English

कसरी गर्ने लक्ष्मी पूजा ? यस्तो छ विधि



लक्ष्मी पूजाको रातलाई सुख रात्रि पनि भनिन्छ । सुख रात्रिमा महालक्ष्मीको पूजा आराधना गर्दा भौतिक सुखको साथसाथै आध्यामित्क सुख पनि प्राप्त हुन्छ भन्ने लोक विश्वास छ । धन लक्ष्मी, ऐश्वर्य लक्ष्मी, सन्तान लक्ष्मी, धान्य लक्ष्मीको पूजा आराधना गर्दा अज्ञानरुपी अन्धकार हटेर ज्ञान प्राप्त हुन्छ ।

लक्ष्मीको पूजा आराधना गर्नाले धन सम्पत्ती प्राप्त हुन्छ भन्ने साधारणको बुझाई छ । तर,सम्पत्ती भनेको आयु, आरोग्य, स्वास्थ्य ज्ञान सबै धन नै हो । यी सबै कुरा प्राप्त गर्नको लागि लक्ष्मी पूजा गरिन्छ ।

साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् ।

धनधान्यकी देवी लक्ष्मीको पूजा गर्नाले घरमा लक्ष्मीको बास हुने तथा सुख शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौशी, भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ ।

साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ । गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् ।

पूजा विधि
– सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्ने । यदि सिमेन्टद्धारा बनेको घर छ भने पानीले सबैतिर पुछ्नुपर्छ ।
– लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा पनि राम्रोसँग सरसफाई गरेर गणेश, सरस्वती, लक्ष्मी, श्रीयन्त्र, कुबेरयन्त्र सबैलाई पूजा गर्ने स्थानमा राख्ने ।
– त्यसपछि दीप प्रज्वलन गर्ने कलश र गणेशको पूजा गर्ने ।
– लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरुको गुरु तथा आफैं पूजा गर्ने ।
– त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङ्लोमा धान, चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्वलीत गर्नको लागि घ्यू र तेलमा बलेका दियो अगाडी राख्ने ।
– कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।

लक्ष्मी पूजा गर्दा विभिन्न विधि तथा भावले गरिन्छ । जुन भावले लक्ष्मीको पूजा गर्यो त्यही अनुसार लक्ष्मीको आर्शिवाद प्राप्त हुन्छ । लक्ष्मी माताले विधि भन्दा पनि कुन भावले पूजा गरेको त्यो हेर्नु हुन्छ । त्यसैले देखावटी रुपमा भन्दा पनि श्रद्दाले, सद्भावले जस्ले पूजा अर्चना गर्दछ । त्यसलाई नै लक्ष्मी प्राप्त हुन्छ ।

यो पनि पढ्नुहोस् :
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
भाइटीकाको साइत सार्वजनिक, टिकाको शुभ साइत ११ः०२ बजे
यमपञ्चकका ५ दिन, यस्तो छ महत्व



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested