English

यस्ता हुन्छन् बालबालिकामा हुने हर्नियाका लक्षण, कसरी थाहा पाउने ?



हर्निया पेटमा मात्र हैन शरीरका जुनसुकै ठाउँमा हुन सक्छ । शरीरको कुनै अंग जहाँ हुनुपर्ने हो त्यो ठाउँमा नभएर बाहिर निस्कन्छ भने त्यसलाई हर्निया भनिन्छ । यो समस्या ठूला व्यक्तिमा मात्र हैन बालबालिकामामा पनि देखिन्छ । सामान्यतया बालबालिकामा पेटको तल्लो भाग अथवा जाङमा डल्लो बाहिर निस्कने समस्या पनि हर्निया हो । यसलाई मेडिकल भाषामा कन्जेनिटल इङ्ग्युनल हर्निया भनिन्छ ।

कतिपय बालबालिकामा यो समस्या जन्मजात हुन्छ भने कसैमा जन्मिएपछि देखिन्छ । विशेषगरी समय नपुगी जन्मिएका बालबालिकामा यस्तो समस्या देखिन सक्छ । त्यसलाई समयमै पहिचान गरियो भने यसको सफल उपचार हुन्छ तर, हेलचेक्राइँ गर्दा यसले ठूलो असर गर्न सक्छ । त्यसैले बालबालिकामा देखिने हर्नियाका लक्षण र यसको उपचारका बारेमा बाल शल्य चिकित्सक डा. रितेश श्रेष्ठको सुझाव यस्तो छ :

कारण

कुनै पनि बालबालिका ३७ हप्ता भन्दा पहिले जन्मन्छन् भने त्यस्ता बालबालिकामा हर्नियाको जोखिम उच्च हुन्छ । छोराको हकमा अण्डा पेटभित्रबाट अण्डकोषमा आउनका लागि साधारणतया ३५ हप्ता लाग्छ । सो समयभन्दा अघि बच्चा जन्मिएमा अण्डा अण्डकोषमा नपुगी बीचमै अड्किन सक्छ । यसले पनि हर्नियाको समस्या निम्त्याउन सक्छ ।

हर्नियाको लक्षण

बच्चा रुँदा, खोक्दा, हाछ्युँ गर्दा अथवा केही सामान उठाउँदा पेटको तल्लो भागमा केही डल्लो बाहिर देखिन्छ भने त्यो हर्नियाको लक्षण हुन सक्छ । यस्ता लक्षण देखिएमा अल्ट्रासाउन्ड गर्नु पर्दछ । अल्ट्रासाउन्डबाट हर्नियाको पत्ता लाग्यो भने चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गर्नुपर्छ ।

इङ्ग्युनल हर्नियाको चरण

मुख्यतया इङ्ग्युनल हर्निया तीन चरणमा हुने गर्छ । रिड्युसेबल, इररिड्युसेबल र स्ट्रयाङगुलेटेड । रिड्युसेबल हर्नियाको सुरुको चरण हो । यसमा मांसपेशी बाहिर आउने र भित्र जाने गर्छ । यो समयमा शल्यक्रिया गर्दा थप जोखिमबाट बालबालिकालाई बचाउन सकिन्छ ।

इररिड्युसेबल र स्ट्रयाङगुलेटेड भएर अस्पताल पुगेको खण्डमा आकस्मिक शल्यक्रिया गर्नुपर्ने हुन्छ । यो शल्यक्रियाको जोखिम पनि धेरै हुन्छ । स्ट्रयाङगुलेटेड भएको खण्डमा आन्द्रा काटेर जोड्नु पर्ने अवस्था समेत आउन सक्छ । त्यसैले बालबालिकामा हर्नियाको लक्षण देखिने बित्तिकै चिकित्सकको सल्लाह लिन आवश्यक छ ।

उपचार

धेरै मानिसहरु शरीरमा हर्नियाका लक्षण देखिएता पनि त्यसलाई बेवास्ता गर्छन् । जसले भविष्यमा गम्भीर स्थिति उत्पन्न गर्छ । यदि तपाईंले आफ्ना बालबालिकामा माथिका लक्षणहरु देख्नु भयो भने तुरुन्त चिकित्सकलाई होला । त्यसो भएमा समयमै उपचार हुन्छ । हर्नियाको उपचार शल्यक्रियाबाट मात्रै सम्भव भएकोले ढिलाई गर्नु हुन्न । यसको आकार ठूलो हुँदै गएपछि झन् जटिलता हुन सक्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested