English

निषेधाज्ञामा बालबालिका : जोखिम र अवसर दुवै



नेपाल यतिबेला बन्दाबन्दीको अवस्थामा छ । यसको प्रत्यक्ष मारमा स्कुले बालबालिका परेका छन् । कोरोनाको पहिलो छालमा बन्द भएका स्कुल/कलेजहरु माघबाट पूर्ण रुपमा सूचारु भए । तर, कोरोनाको दोस्रो लहरसँगै देशभरका विद्यालयहरु पुनः बन्द हुन पुगे ।

यस्तो अवस्थामा बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा अभिभावकले विशेष ध्यान दिनुपर्ने बालरोग विशेषज्ञ डा. प्रशान्त रिजाल बताउँछन् ।

अहिले फैलिरहेको कोरोनाको नयाँ प्रजातिले युवा तथा बालबालिकामा तीव्र गतिमा फैलिरहेको छ । त्यसो त विद्यालय बन्द भएसँगै अधिकांश निजी तथा सरकारी विद्यालयहरुले अनलाइन प्रविधिबाट पठनपाठन गराइरहेका छन् । यद्यपि, कतिपय विद्यालयले भने त्यो पनि सुरु गर्न सकेका छैनन् । त्यसैले अनलाइन कक्षा अझै पनि प्रभावकारी हुन नसकेको अभिभावकहरुको गुनासो छ ।

यतिबेला बालबालिकाहरु घरभित्रै कसरी समय बिताइरहेका छन् ? यस्तो अवस्थामा बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा अभिभावकले विशेष ध्यान दिनुपर्ने बालरोग विशेषज्ञ डा. प्रशान्त रिजाल बताउँछन् ।

‘अहिले बालबालिकाहरु स्कुल जान पाएका छैनन् । स्कुलमा उनीहरु साथीसँग खेल्ने रमाउने, कुराकानी गर्थे तर अहिले उनीहरुको दैनिकीमा परिवर्तन आएको छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा उनीहरुले एक्लो महशुस गर्न सक्छन् । अभिभावकले आफ्ना छोराछोरीको विशेष हेरविचार गर्नुपर्छ ।’

के भन्छन् अभिभावक ?

अनलाइन कक्षाले बच्चाहरुको सुन्ने क्षमता मात्र सुदृढ बनाउँदो रहेछ,’ उनले भनिन्, ‘लेख्ने तथा पढ्ने कुरामा उनीहरु पछि परिरहेका छन् ।

चुनिखेल बस्ने बबिता दाहालले आफ्ना २ छोरीलाई यस्तो बेला घरभित्रै व्यावहारिक सीपमा सिकाइरहेकी छिन् । ‘खाना पकाउने, घरको सरसफाई गर्ने तथा व्यक्तिगत सरसफाइको बारेमा सिकाउने मौका पाएको छु,’ उनले भनिन्, ‘मेरो नानीहरुलाई पहिले पढाई बाहेक अरु केही गर्न आउँदैन थियो, अहिले खाना बनाउन जान्ने भएका छन् साथै घरमा आएका पाहुनालाई आदर सत्कार गर्ने बानीको विकास भएको छ ।’

यस्तो बेलामा सञ्चालन भएको अनलाइन कक्षाले विद्यार्थीलाई बोझ थपेको उनको अनुभव छ । ‘अनलाइन कक्षाले बच्चाहरुको सुन्ने क्षमता मात्र सुदृढ बनाउँदो रहेछ,’ उनले भनिन्, ‘लेख्ने तथा पढ्ने कुरामा उनीहरु पछि परिरहेका छन् ।’

त्यसैगरी, सुकेधाराका रामप्रसाद लुईटेल बालबालिकालाई घरभित्रै राख्दा उनीहरुमा मोटोपना, अल्छीपना लगायतका समस्या देखिएको बताउँछन् । ‘निषेधाज्ञामा विद्यालय बन्द हुँदा बालबालिकालाई ठूलो असर परेको छ,’ उनले भने, ‘स्कुल लाग्दा एक किसिमको आनन्द महसुस हुन्थ्यो । घरमा बस्दा बेला–बेलामा भोक लाग्यो भन्छन् । एकै ठाउँमा बसिरहेर हिँडडुल नगर्दा खाना पच्न पाउँदैन त्यसैले मोटाउने समस्या भएको छ ।’

घरमै बस्दा बालबालिकामा टेलिभिजन र मोवाइलको अत्याधिक प्रयोग गर्ने लत बसेको छ । यद्यपि उनीहरुको रूचीको विषयहरु (नृत्य, गायन, चित्रकला) मा भने समय दिन पाएको लुईटेल बताउँछन् ।
‘कामको व्यस्तताका कारण बच्चाहरुलाई समय दिन पाएइएको थिएन,’ उनले भने, ‘अहिले उनीहरुको पढाई कस्तो छ ? अन्य के–के कुरामा रुची छ ? भन्ने कुराहरु अहिले बुझ्न पाएको छु ।’

अभिभावकले आफ्ना छोराछोरीलाई घरबाहिर जान नदिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने पौष्टिक आहार दिने, व्यायाम गराउने, घरको कामहरु सिकाउने लगायतका काम गरेर उनीहरुलाई व्यस्त गराउन सकिने डा. रिजाल बताउँछन् ।

मनमैजु बस्ने किरण अधिकारीका ६ वर्षीय छोरा छन् । अहिले निषधाज्ञामा बालबालिकाको बानी व्यवहारमा परिवर्तन आएको उनी बताउँछन् । ‘घरमा बस्दा बच्चाहरुको बानी बिग्रिएको छ,’ उनले भने, ‘विद्यालय जाँदा केही समय भएपनि व्यस्त हुन्थे, अहिले विद्यालय बन्द भएका कारण मोवाइलमा धेरै समय बिताउन चाहन्छन् ।’

डाक्टरको सुझाव

यतिबेला बालबालिका घरभित्रै हुँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुन सक्ने चिकित्सकहरु बताउँछन् । घरभित्रै बसिरहँदा बालबालिकाले एक्लो महशुस गर्ने हुँदा भर्चुअलमार्फत भएपनि साथीहरुसँग कुराकानी गर्ने वातावरण बनाइदिनु पर्ने बाल रोग विशेषज्ञ डा. प्रशान्त रिजाल बताउँछन् । यतिमात्र होइन बालबालिकाहरु कोरोना संक्रमणका विभिन्न समाचारबाट त्रसित भइरहेका हुनसक्छन् ।

त्यस्तो अवस्थामा उनीहरुलाई आश्वासन दिने र आत्मबल बढाउने क्रियाकलाप गर्न उनको सुझाव छ । अहिले धेरै बालबालिका संक्रमित भइरहेका छन् । त्यसैले अभिभावकले आफ्ना छोराछोरीलाई घरबाहिर जान नदिने, रोग प्रतिरोधात्मक क्षमता बढाउने पौष्टिक आहार दिने, व्यायाम गराउने, घरको कामहरु सिकाउने लगायतका काम गरेर उनीहरुलाई व्यस्त गराउन सकिने डा. रिजाल बताउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली