English

यसकारण आउँछ बालबालिकालाई ज्वरो, कसरी जोगाउने ?



सामान्यतया बालबालिकामा विभिन्न खाले रोगले दुःख दिइरहेको हुन्छ । त्यसैमध्येको एक हो– ज्वरो । शरीरमा कुनै भाइरल इन्फेक्सन वा ब्याक्टेरियल इन्फेक्सनका कारण बालबालिकालाई ज्वरो आउने चिकित्सकहरु बताउँछन् । त्यसैले बालबालिकालाई ज्वरो आउँदा अभिभावकले विशेष ख्याल गर्नुपर्छ । तिनै ख्याल गर्नुपर्ने कुराहरुका बारमा बाल रोग विशेषज्ञ डा. अनिलराज ओझाले दिएको सुझाव यस्तो छ :

ज्वरो आउनुको कारण

बाबालिकालाई ज्वरो मुख्य दुई कारणले आउने गर्छ । ब्याक्टेरियल इन्फेक्सन र भाइरल इन्फेक्सन । ब्याक्टेरियल इन्फेक्सनमा निमोनिया, टाइफाइट पर्छन् भने भाइरल इन्फेक्सनमा रुघा, खोकीका कारण पनि ज्वरो आउँछ । अहिलेको अवस्थामा कोभिड–१९ को कारणले पनि ज्वरो आएको हुन सक्छ । त्यस्तै, मलेरिया, कालाजारको संक्रमणले पनि ज्वरो आउँछ ।

कसरी जोगाउने ?

– बालबालिकाको व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने ।

– प्रशस्त आराम गराउने ।

– उनीहरुलाई बेलाबेलामा साबुन पानीले हात धुन सिकाउने ।

– खोक्दा हाछ्युँ गर्दा रुमालको प्रयोग गर्न लगाउने ।

– पोषणयुक्त खानेकुरा प्रशस्त खुवाउने ।

– खानामा प्रशस्त हरियो सागसब्जि समावेश गराउने ।

– बालबालिकालाई दिनु पर्ने सम्पुर्ण खोप दिने ।

– लगातार ज्वरो आइरह्यो भने अस्पताल लैजाने ।

– चिकित्सकको सल्लाह अनुसार औषधि खुवाउने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested