English

यमपञ्चकका ५ दिन, यस्तो छ महत्व



कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको जनविश्वास छ । जसलाई यमपञ्चक भनिन्छ । यी पाँच दिनमा यमराजका प्रिय पशुपन्छिहरुको पुजाआजा गरि यमूनाले दाईलाई खुसी बनाएकी थिइन् । जस कारणले यस पर्वमा यमराजका प्रिय जन्तु काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाईको पूजा गरी मनाइन्छ ।

पहिलो दिन काग तिहार

तिहारको पहिलोे दिन कागको पूजाआज गरि मनाइन्छ । यस दिन बिहान स्नान गरि आफूले खाना खानु अगाबै कागलाई खाना खुवाएर मनाउने प्रचालन छ । काग सन्देश बाहक, तृक्ष्ण बुद्धि र यमराजको प्रिय पन्छि भएकाले तिहारमा पुजिने गरिन्छ । धर्मशास्त्र अनुसार ‘कागलाई नयाँ अन्न नखुवाई आफूले खाएमा त्यो अन्न पाप हो’ भनिएको छ । कागका साथसाथै अरु पन्छिको पनि पूजाआजा गर्न पर्ने सन्देश दिन्छ । यसरी पूजा गर्दा वर्ष दिनमा पन्छिहरुको सम्मान गरिएको बुझिन्छ ।

दोस्रो दिन कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गरि मनाइन्छ । यस दिन कुकुरलाई फूलमाला र तिलक लगाएर, मिठो खान दिएर पूजा गरिन्छ । कुकुर सबैभन्दा बफादार र जिम्मेवार प्राणी हो । मानव, श्रीसम्पतिको सुरक्षा र यमराजको प्रिय जनावर भएकाले पूजा गरिन्छ । यसका साथसाथै कात्तिकको माहिनामा किसानको धानबाली बाहिर हुँदा कुकुरले नै रक्षा गर्ने भएकाले सम्मान गर्नका लागि पनि पूजाआजा गर्ने चलन छ । कुकुर पूजाको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन पूजाआजा गरेमा समय नआई अर्थात अल्पआयूमा मृत्यु र नराम्रो ठाउँमा मृत्यु नहुने धर्मशास्त्रमा उल्लेख छ ।

तेस्रो दिन लक्ष्मी पुजा /गाई तिहार

यमपञ्चकको तेस्रो दिन लक्ष्मी पूजा गरेर मनाइन्छ । लक्ष्मीको स्वरुपमा गौमाता अर्थात् गाईको पूजाआजा गरि मनाइन्छ । गाई राष्ट्रिय जनवार पनि हो । बिहान गाईलाई तिलक, फूलमाला, मिठो खाना दिइन्छ । बेलुका दियो बालेर दिपावाली मनाइनुका साथै लक्ष्मी देवी फोटो, मुर्ति र आफ्नो श्रीसम्पतिको पूजा गरिन्छ ।

यस दिन भगवान श्रीरामले रावाणलाई हत्या गरेर अयोध्या फर्केको दिन भनेर दियो बालेर उत्सव मनाइने गरिन्छ । अर्को भनाई अनुसार कुकुर पूजाको दिन नरक चतुर्दशी गरेर अब अकालमा मुत्यु नहुने भनेर उत्सव मनाएको भन्ने पनि जनविश्वास छ ।

लक्ष्मीको पूजा गरि घरमा रहेका अशुभ भावनाहरु बाहिर भगाउनका लागि विगतका दिनमा नाङ्ला, थालीहरु बजाउने प्रचलन थियो । तर, हालको समयमा पटकाहरु पड्काउने रुप लिएको छ । यस दिन औंसीको सबै भन्दा अध्यारो दिन भएकाले दियो बालेर अध्यारोबाट उज्यालोतर्फ जाने भन्ने सन्देश पनि दिन्छ ।

चौथो दिन गोवद्र्धन पूजा /गोरू तिहार

यमपञ्चककोे चौथो दिन गोवद्र्धन पूजा÷गोरू तिहार भनिन्छ । यस दिन गोबर र गोरूको पुजाआजा गरि मनाइन्छ । गोठको अगाडी वा आँगनमा गोबरको पर्वत बनाएर, फूलमला लगाएर विधिपूर्वक पूजा गरिन्छ । शास्त्रअनुसार गोवद्र्धनको पर्वत उठाएर भक्तहरुको रक्षा गरिएको उल्लेख छ । तर, हामीले कात्तिकमा धान काटिसकेका हुन्छौं । खेतबारीमा मल छर्नु पर्ने हुन्छ । गोरूको गोबरलाई मलको रुपमा प्रयोग गर्छौ । गोबरको नै पर्वत बनाएर पूजा गर्दा उत्पादन बढ्ने, यसबाट उत्पादन भएका अन्न खानेहरुको तृक्ष्ण बुद्धि र सुभावना पैदा हुने विश्वास छ । यसैदिन गोरूको पनि पूजाआजा गरिन्छ । चामलको पिठोमा विभिन्न रंगहरु मिसाएर गोरूलाई सजाएर, फूलमाला लगाएर, मिठो खाना दिएर यस दिन मनाइन्छ ।

अन्तिम दिन भाईटिका

यमपञ्चककोे पाँचौ दिन अर्थात् अन्तिम दिन भाईटिका लगाइन्छ । यमराजलाई मन पर्ने जीवजन्तुको पूजाआज गरि यमूनाले दाईलाई खुसी पारेकी थिइन् । आजको दिन दाई–भाईलाई टिका लगाउँदा दाजुभाईको अकालमा मृत्यु नहुने, दुःख कष्ट नहुने र सुस्वास्थ्य र दीर्घआयु हुने वरदान प्राप्त गरेकी थिइन् । सोही कारणले आजको दिन दाजु भाईलाई विधिपूर्वक पूजाआजा गरि, मिठो परिकार खुवाउने र उपहार दिएर सप्तरंगी टिका लगाएर मनाउने चलन छ । दाजुभाईले पनि दिदी–बहिनीलाई टीका लगाई दक्षिणा वा उपहार दिने गर्छन् । सप्तरंगी टिका जस्तै जीवनमा खुशीयाली छाउने कामनाका साथ टिका लगाएर खुशी बाँडिन्छ । साथै, ढोकामा ओखर फुटाएमा शत्रुले प्रवेश गर्न नसक्ने विश्ववास छ ।

(देवघाट हरिहर सन्यास आश्रमका ब्रम्हचारी डा. नवराज पौडेलसँग गरिएको कुराकानीमा आधारित )
तस्वीरः रासस / न्युज कारखाना/ राजकुमार श्रेष्ठको फेसबुकबाट  

यो पनि पढ्नुहोस् :
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
भाइटीकाको साइत सार्वजनिक, टिकाको शुभ साइत ११ः०२ बजे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested