English

उमेर नपुग्दै किन फुल्छ कपाल ? कसरी बच्ने ?



उमेर पुगेपछि कपाल फुल्नु सामान्य भएपनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको छ । सेतो कपालबारे बारे विभिन्न किसिमका अन्धविश्वासहरु समाजमा छ्यापछ्याप्ती पाइन्छन् । कपाल फुल्नु सामान्य समस्या भएपनि समाजको सोचाइका कारण यसलाई जटिल समस्या मान्ने गरिन्छ । कपाल किन फुल्छ र यसबाट कसरी बच्ने भन्ने विषयमा बरिष्ठ छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा. अनिल कुमार भट्टको सुझाव यस्तो छ :

किन फुल्छ ?

कपाल फुल्नुको मुख्य कारण भनेको वंशाणुगत कारण हो जस्तै– आमा, बाबा वा हजुरबा आमाको कपाल सानैदेखि फुलेको छ भने त्यसको असर पनि सन्तानमा देखापर्छ । यीबाहेक अरू विभिन्न कारणले पनि कपाल फुल्न सक्छ । आधुनिक जीवनशैलीले गर्दा हिजोआज खानपिनको शैली पनि परिवर्तन भइरहेको छ । युवायुवती धेरै जंक फुडमा निर्भर रहन थालेका कारणले पनि चाँडै नै कपाल फुल्ने समस्या देखिन थालेको छ । विभिन्न भिटामिनहरु जस्तै भिटामिन–डी को कमी र क्याल्सियमको कमीले पनि समयभन्दा अघि कपाल फुल्छ ।

कसै–कसैलाई हाइपो थाइराइडको कारणले पनि कपाल फुल्ने समस्या हुन सक्छ । व्यस्त दिनचर्यामा हुने विभिन्न तनावका कारणले गर्दा पनि उमेर नै नपुगी धेरै जनाको कपाल फुल्ने समस्याले सताएको देखिन्छ । साथै, अत्याधिक धूम्रपानको कारणले पनि कपाल फुल्छ ।

कसरी बच्ने ?

– सन्तुलित खानपानमा ध्यान दिने
– कपाल रङ्गाउने विभिन्न रसायनयुक्त सामग्रीको प्रयोग नगर्ने
– धूम्रपान नगर्ने
– कपाललाई प्रदुषणबाट बचाउने
– हाइपो थाइराइडको कारणले पनि कपाल फुलेको हुनसक्ने भएर यस्को जाँच गर्ने र थाइराइड छ भने उपचार गर्ने
– भिटामिन र मिनरल्स जस्ता भिटामिन बी १२, आइरन, कपर, आयोडिन आदिको कमी हुन नदिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested