English

यस्तो छ म्हः पूजाको महिमा, कसरी गर्ने ?



‘म्हः’ लाई नेवारी भाषामा जीउ वा शरीर भन्ने बुझिन्छ । म्हः पूजा अर्थात आफू वा स्वयम्लाई पूज्ने पर्व हो । हरेक वर्ष नेपाल संवतका दिन नेवार समुदायले म्हः पूजा गर्छन् । यो पर्व नेपालमा मनाइने नेवार समुदायको मौलिक पर्व हो । यस दिन घरको पाको व्यक्तिले बिमिरो, हलुवावेद, ओखरदेखि लिएर विभिन्न फलफूल, फूल, टिका, मैनबत्ती लगायतको प्रयोग गरेर देवीदेउतालाई पूजे जस्तै व्यक्तिलाई पुज्ने गरिन्छ ।

आफू नै सबैभन्दा सर्वश्रेष्ठ, ठूलो मानिने भएकाले र आफू रहेमा सकथोक छ नभए केही छैन, आफ्नो लागि आफू नै हो भन्ने अर्थ दिने भएकाले आफूलाई सम्मान गर्नु पर्ने धारणाले म्हः पूजा गरिन्छ । जबसम्म व्यक्तिले आफूलाई शुद्ध पवित्र गर्दैन तबसम्म उसबाट गरिएका क्रियाकलाप पवित्र नहुने मान्यताले नेवारी समुदायले नयाँवर्षको अगामनसँगै यो पूजा गर्दछन् ।

यस पर्वमा परिवारका सबै सदस्यले अनिवार्य गर्नुपर्ने हुन्छ । साना–ठूला, महिला पुरुष सबैले आफूलाई पुजा गर्नुपर्छ । जसकारणले परिवारको सद्भाव बढ्नु र एकअर्काबीचको सम्बन्ध राम्रो हुन्छ । नेवारी समुदायले हरेक पर्वमा घरमै पकाएको खाद्यान्न परिकार, मिठाईहरु प्रयोग गर्दछन् । यसैगरी म्हः पूजामा पनि चामलको पिठोको रोटी, फलफूल लगायत विभिन्न सामग्रीहरुको प्रयोग गरिन्छ ।

कसरी गरिन्छ म्हः पूजा ?

म्हः पूजा नेपालका नेवार समुदायले मात्र मान्ने मौलिक परम्परा हो । यस पर्वमा माटोले लिपेको ठाउँमा सानादेखि ठूला व्यक्तिको क्रम मिलाई बस्ने गरिन्छ । चामलको पिठोले मण्डल बनाइन्छ । मण्डलको अगाडि राखेर बसिन्छ । त्यो मण्डलमा बत्ति बालेर फूल, माला, टिका, बिमिरो, ओखर लगायतका देवीदेउतालाई पुजा गर्दा प्रयोग हुने सामाग्रीले सजाइन्छ ।

ती सबै सामानलाई माना, पाथीमा राखेर टाउकोबाट खन्याउने गरिन्छ । पूजा गरिएको सामान अर्को दिन विसर्जन गरिन्छ । बेलुकाको समयमा पूजा समापन गरेपछि परिवारसँग बसेर मिठोमसिनो खाएर पर्व मनाइन्छ । यसरी पूजा गरिए तापनि ठाउँ अनुसार पूजा गर्ने विधि र प्रयोग गर्ने सामान फरक–फरक हुन सक्छ ।

(आनन्द प्रसाद कर्माचार्यसँग गरिएको कुराकानीमा आधारित, उनी गुठी संस्थान शाखा, भक्तपुर कार्यालयका प्रमुख हुन् । )

यो पनि पढ्नुहोस् :
१७० कुकुरकी अन्नदाता : स्नेहा
कसरी गर्ने लक्ष्मी पूजा ? यस्तो छ विधि
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
भाइटीकाको साइत सार्वजनिक, टिकाको शुभ साइत ११ः०२ बजे
यमपञ्चकका ५ दिन, यस्तो छ महत्व
कलाकारको तिहार योजना, कसको के ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested