English

यी हुन् अल्सर हुनुका कारण, कसरी बच्ने ?



अल्सरलाई मानिसहरुले सामान्य रुपमा लिने गरेका छन् । तर, यो गम्भीर रोग हो । समयमै सचेत नहुँदा यो घातक हुन सक्छ । अल्सरकै कारण धेरै क्यान्सरको शिकार पनि हुन्छन् । ग्रामीण क्षेत्रमा यो रोगका बिरामीको संख्या बढी रहेको चिकित्सकहरु बताउँछन् । अझै सहरी क्षेत्रको अस्वस्थ खानपान र आरामदायी जीवनशैलीका कारण यो रोग दिन प्रतिदिन बढ्दो छ । त्यसैले अल्सर हुनुका अन्य कारणहरु के के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? भन्नेबारे ग्यास्ट्रोइन्टेरेलोजिष्ट प्रा.डा.सुनिल कुमार शर्मा ढकालको सुझाव यस्तो छ ः

किन हुन्छ अल्सर ?

पाइलोरी जिवाणु संक्रमणलाई अल्सरको प्रमुख कारणको रुपमा लिइन्छ । यो जिवाणु खाने नली र पाकाशयको एनट्रममा धेरै बसेको हुन्छ । यो दुषित खाना, पानी आदिबाट मानिसमा सर्छ । ग्याँस्ट्रिक बिग्रिएर अल्सर हुन्छ भन्ने धेरैको भ्रम पाइन्छ । तर, त्यस्तो होइन । कोही कोही मान्छेलाई सिधै अल्सर पनि हुनसक्छ । कसैलाई जीवनभर ग्याँस्ट्राइटिसको समस्या भएर पनि अल्सर नहुन सक्छ ।

कतिपय व्यक्तिमा एचपाइलोरी संक्रमण हुँदैमा अल्सर भएको हुँदैन । तर, एचपाइलोरी भएका व्यक्तिमा अल्सर हुने संभावना धेरै हुन्छ । धेरै चुरोटको सेवन, तनाव, व्यायाम नगर्ने व्यक्तिलाई अल्सर हुने सम्भावना हुन्छ ।

कसरी बच्ने ?

– अत्यधिक तातो, चिसो खानाबाट टाढै बस्ने

– नुन धेरै भएको खाना कम खाने

– पोलेको खानेकुरा र डढेको खानेकुरा नखाने

– खाना एकैपटकमा धेरै नखाने, थोरै थोरै बारम्बार खाइरहने

– तातो खाना छिटो छिटो नखाने

– धेरै बेर भोको नबस्ने

– मानसिक तनाव र चिन्ता नलिने

– दुखाई कम गर्ने औषधि आफूखुशी नखाने

– चुरोट र मदिरा सेवन नगर्ने

– पानीलाई शुद्धिकरण गरेर मात्र पिउने

– समस्या बढ्यो भने हेल्चेक्राई गरेर नबस्ने तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिने



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested