English

यस्तो छ भाईटीकाको महिमा, कसरी लगाउने ?



कार्तिक शुक्ल द्वितीया तिथिमा भाइटीका पर्छ । तिहारको अन्तिम अर्थात यमपञ्चककोे पाँचौ दिन भाईटिका हो । यस दिन दिदीबहिनीले दाजुभाईलाई र दाईभाईले दिदिबहिनीलाई सप्तरंगी टीका, फूल (सयपत्री ÷मखमली) को माला, मिष्ठान्न र एकअर्कालाई उपहार दिएर मनाउने चलन छ । यस पर्वले दाजुभाई र दिदीबहिनीबीचको सम्बन्धलाई दीगो बनाउँछ भन्ने विश्वास छ । यस वर्षको भाइटीकाको साइत कात्तिक २० गते शनिवार बिहान ११ः०२ बजे परेको छ ।

यमराजलाई मन पर्ने जीवजन्तुको पूजाआज गरि यमूनाले दाईलाई खुसी पारेकी थिइन् । बरदानमा कार्तिक शुक्ल द्वितीय तिथिमा दाई–भाईलाई टिका लगाउँदा अकालमा मृत्यु नहुने, दुःख कष्ट नपर्नेे, सुस्वास्थ्य र दीर्घायु रहने बरदान प्राप्त गरेको शास्त्रमा उल्लेख छ । सोही कारणले आजको दिन दाजुभाईलाई विधिपूर्वक पूजाअजा गरी सप्तरंगी टीका लगाइन्छ ।


छुटाउनु भयो कि ?
कसरी गर्ने लक्ष्मी पूजा ? यस्तो छ विधि

दाजुभाईले पनि दिदी–बहिनीलाई टीका लगाई दक्षिणा वा उपहार दिने गर्छन् । सप्तरंगी टिका जस्तै जीवनमा खुसीयाली छाउने कामनाका साथ टीका लगाएर खुशी बाँडिन्छ । साथै ढोकामा ओखर फुटाएमा शत्रुले प्रवेश गर्न नसक्ने र दाजुभाईका शत्रु नाश हुने जनविश्वास छ ।

– टीकाको दिन बिहानै स्नान गर्नुपर्छ ।
– सबैभन्दा पहिले दियो, कलश र गणेशको पूजा गर्नुपर्छ ।
– अष्टचिरञ्जिवी (मार्कण्डेय, व्यास, कृपाचार्य, अश्वत्थामा, पर्शुराम, बली, हनुमान, विभिषण) को पूजा गर्नुपर्छ । यी आठ पुरुषको जस्तै दाजुभाई शक्तिशाली बनुन् भनेर पूजा गरिन्छ ।
– पानी र तेलले सात घेरा हालेर दाजुभाईलाई छेक्ने र शीरमा तेल लगाई दिने गरिन्छ ।
– सप्तरंगी टीका लगाउनुपर्छ । यसरी लगाएको टीकाले दाजुभाईको दीर्घायुको कामनाका साथ दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा हुने विश्वास छ ।
– मखमली, सयपत्री फूलको माला एकअर्कालाई लगाई दिनुपर्छ । मखमलीको कहिल्यै नओइलाउने, सयपत्रीको रंग कहिल्यै जाँदैन । जसकारणले यी फूलको प्रयोग गरिन्छ ।
– दाजुभाईको मंगलको कामना गर्दै घरको ढोकामा कसैले ओखर फुटाउने गर्दछन् । ओखर फुटाउँदा दाजुभाईको शत्रु नाश हुने विश्वास छ ।
– कसै–कसैले कडा बोक्रा भएको फल दिँदा अकालमा मुत्यु नहुने, फल जस्तै जीवन कडा भइ राखोस भन्ने पनि हुन्छ ।
– दिदीबहिनीले दाजुभाईलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ ।
– टीका लगाएपछि उपहार आदान–प्रदान गरिन्छ ।
– यी कार्य सबै सकिएपछि रोटी, मिठो खाने कुरा खाएर मनाइन्छ ।

यो पनि पढ्नुहोस् :
१७० कुकुरकी अन्नदाता : स्नेहा
कसरी गर्ने लक्ष्मी पूजा ? यस्तो छ विधि
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
भाइटीकाको साइत सार्वजनिक, टिकाको शुभ साइत ११ः०२ बजे
यमपञ्चकका ५ दिन, यस्तो छ महत्व
कलाकारको तिहार योजना, कसको के ?

(प्रा.डा. गौतमसँग गरिएको कुराकानीमा आधारित ।)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested