरा समूहले राखेको माग कलेज प्रशासनले पनि चुपचाप पुरा गरिदिन्थ्यो ।

विज्ञान विषय लिएर अध्ययन गरेको हुँदा मेहनत गरेरै अध्ययन गर्थ्यौं । यद्यपि, कहिलेकहीँ दिक्क लाग्यो भने होस्टलमा बत्तिको स्वीच निकाले फाल्दिन्थ्यौं । अनि छतमा गएर अन्ताश्री खेल्थ्यौँ ।

होस्टल बसेपछि त्यति धेरै खुला भएर हिड्न पाइदैन थियो । सुदुरपश्चिमका विभिन्न क्षेत्रबाट आएका साथीहरुसँग चिनजान भयो । त्यसैले उनीहरुसँग कुराकानी गरेर रमाइलो गरिन्थ्यो । त्यो समयमा नेपालको सबैभन्दा लामो झोलुङ्गे दोधारा चाँदनी पुलको निर्माण हुँदै थियो । त्यही बाटो भएर हामी भारत घुम्न जान्थौँ । तर, त्यहाँ भन्दा रमाइलो कलेज क्षेत्रमै हुन्थ्यो । क्याम्पसको क्षेत्रफल करिव ५०–६० बिगाह थियो । त्यसमा केरा खेति गरिएको थियो । साँच्चै त्यहाँ हाम्रो छुट्टै संसार थियो । त्यहाँबाट केराको घरी नै ल्याउँथ्यौं । अनि केरो पकाउने औषधि ल्याएर होस्टलको कौशीमा राख्थ्यौं । त्यतिबेला धेरै केरा खाइयो ।


मेरो रमण भण्डारी भन्ने साथी एकदमै पढ्न्ते थियो । उसलाई बिगार्न म र अर्को साथी लोकेन्द्र लागि पर्थ्यौं । हामी दुई जना मिलेर उसलाई पढेर के हुन्छ ? पढ्न हुन्न, हिँड् घुम्न जाऔं भनेर अलमल्याउँथ्यौं । तर, बेलुका घुँडा धसेर पढ्थ्यौं ।

विज्ञान विषय लिएर अध्ययन गरेको हुँदा मेहनत गरेरै अध्ययन गर्थ्यौं । यद्यपि, कहिलेकहीँ दिक्क लाग्यो भने होस्टलमा बत्तिको स्वीच निकाले फाल्दिन्थ्यौं । अनि छतमा गएर अन्ताश्री खेल्थ्यौँ । कुनैदिन उत्पट्याङ काम पनि गरिन्थ्यो । कतिपय साथीहरु साइकलमा कलेज आउँथे । तिनीहरुको साइकलको हावा फुस्काइदिने, पन्चर गराइदिने गर्थ्यौं । तर, अहिले किन गरिएछ भन्ने लाग्छ । किशोरावस्था आफैंमा चञ्चले उमेर । यतिबेला के सही के गलत छुट्याउन गाह्रै हुन्छ । आँखा देखिएका सबै कुराहरु राम्रो लाग्थ्यो । म सँग कलेजमा केही केटी साथीहरु नजिक थिए । मलाई कसैको कपाल, कसैको आँखा, कसैको हेराई, कसैको बोली मनपर्थ्यो । यद्यपि, कसैसँग लभ परेन । प्रेमको चक्करमा परियो भने पढाई डामाडोल हुन्छ भन्ने लाग्थ्यो । त्यसैले पढाईमै केन्द्रित भएँ ।

मेरो रमण भण्डारी भन्ने साथी एकदमै पढ्न्ते थियो । उसलाई बिगार्न म र अर्को साथी लोकेन्द्र लागि पर्थ्यौं । हामी दुई जना मिलेर उसलाई पढेर के हुन्छ ? पढ्न हुन्न, हिँड् घुम्न जाऔं भनेर अलमल्याउँथ्यौं । तर, बेलुका घुँडा धसेर पढ्थ्यौं । कक्षा ११ पढ्दा म बिहान ५ बजे उठेर नृत्य कक्षा जान्थें र साथीहरु नउठ्दै होस्टल पुगिसेको हुन्थेँ । ३ महिनासम्म मैले डान्स सिकेको कसैलाई थाहा भएन । तैपनि मेरो पढाई भने राम्रो थियो । परीक्षामा २० जनामध्ये ५ जनामात्र उत्तिर्ण भए । त्यो मध्ये एउटा म पनि हुँ ।

कहिलेकहीँ कलेज बंक गरेर कुमारी हलमा फिल्म हेर्न गइन्थ्यो । एकपटक फूल्चोकी पनि गएको थिएँ । दोस्रो सेमेस्टर पुगेपछि डान्स सेन्टर ज्वाइन गरेँ । पढाई बिग्रँदै, डान्स सप्रिदै गयो ।

प्लस टुपछि थप पढाइको लागि काठमाडौँ आएँ । परिवारको चाहना डाक्टर बनाउने थियो तर, त्यो सपना पुरा गर्न सकिनँ । प्लस टु मा डान्स सिक्नु नै मेरो कलाकार बन्ने रुचिले गर्दा थियो । यो कुरामा परिवारसँग विवाद नै पथ्र्यो । सोचेजस्तै, एमबीबीएसको प्रवेश परीक्षा पनि छुटिसकेछ । त्यसपछि काठमाडौँको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा बिसिए विषयमा भर्ना भएँ । त्यसैले बुबाआमासँग क्षमा चाहन्छु । किनकी तपाईंहरुको डाक्टर बनाउने सपना पुरा गर्न सकिनँ ।

पहिलो सेमेस्टर नियमित कक्षा लिएँ । राम्रो अंकमा पास पनि भएँ । कहिलेकहीँ कलेज बंक गरेर कुमारी हलमा फिल्म हेर्न गइन्थ्यो । एकपटक फूल्चोकी पनि गएको थिएँ । दोस्रो सेमेस्टर पुगेपछि डान्स सेन्टर ज्वाइन गरेँ । पढाई बिग्रँदै, डान्स सप्रिदै गयो । डान्स सेन्टरबाट नै विभिन्न स्टेज प्रोग्रामहरुमा सहभागी हुँदै गएँ । पढाईलाई समय दिन सकिन तीन वर्षे सेमेस्टरको पढाई ६ वर्षमा सिध्याएँ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘ब्लु डायरी’ नाम सुन्नासाथ हामीलाई ‘ब्लु’ शब्दले पक्कै झस्काउँछ । किन कि नेपाली समाजमा ब्लु शब्दले पारेको प्रभाव त्यस्तै छ

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदन खुला गरेको छ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि बन्द

कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको थियो

पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन्