पाँच वर्षमुनिका बालबालिकामा रोगको संक्रमण बढ्यो



बाजुरामा पछिल्लो समयमा बालबालिकामा विभिन्न रोगको संक्रमण बढ्न थालेको छ । बुधबार जिल्ला अस्पताल बाजुराले पत्रकारसँगको अन्तरक्रियामा पछिल्लो चार वर्षयता बालबालिकामा निमोनिया, झाडापखालालगायतका रोगको संक्रमण बढेको अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले बताए ।

उनले पछिल्लो दुई सातामा ३७ बालबालिकालाई कोरोनासँग मिल्ने रोगको सङ्क्रमणले बढी प्रभावित बनाएको र अस्पतालमा उपचारमा गराउनेको संख्या बढेको बताए । यही साउन १५ गते यता अस्पतालमा ३७ बालबालिका निमोनियालगायतका रोगले ग्रस्त भई उपचारमा आएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बालबालिकामा श्वासप्रश्वासमा समस्या आउने, झाडापखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखा परेको भन्दै नयाँ भेरियन्टको डेल्टा नामक कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो भएकाले बालबालिका बढी प्रभावित बनेको बताए ।

मौसमी संक्रमण हो वा भाइरल ज्वरो हो भन्ने यकिनका लागि परीक्षण गर्न केन्द्रीय प्रयोगशाला पठाइएको कोभिड–१९ सूचना अधिकारी चूडामणि पन्तले बताए । कोरोना लक्षणसँग मिल्ने हुँदा एन्टिजेन जाँच गर्दा नेगेटिभ देखाए पनि ज्वरोको सक्रमण मात्र हो भन्ने अवस्था नरहेको अस्पतालका कोभिड–१९ सूचना अधिकारी पन्तले बताए ।

एकाएक सबै पाँच वर्षमुनिका बालबालिकामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । जिल्लामा विगत चार वर्षको तुलनामा यो वर्ष सबैभन्दा डरलाग्दो संक्रमण पहिलोपटक देखिएको कार्यालय प्रमुख डा जोशीको भनाइ छ ।

भर्ना भएकामध्ये ३० जना निको भएर घर फर्किएका छन् भने छ जनाको अझै उपचार भइरहेको छ । एक जनालाई थप उपचारका लागि रिफर गरिएको छ । भर्ना भएकामध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको अस्पतालका कार्यालय प्रमुख डा जोशीले बताए । उपचारका लागि भर्ना भएकामध्ये अधिकांशमा ज्वरो, निमोनिया, श्वासप्रश्वास र पखालाको सङ्क्रमण देखिएको छ । तीमध्ये केहीलाई अक्सिजनको सहारामा उपचार गर्नुपरेको छ ।

मौसमी संक्रमण हो वा भाइरल ज्वरो हो भन्ने यकिनका लागि परीक्षण गर्न केन्द्रीय प्रयोगशाला पठाइएको कोभिड–१९ सूचना अधिकारी चूडामणि पन्तले बताए । कोरोना लक्षणसँग मिल्ने हुँदा एन्टिजेन जाँच गर्दा नेगेटिभ देखाए पनि ज्वरोको सक्रमण मात्र हो भन्ने अवस्था नरहेको अस्पतालका कोभिड–१९ सूचना अधिकारी पन्तले बताए । स्वास्थ्यकर्मीले कोरोनाको तेस्रो लहर हुनसक्ने अनुमानसहित थप जाँचको आवश्यकता देखिएको बताएका छन् ।

पाँच वर्षभन्दा कम उमेर समूहका अधिकांशका एकाएक एकै प्रकारको संक्रमण र लक्षणको समस्या देखिनु सामान्य नहुने भएकाले घर परिवारले ख्याल गर्नुपर्ने अस्पतालले जनाएको छ । सामान्य लक्षण देखिनेलगत्तै उपचारका लागि ल्याउनुपर्ने र खानपान, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

यो पनि पढ्नुहोस् ।
बालबालिकालाई तेस्रो लहरको संक्रमणबाट जोगाउन के छ सरकारको पूर्व तयारी ?
यस्ता हुन्छन् बालबालिकामा हुने हर्नियाका लक्षण, कसरी थाहा पाउने ?
यसकारण आउँछ बालबालिकालाई ज्वरो, कसरी जोगाउने ?
निषेधाज्ञामा बालबालिका : जोखिम र अवसर दुवै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल साफ च्याम्पियनसिप फुटबलको इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको छ । माल्दिभ्समा जारी १३ औं संस्करणको उपाधिका लागि आज (शनिबार)

पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले

विजयादशमीको १०औँ दिनको अवसरमा एकैसाथ लंका दहन, रावण,मेघथान र कुम्भकरणको वध गरिएको छ । राजा जनकले मिथिला राज्यको राजधानी जनकपुरधामामा शुक्रबार

डा. विकास पौडेल, छाला, यौन रोग तथा सौन्दर्य विशेषज्ञ छाला सौन्दर्यसँग जोडिएको प्रमुख अंग हो । छालामा लाग्ने विभिन्न रोगका