English

हराउँदै देउसी भैलोको रौनक



खोटाङको विभिन्न ठाउँमा पछिल्लो समय देउसीभैलीको रौनक हराउँदै जान थालेको छ । विशेषगरी धर्म परिवर्तन तिव्र भएका ठाउँमा देउसीभैलीको रौनक घट्दै गएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ बाहुनीडाँडालगायत ठाउँमा करिब एक दशकयता देउसीभैलीको रौनक हराउन थालेको हो । क्रिश्चियन धर्म अपनाउने दर बढेसँगै केपिलासगढी गाउँपालिका–१ फेदी, केपिलासगढी गाउँपालिका–३ बासपानीलगायतका वडामा देउसीभैलीको रौनकमा कमी आएको स्थानीय बताउँछन् । गाउँमा क्रिश्चियन धर्ममा लाग्नेको संख्या बढ्दै गएपछि देउसीभैलीको रौनकमा असर पुगेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, दाल्फुका स्थानीय केसीराज राईले बताए ।

किराँत, हिन्दु, क्रिस्चियन र स्वर्गीकमार्गीका रुपमा स्थानीय विभाजित बन्दै भएपछि पछिल्लो समय देउसीभैली खेल्ने समूह सानो बन्दै गएको स्थानीयको भनाइ छ । क्रिश्चियतन धर्ममा लागेपछि हिन्दू वा अन्य धर्मसँग सम्वन्धित परम्परा अस्वीकार गर्ने गरिन्छ । दशकअघिसम्म तिहार अगावै नयाँ मादल बनाउने वा पुरानो मादलको तालतुना कस्ने र खरी लगाउने गरिन्थ्यो । गाउँमा दुई तीन जोर मादल तयार पारेपछि तिहार आउनुभन्दा अगाडिदेखि नै गाउँमा घन्काइन्थ्यो, विभिन्न भाका गुञ्जिन्थ्यो ।

दशकअघिसम्म तिहारमा दिनरात रामायण कथा भट्याएर देउसीभैली खेल्ने चलन थियो । देउसीभैलीका लागि रातभर अनिँदो बस्ने गरिन्थ्यो । मादल घन्काएर जुहारी गाइन्थ्यो । केटाकेटीदेखि बुढाबुढीसम्मको उत्साहजनक सहभागीता रहन्थ्यो । देउसीभैली खेल्नअघि प्रत्येक घरमा मादलको तालमा गीत गाउँदै नाचिन्थ्यो ।

लक्ष्मीपुजाको दिनबाट भैली खेल्न थालिन्थ्यो । गाउँका चेलीबेटीको नेतृत्वमा भैली खेलिन्थेँ । लक्ष्मीपूजाको रात काटेर विहान ४ बजेपछि र भालेबासेपछि ‘देउसी रे’ भन्न थालिन्थ्यो । लक्ष्मीपूजाको दिनबाट सुरू हुने देउसीभैली भाईटीकाको दोश्रो दिनसम्म जारी रहन्थ्यो । प्रत्येक घरमा दोहोर्‍याएर देउसी खेल्न पुगिन्थ्यो । तर, अहिले गाउँ नै विभिन्न धर्ममा विभाजित भएपछि तिहारको रमझममा कमी आएको दाल्फु, च्यास्मीटारका रहरमान राईले बताए । ‘एउटा त आफ्नो रितिथितिको बारेमा वास्ता नगर्दा पनि देउसीभैली पहिलाजस्तो हुन छाडेको हो,’ राईले भने, ‘देउसीभैलीका लागि रहरियामध्ये कोही क्रिश्चियन भए, कोही स्वर्गीकमार्गी भए, कोही हिन्दु रहे । देउसी खेल्ने समूह थोरै बन्दै गएपछि देउसीभैली पहिलाजस्तो रमाईलो हुन छाडेको हो । पाँच दिनसम्म देउसीभैली खेल्ने हामी नै थियौँ ।’

दशकअघिसम्म तिहारमा दिनरात रामायण कथा भट्याएर देउसीभैली खेल्ने चलन थियो । देउसीभैलीका लागि रातभर अनिँदो बस्ने गरिन्थ्यो । मादल घन्काएर जुहारी गाइन्थ्यो । केटाकेटीदेखि बुढाबुढीसम्मको उत्साहजनक सहभागीता रहन्थ्यो । देउसीभैली खेल्नअघि प्रत्येक घरमा मादलको तालमा गीत गाउँदै नाचिन्थ्यो ।

एक घरबाट अर्को घरमा जाँदा मादल बजाएर गीत गाउँदै रमाईलो गर्दै जाने गरिन्थ्यो । अहिले, मादल कम बजाइन्छ, झ्याउने भाका कम गाउने गरिन्छ । त्यसको सट्टा साउण्डबक्समा गीत बजाएर हिँड्न थालिएको छ । भैली खेल्ने प्रचलन त हराइसकेको छ । भट्याउँदा पनि रामायणजस्ता धार्मिक कथा भन्न छाडिएको छ । हिजोआज देउसी पनि भाईटिकाको दिन र अघिल्लो दिन मात्र खेल्न थालिएको छ । देउसीभैलीलाई दान स्वरुप रुपैयाँ, जाँडरक्सी, सेल रोटी र फुलफुल दक्षिणा दिने गरिन्छ । खानेकुरा सोही घरमा बाँडेर खाने प्रचलन छ ।

धर्म परिवर्तन गरेर क्रिश्चियन धर्मावलम्बी बनेका कतिपय स्थानीय पनि देउसीमा सहभागी हुन छाडेका छैनन् । उनीहरु मादल बजाउँछन्, गीत गाउँछन् र नाच्छन् तर ‘देउसी रे’ भन्दैनन् ।

यो पनि पढ्नुहोस् :
१७० कुकुरकी अन्नदाता : स्नेहा
कसरी गर्ने लक्ष्मी पूजा ? यस्तो छ विधि
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
भाइटीकाको साइत सार्वजनिक, टिकाको शुभ साइत ११ः०२ बजे
यमपञ्चकका ५ दिन, यस्तो छ महत्व
कलाकारको तिहार योजना, कसको के ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम

काठमाडौं – नायक रमेश उप्रेती र रस्ना पौडेल बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण  डान्सिङ शैलीको   ‘छाता ओढाइदेउन’ बोलको

हङकङमा संविधान दिवस धुमधामका साथ मनाइएको छ। हङहङस्थित महावाणिज्यदूतावासले आयोजना गरेको संविधान दिवस तथा शुभकामना कार्यक्रममा महावाणिज्यदूतावासका अधिकारी,विभिन्न संघसंस्थाका प्रतिनिधि,