English

आँखामा देखिने समस्याबाट कसरी बच्ने ?



आँखा शरीरको संवेदनशिल अंग हो । पछिल्लो समय मोबाइल, टेलिभिजन, कम्प्युटर, ल्यापटप जस्ता ग्याजेट्सको प्रयोगले आममानिसमा आँखासम्बन्धि समस्या बढ्न थालेको छ । साथै, वातावरणीय प्रदूषण, अव्यस्थित सहरीकरण, धुवाँ धुलोले आँखालाई प्रत्यक्ष असर गरिरहेको हुन्छ । जसकारण आँखा पोल्ने, सुख्खा हुने, बिझाउने, दुख्ने र कमजोर हुने लगायतका थुप्रै समस्या निम्तिन सक्छ । त्यसो त यस्ता समस्याबाट आँखालाई कसरी जोगाउने ? भन्ने बारे तिलगंगा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. बेन लिम्बुको सुझाव यस्तो छ :

– साना बालबालिकादेखि वृद्धवृद्धासम्मले आँखालाई सुरक्षित राख्न सन्तुलित आहार खानुपर्छ । विशेषगरी भिटामिन ‘ए’ पाइने खानेकुरा जस्तै ः हरीयो सागसब्जी, फलफुल र माछामासु खाने ।

– व्यायाम र आँखाको स्वास्थ्य एकअर्कासँग सम्बन्धित छन् । त्यसैले सबै उमेरसमुहका व्यक्तिले नियमित व्यायाम गर्नाले पनि आँखाको समस्याबाट बच्न सकिन्छ ।

– धुलो धुवाँमा काम गर्ने व्यक्तिले आँखालाई सुरक्षित राख्न चस्माको प्रयोग गर्ने ।

– ट्राफिक प्रहरी, वाइल्डिङको काम गर्ने व्यक्ति वा अन्य कोही बाहीर धुवाँ धुलोमा काम गर्ने मानिसहरुले काम बाट फर्किएपछि सफा पानीले आँखा सफा गर्ने ।

– आँखाको वरपर मासुहरु पलाएको छ भने त्यसलाई हेल्चेक्राइँ नगरी समयमै अस्पताल गएर सम्बन्धित चिकित्सकको सल्लाह लिँदा क्यान्सर जस्ता जटिल रोगहरुबाट बच्न सकिन्छ ।

– मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल भएका व्यक्तिहरुले त्यसलाई नियन्त्रणमा राख्ने ।

– धेरै लामो समय मोबाइल तथा कम्प्युटरमा काम गर्ने व्यक्तिहरुले २० नियम लागू गर्ने । जसको अर्थ हरेक २० मिनेटको समय अवधिमा २० सेकेन्ड आराम लिई २० फिट टाढाको वस्तु हेर्ने ।

– सुतेर मोबाइल तथा ल्यापटप चलाउँदा आँखा धेरै खुल्छ । जसले आँखा सुख्खा हुन्छ । त्यसैले आँखाको लेबल भन्दा तल ग्याजेटहरु हेर्दा आँखालाई त्यति असर गर्दैन ।

– आँखा सुख्खा हुने समस्या छ भने कृतिम आँसु आईड्रपको प्रयोग गर्ने ।

– कम्प्युटरबाट निस्कने ब्लु लाइटले पनि आँखालाई असर गर्छ । त्यसैले लामो समय कम्प्युटरमा काम गर्ने व्यक्तिहरुले ब्लुकट चस्मा लगाउने ।

– सकेसम्म ६ महिनादेखि १ वर्ष भित्रमा आँखा जाँच गराउनु पर्छ । यसले आँखामा केही समस्या छ भने समयमा पत्ता लाग्छ र समयमा नै उपचार हुन्छ ।

यो पनि पढ्नुहोस् ।
यी हुन् मृगौलामा पत्थरी हुनुको कारण, कसरी बच्ने ?
यस्ता हुन्छन् दम रोगका लक्षण, कसरी बच्ने ?
यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?
उमेर नपुग्दै किन फुल्छ कपाल ? कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested