English

यी हुन् नियमित घ्युकुमारी प्रयोग गर्नुका फाइदा



एलोभेरालाई हामी एउटा प्राकृतिक औषधिको रुपमा चिन्छौं । यसलाई आयुर्वेदमा विभिन्न प्रकारका औषधीहरु बनाउन प्रयोग गरिन्छ । खासगरी यसले अनुहारको सुन्दरता बढाउन धेरै मद्धत गर्छ । त्यसैले यसको प्रयोग धेरै नै गर्ने गरिन्छ । यसलाई हामीले राम्रोसँग प्रयोग गर्न जान्यौ भने हामीले सुन्दरताको लागि अनावश्यक खर्च गर्नु पर्दैन । त्यसैले घ्युकुमारीको नियमित प्रयोगले अनुहारमा गर्ने फाइदाका बारेमा ब्युटिसियन कविता काफ्लेले दिएको सुझाव यस्तो छ :

चाउरीपना कम गर्छ

एलोभेरामा एन्टी अक्सिडेन्ट्स धेरै मात्रामा पाइन्छ । यसले छालामा रेशाहरुलाई राम्रोसँग सफा गर्न मद्धत गर्छ । यो एउटा प्राकृतिक एन्टी एजिंग प्रोडक्ट हो । यसले छालालाई चाउरी पर्नबाट बचाउँछ । एलोभेरा जेलको दैनिक प्रयोगले छालालाई जवान बनाइराख्छ ।

दाग धब्बालाई हटाउँछ

तपाईको अनुहारमा दाग छ भने एलोभेराको नियमित प्रयोग फाइदाजनक हुन्छ । दाग धब्बा भएको ठाउँमा एलोभेरा जेलको नियमित प्रयोगले अनुहारको कालो दाग धब्बा हटाउन मद्दत गर्न सक्छ । पोलेको दाग हटाउन पनि एलोभेरा उपयोगी हुन्छ ।

निखारताको लागि

एलोभेरा धेरै राम्रो क्लीन्जर हुन्छ । यसले छालाको माथिल्लो सतहमा कोशिकाहरुलाई राम्रोसँग सफा गर्ने काम गर्छ । त्यसैले अनुहारमा निखारता ल्याउनका लागि एलोभेराको जेल प्रयोग गर्दा छाला सफा र राम्रो हुन्छ ।

छालालाई चम्किलो बनाउन

एलोभेराले छालालाई पोषण दिने काम गर्दछ । यो एकदमै राम्रो मोस्चराइजर हो । कुनैपनि किसिमको छाला भएको मानिसले यसको प्रयोग गर्न सक्छन् । यसमा भएको मोस्चराइजरले छालालाई पोषण दिन्छ र चम्किलो बनाउँछ ।

कपाल चमकदार र स्वस्थ बनाउन

छालालाई मात्र होइन एलोभेराले कपाललाई पनि धेरै फाइदा गर्छ । एलोभेराको जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ । एलोभेरा जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चमकदार र स्वस्थ हुन्छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested