English

यी हुन् कब्जियत हुनुको कारण, लक्षण र बच्ने उपाय



सामान्यतया कब्जियत भनेको दिसा राम्रोसँग नखुल्नु हो । वर्तमान समयमा कब्जियत सबैलाई हुने वा भइरहेको रोग हो । कब्जियत प्रायः सबै उमेरका मान्छेलाई हुन्छ । खानपान नमिल्दा र अन्य विभिन्न कारणले कब्जियत हुन्छ । कब्जियत अन्य के–के कारणले हुन्छ र यसबाट कसरी बच्ने ? लगायतका विषयमा आयुर्वेदिक चिकित्सक डा. अमृत भण्डारीको सुझाव यस्तो छ :

कारण

कब्जियत हुनुको मुख्य कारण हाम्रो असन्तुलित खानपान र जीवनशैली नै हो । साथै, समयमा खाना नखानु, मैदाबाट बनेका खानेकुरा बढी खानु, चिल्लो, पिरो, मसलेदार, तारेको खानेकुरा खानु, पानीको कमी, कसरत नगर्नु, फलफूल तथा सागपात नखानु, निद्रा नलाग्नु, चिन्ता, तनाव, दिसा रोक्नु, र ट्वाइलेटमा मोबाइल चलाएर लामो समय ट्वाइलेटमा बस्नाले पनि कब्जियतको समस्या हुन्छ ।

लक्षण

– दैनिक दिसा नलाग्नु
– दिसामा रगत देखा पर्नु
– दिसा गर्न अप्ठ्यारो हुनु
– ठीक ढंगले पेट सफा नहुनु
– दिसा गर्दा मलद्वारमा पीडा हुनु
– दिसा धेरै कडा हुनु र कम मात्रामा हुनु
– पेटमा दुखाई अनुभव हुनु

बच्ने उपाय

– दिसा आउँदा रोकेर नराख्ने
– जंकफुड नखाने
– भुटेको तारेको खानेकुरा नखाने
– मद्यपान र धूम्रपान नगर्ने
– तनाव चिन्ता नलिने
– हरियो सागपात, फलफूल प्रशस्त खाने
– रेसादार खाना खाने
– पानी प्रशस्त पिउने

यो पनि पढ्नुहोस्
यी हुन् अल्सर हुनुका कारण, कसरी बच्ने ?
आँखामा देखिने समस्याबाट कसरी बच्ने ?
यी हुन् नियमित घ्युकुमारी प्रयोग गर्नुका फाइदा
यी हुन् घाँटी खसखस गर्नुका कारण ? कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,