English

दाजुभाइले एक अर्कालाई लगाइदिए भाईटीका



शनिबार तिहारको मुख्य दिन भाइटीका । दिदी बहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाएका छन् । तिहारमा विशेषतः दिदी बहिनीले दाजुभाइलाई भाइटीका लगाइदिने प्रचलन छ । आफ्नै दिदी बहिनी नहुनेले पनि आफन्त र छरछिमेकका दिदी बहिनीसँग भाइटीका थाप्छन् ।

तर, व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिम्लिसिनाले भने एक अर्कालाई भाइटीका लगाएर मनाएका छन् । सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे । भाइटीकाको प्रक्रिया अनुसार निधारमा सप्तरङ्गी टिका लगाएर फूलको माला गलामा पहिराइदिए । भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर फोरे । त्यसपछि भाइ सुमनले दाजु मदनलाई भाइटीका लगाइदिए ।

दिदी बहिनी नभए पनि दाजु भाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने सुमन बताउँछन् । ‘दाजु भाइले भाइटीका गर्दा सम्बन्ध पनि सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिएर भाइटिका मनाउँछौं’, उनले भने ।

आफ्नै घरमा दिदी बहिनी नभएपछि पाँच वर्षदेखि भाइटीका यसैगरी मनाउँदै आइरहेको मदन बताउँछन् । मदन र सुमन दुई दाजु भाइ मात्रै हुन् । ‘आफन्त दिदी बहिनको हातबाट टिका थाप्दै आइरहेका थियौं । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नु भो । हामी टिका थाप्न कुरिरहेका थियौं । नआएपछि मन खल्लो भो । त्यसपछि हामी दाजु भाइले नै भाइटीका गर्ने सोच बनाएर सुरु गर्‍यौं । त्यसपछि निरन्तर एक अर्कालाई टिका लगाएर भाइटिका मनाउँदै आइरहेका छौं’, उनले सुनाए ।

मदन र सुमनले भाइटिका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटिका लगाउने सामाजिक मान्यता थिएन । सुरुको वर्ष उनीहरू आफैंलाई पनि असहज महसुस भयो । दाजु भाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं भाइटीका’ भन्नेहरू धेरै भेटिए । तर, उनीहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाडेनन् ।

दिदी बहिनी नभए पनि दाजु भाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने सुमन बताउँछन् । ‘दाजु भाइले भाइटीका गर्दा सम्बन्ध पनि सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिएर भाइटिका मनाउँछौं’, उनले भने ।

पछिल्लो समय दाजुभाइ नभएका दिदी बहिनीले पनि एक आपसमा भाइटीका लगाएर मनाउन थालेका छन् । जस कारण दाजुभाइ नहुने दिदी बहिनीको तिहारमा निधार खाली हुँदैन । र मन खल्लो हुन पाउँदैन ।

यो पनि पढ्नुहोस् :
१७० कुकुरकी अन्नदाता : स्नेहा
कसरी गर्ने लक्ष्मी पूजा ? यस्तो छ विधि
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
भाइटीकाको साइत सार्वजनिक, टिकाको शुभ साइत ११ः०२ बजे
यमपञ्चकका ५ दिन, यस्तो छ महत्व
कलाकारको तिहार योजना, कसको के ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested