English

यी हुन् नियमित घ्युकुमारी प्रयोग गर्नुका फाइदा



एलोभेरालाई हामी एउटा प्राकृतिक औषधिको रुपमा चिन्छौं । यसलाई आयुर्वेदमा विभिन्न प्रकारका औषधीहरु बनाउन प्रयोग गरिन्छ । खासगरी यसले अनुहारको सुन्दरता बढाउन धेरै मद्धत गर्छ । त्यसैले यसको प्रयोग धेरै नै गर्ने गरिन्छ । यसलाई हामीले राम्रोसँग प्रयोग गर्न जान्यौ भने हामीले सुन्दरताको लागि अनावश्यक खर्च गर्नु पर्दैन । त्यसैले घ्युकुमारीको नियमित प्रयोगले अनुहारमा गर्ने फाइदाका बारेमा ब्युटिसियन कविता काफ्लेले दिएको सुझाव यस्तो छ :

चाउरीपना कम गर्छ

एलोभेरामा एन्टी अक्सिडेन्ट्स धेरै मात्रामा पाइन्छ । यसले छालामा रेशाहरुलाई राम्रोसँग सफा गर्न मद्धत गर्छ । यो एउटा प्राकृतिक एन्टी एजिंग प्रोडक्ट हो । यसले छालालाई चाउरी पर्नबाट बचाउँछ । एलोभेरा जेलको दैनिक प्रयोगले छालालाई जवान बनाइराख्छ ।

दाग धब्बालाई हटाउँछ

तपाईको अनुहारमा दाग छ भने एलोभेराको नियमित प्रयोग फाइदाजनक हुन्छ । दाग धब्बा भएको ठाउँमा एलोभेरा जेलको नियमित प्रयोगले अनुहारको कालो दाग धब्बा हटाउन मद्दत गर्न सक्छ । पोलेको दाग हटाउन पनि एलोभेरा उपयोगी हुन्छ ।

निखारताको लागि

एलोभेरा धेरै राम्रो क्लीन्जर हुन्छ । यसले छालाको माथिल्लो सतहमा कोशिकाहरुलाई राम्रोसँग सफा गर्ने काम गर्छ । त्यसैले अनुहारमा निखारता ल्याउनका लागि एलोभेराको जेल प्रयोग गर्दा छाला सफा र राम्रो हुन्छ ।

छालालाई चम्किलो बनाउन

एलोभेराले छालालाई पोषण दिने काम गर्दछ । यो एकदमै राम्रो मोस्चराइजर हो । कुनैपनि किसिमको छाला भएको मानिसले यसको प्रयोग गर्न सक्छन् । यसमा भएको मोस्चराइजरले छालालाई पोषण दिन्छ र चम्किलो बनाउँछ ।

कपाल चमकदार र स्वस्थ बनाउन

छालालाई मात्र होइन एलोभेराले कपाललाई पनि धेरै फाइदा गर्छ । एलोभेराको जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ । एलोभेरा जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चमकदार र स्वस्थ हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

Latest










Popular
Suggested