English

साझा बसकी हर्मिता भन्छिन्– ‘नेपालमा महिला चालकको सम्मान छैन’ (भिडियोसहित)



मोटो जिउडाल, हक्की स्वभाव तर, मिजासिली । यिनै गुणले पूर्ण छिन् साझा बसकी महिला चालक– हर्मिता श्रेष्ठ । उनले साझा बस हाँक्न थालेको ३ वर्ष बित्यो । सधैं साझा यातायातको टिसर्ट, मास्क, चश्मा लगाएर ड्राइभिङ सिट बस्ने हर्मितालाई महिला चालक भनेर जो कोहीले झट्टै चिन्दैनन् । जब थाहा पाउँछन् त्यसपछि यात्रूहरु सोचमग्न हुन्छन् ।

धुलो धुवाँलाई छिचोल्दै उनी १२ घण्टा सडकमै हुन्छिन् । यात्रुलाई सकुशल गन्तव्य स्थलमा पुर्याउने उनको दैनिक हो । त्यसो त हर्मिता एक कुशल र निष्ठवान महिला चालकको रुपमा चिनिन्छिन् ।

विगत दुई दशकदेखि ड्राइभिङ पेसमा कार्यरत हर्मिता आफूलाई यो पेसाले आनन्द दिएको बताउँछिन् । यसअघि विभिन्न संघसंस्थाको गाडी चलाएर देशका कुनाकाप्चासम्म पुगेको उनीसँग अनुभव छ ।

हर्मितालाई सानैदेखि ड्राइभिङप्रति रुचि थियो । उनको घरमै गाडी भएकाले पनि ड्राइभर बन्ने रहर बढेको उनी सुनाउँछिन् । ‘घरमा मारुती भ्यान थियो, ड्राइभरले चलाएको देख्दा मलाई पनि चलाउन रहर लाग्थ्यो,’ उनी भन्छिन्, ‘सिक्दा सिक्दै गरिखाने बाटो यसैलाई बनाएँ, अहिले खुशी छु ।’

हर्मितालाई सानैदेखि ड्राइभिङप्रति रुचि थियो । उनको घरमै गाडी भएकाले पनि ड्राइभर बन्ने रहर बढेको उनी सुनाउँछिन् । ‘घरमा मारुती भ्यान थियो, ड्राइभरले चलाएको देख्दा मलाई पनि चलाउन रहर लाग्थ्यो,’ उनी भन्छिन्, ‘सिक्दा सिक्दै गरिखाने बाटो यसैलाई बनाएँ, अहिले खुशी छु ।’

ड्राइभिङ सिकेपछि उनलाई लाइसेन्स निकाल्ने हुटहुटी भयो । काठमाडौंमै सवारी चालक अनुमति पत्रको परीक्षा फारम भरिन् । तर, परीक्षामा सफल हुन सकिनन् । उनले हार मानिन् । उनले वीरगञ्जबाट लाइसेन्सको परीक्षा फारम भरिन् । त्यहाँ एकैपटकमा उनले २०५७ सालमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) निकाल्न सफल भइन् ।

लाइसेन्स निकालेसँगै उनी युएनमा चालकमा भर्ती भइन् । यस संस्थाबाट देशका सुगम, दुर्गम सबै क्षेत्रमा जानुपथ्र्यो । ती भीर, पाखा, नदी नाला सबै छिचोल्दै उनले १६ वर्ष युएनको गाडी हाँकिन् । ‘युएनमा कार्यरत हुँदा धेरै फिल्ड जानपथ्र्यो,’ उनी भन्छिन्, ‘सवारी चालक भएर पूर्व मेची देखि पश्चिम अछाम, डडेल्धुरासम्म पुगेको छु ।’

भिडियो:

यति मात्र नभएर उनले सरकारी गाडी पनि चलाइन् । राष्ट्रिय महिला आयोगमा ९ महिनासम्म सवारी गुडाइन् । संघसंस्था र सरकारी कार्यालयका चार पाङ्ग्रे सवारी साधन गुडाएकी उनी साझा यातायातमा एक्ली महिला चालक छिन् । ‘तीन वर्षदेखि उपत्यकाभित्र सार्वजनिक सवारीसाधन साझा यातायातमा चालकको रुपमा छु,’ उनी भन्छिन्, ‘ठूलो सवारी सधान लिएर उपत्यका बाहिर गएको छैन तर जान मन छ ।’

सरकारी कार्यालय र संस्थाका साना सवारी गुडाएकी साझा यातायात जस्ता ठूला सवारी साधन चलाउने तरिका र लाग्ने नियम कानून एउटै रहेको उनको अनुभव छ । ‘चलाउने स्टाइल र पालन गर्नु पर्ने नियम उस्तै हो,’ उनी भन्छिन्, ‘त्यसैले मलाई कुनै गाह्रो भएन ।’

कुनैबेला मानवताका नाताले पनि अस्पताल छेउछाउ बिरामी ओरालिदिनुपर्ने हुन्छ । त्यतिबेला ट्राफिक प्रहरीको तिखो बचनले उनलाई बेचैन बनाउँछ । ‘कालो प्लेट चालकप्रति प्रयोग गर्ने ट्राफिक प्रहरीको शब्द सभ्य हुँदैन,’ उनी भन्छिन्, ‘यात्रुको जीवन सवारी साधन हाक्नेको मुठ्ठीमा हुन्छ तर, तिनै चालकप्रति ट्राफिकको धारणा किन नबदलिएको होला ?’ उनी प्रश्न गर्छिन् ।

हर्मिता बिहान ६ बजे साझा बस लिएर निस्किन्छिन् । बेलुका करिब ९ बजेसम्म लगनखेल देखि नयाँ बसपार्कसम्म दिनको ४ पटक ओहोरदोहोर गर्छिन् । यसरी उनले दिनमै सयौं यात्रुलाई सेवा दिइरहेकी छिन् । उनले दिएको सेवाले यात्रुहरु खुशी हुन्छन् यद्यपि, महिला चालक भनेपछि अपहेलित हुनुपरेको उनीसँग तीतो अनुभव छ ।

कुनैबेला मानवताका नाताले पनि अस्पताल छेउछाउ बिरामी ओरालिदिनुपर्ने हुन्छ । त्यतिबेला ट्राफिक प्रहरीको तिखो बचनले उनलाई बेचैन बनाउँछ । ‘कालो प्लेट चालकप्रति प्रयोग गर्ने ट्राफिक प्रहरीको शब्द सभ्य हुँदैन,’ उनी भन्छिन्, ‘यात्रुको जीवन सवारी साधन हाक्नेको मुठ्ठीमा हुन्छ तर, तिनै चालकप्रति ट्राफिकको धारणा किन नबदलिएको होला ?’ उनी प्रश्न गर्छिन् ।

नेपालमा अधिकांश चालक पुरुष छन् तर, महिलाले पनि यो पेसालाई अँगाल्न सक्ने हर्मिता बताउँछिन् । ‘ठूला वा साना सवारीसाधन पुरुषले मात्र नभएर अत्मविश्वास आँट भएमा महिलाले पनि चलाउन सक्छन्,’ उनी भन्छिन्, ‘तर महिलालाई अवसर दिनुपर्छ । म तिनै महिला दिदि बाहिनीहरुलाई हौसला मिलोस् भनेर पनि यो पेसामा छु ।’ त्यसैले नेपाल सरकारले महिला चालकलाई प्रोत्साहन गर्न तालिमको व्यवस्था मिलाउनु पर्ने उनको माग छ ।

यो पनि पढ्नुहोस् :

यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ
महिला ‘बरघर’ले चलाएको थारू समाज
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’
महिला पवित्र हुन तीजमा व्रत बस्नुपर्ने, पुरुष पवित्र हुनै नपर्ने !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र