English

महिलाले शव बोकेर घाटसम्म पुर्याए



छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै तनहुँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि उनीहरुले शव बोकेर घाटसम्म पु¥याएका हुन् । महिलाले शव बोकेर दमौलीस्थित घाटमा पुगेर दागबत्ती र दाहसंस्कार गरेका थिए ।

छोरीले शव बोक्न हुँदैन भन्ने पहिलाको एकोहोरो मान्यता तोड्न आश्रममा आबद्ध महिलाले आश्रित आमा तथा बुबाको मृत्युपश्चात् पालोपालो शव बोकेर घाटसम्म पु¥याउँदै आएको आश्रमकी अध्यक्ष सवित्रा श्रेष्ठले बताइन् । सोही आश्रममा आबद्ध महिलाले जातीय परम्पराअनुसार अन्त्येष्टिमा सघाएको उनले बताइन् ।

हालसम्म आश्रममा आश्रित पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका सबैको महिलाले नै शव बोकेर लैजाने गरेका छन् । आश्रमकी सचिव निर्मला मल्लले आफ्नो बुबा र आमाजस्तै गरी पालनपोषण गर्दै आएकोले उनीहरुलाई सन्तानले गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ भन्ने सोचेर मृत्यु पछि आलोपालो सबैले बोकेर घाटमा लैजाने गरेको बताउँछिन् ।

महिलाले कतिपय मान्छेहरु अहिले पनि समाजमा छोराले मात्रै शव बोक्नुपर्छ, काजक्रिया गर्नुपर्छ भन्ने मान्यताले छोरी मात्रै हुने घरले छोरा नखोजुन् भन्ने सकारात्मक सन्देश दिन शव बोकिएको आश्रमकी उपाध्यक्ष सकुन्तला आलेले बताइन् । सात वर्ष अघि ९० वर्षीया आइतुमाया थापाको मृत्यु भएपछि पहिलोपटक आश्रमकी अध्यक्ष श्रेष्ठलगायत आबद्ध महिलाले नै शव बोकेर घाटसम्म पु¥याएपछि त्यसैलाई निरन्तरता दिँदै आएका छन् ।

हालसम्म आश्रममा आश्रित पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका सबैको महिलाले नै शव बोकेर लैजाने गरेका छन् । आश्रमकी सचिव निर्मला मल्लले आफ्नो बुबा र आमाजस्तै गरी पालनपोषण गर्दै आएकोले उनीहरुलाई सन्तानले गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ भन्ने सोचेर मृत्यु पछि आलोपालो सबैले बोकेर घाटमा लैजाने गरेको बताउँछिन् । ‘मन्त्र जप्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ भन्ने भावाना बोकी २०७० सालमा महिलाले आफू–आफूमा चन्दा सङ्कलन गरी सहाराविहीनका लागि ज्येष्ठ नागरिको आश्रम सञ्चालन गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस् :
यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ
महिला ‘बरघर’ले चलाएको थारू समाज
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’
महिला पवित्र हुन तीजमा व्रत बस्नुपर्ने, पुरुष पवित्र हुनै नपर्ने !
साझा बसकी हर्मिता भन्छिन्– ‘नेपालमा महिला चालकको सम्मान छैन’ (भिडियोसहित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested