English

कक्षा ११ मा कुन–कुन विषय पढाई हुन्छ ? विद्यार्थीले कसरी छान्ने ? यस्तो छ विज्ञको सुझाव



गत हप्ता एसईई परीक्षाको नतिजा सार्वजनिक भयो । यो सँगै देशभरका माविहरुले कक्षा ११ को भर्ना अभियान सञ्चालन गरिसकेका छन् । यद्यपि, गतवर्षबाट कक्षा ११ मा संकाय छैन । कक्षा ११ र १२ लाई पनि विद्यालय तहकै शिक्षामा रुपान्तरण गरिएको छ । त्यसैले कक्षा ११ मा भर्ना हुँदा विषय छनोटमा विशेष ध्यान दिइनुपर्ने शिक्षाविद्हरुको सुझाव छ । अहिले विषय छनोटमा ध्यान नदिए उच्च शिक्षामा कुन संकाय पढ्ने अथवा के पढ्ने भन्ने कुरामा ठूलो समस्या आउँछ । गतवर्षबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू भएको छ । जसमा साधारण, प्राविधिक र परम्परागत शिक्षामा आधारित विषय रहेको राष्ट्रिय परीक्षा बोर्ड, बागमती प्रदेशकी प्रमुख जयन्ती सत्याल बताउँछिन् ।

साधारण अन्तर्गत कुन–कुन विषय ?
नयाँ पाठ्यक्रममा जिपिएबाट मूल्याङ्कन हुने भएकाले साधारण शिक्षामा कक्षा ११ र १२ को क्रेडिट आवरमा पढाई हुने सत्यालले जानकारी दिइन् । विद्यार्थीले कक्षा ११ मा ८ सय ६४ घण्टामा २७ क्रेडिट आवर पढ्नुपर्छ भने कक्षा १२ मा पनि यही नै पढ्नु पर्ने हुन्छ । कक्षा ११ र १२ मा ६ वटा विषय पढ्नु पर्छ । जसमा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित अनिवार्य विषय हुन् । यी बाहेक अन्य तीनवटा ऐच्छिक विषय छनोट गर्नुपर्ने हुन्छ । यसका साथै विद्यार्थीले चौथो ऐच्छिक विषय पनि थप गरि पढ्न पाउँनेछन् ।

निजी विद्यालयले विद्यार्थीलाई आकर्षण गर्नका लागि ठुला–ठुला ब्यानरको प्रयोग गरेर प्रचार–प्रसार गर्दछन् । यस्तो शिक्षालाई ब्यानरस् एजुकेशन भनिन्छ । अभिभावक र विद्यार्थी विज्ञापनमा धेरै भर पर्नु हुदैन । यस्ता विद्यालयको वास्तविकता के हो ? बुझ्न जरुरी हुन्छ । साधारण विद्यालय र शिक्षालयबाट पनि उच्च किसिमको शिक्षा प्राप्त गर्न सकिन्छ ।

पहिलो ऐच्छिकमा छनोट गर्न पाइने विषय
पहिलो ऐच्छिकमा भौतिक विज्ञान, लेखाविधि, ग्रामीण विकास, विधिशास्त्र र कानुनी सिद्धान्त, चित्रकला, बालविकास र सिकाई, मनोविज्ञान, इतिहास, लैङ्गिक अध्ययन, अतिथि सत्कार व्यवस्थापन, बाली विज्ञान, प्राकृति चिकित्सा, मानमूल्य लगायतका विषय रहेका छन् ।

दोस्रो ऐच्छिकमा छनौट गर्न पाइने विषय
जीव विज्ञान, शिक्षा र विकास, भूगोल, कार्यविधि कानुन, समाजशास्त्र, आयुर्वेद, व्यवसाय अध्ययन, भाषा विज्ञान, राजनिति शास्त्र, दर्शनशास्त्र, जनसंख्या अध्ययन, वागवानी (फलफूल, तरकारी,पुष्प र च्याउ खेती), खाद्य र पोषण, नृत्य, कला इतिहास रहेका छन् ।

तेस्रो ऐच्छिकमा छनौट गर्ने विषय
रसायन विज्ञान, अर्थशास्त्र, पर्यटन र पर्वतारोहण अध्ययन, बजारशास्त्र, बुढ्यौली तथा स्याहार शिक्षा, योग, वाद्यवादन, सिलाई तथा बुनाई, संवैधानिक कानुन, पाककला, संस्कृति, फेसन डिजाइनिङ, सिनेमा तथा डकुमेन्ट्री, पशुपालन–पन्छीपालन र माछापालन, नेपाली, अंग्रेजी, मैथिली, नेवारी, हिन्दी, चिनियाँ, जर्मन, जापानिज, कोरियन, उर्दु, भोजपुरी, फ्रेन्च, हिब्रु, अरेबिक, संस्कृत र प्रायोगिक कला रहेका छन् ।

चौथौ ऐच्छिकमा छनौट गर्न पाइने विषय
गणित, प्रायोगिक गणित, वाणिज्य गणित, मानव अधिकार, पुस्तकालय तथा सूचना विज्ञान, गृह विज्ञान, वातावरण विज्ञान, साधारण कानुन, वित्तशास्त्र, सहकारी व्यवस्थापन, बौद्ध अध्ययन, मूर्तिकला, गायन, कम्प्युटर विज्ञान, रेसम खेती र मौरीपालन, सौन्दर्यकला र केसकला, औषधिजन्य जडीबुटी, प्लम्बिङ र वाइरिङ, आन्तरिक सजावट, होटल व्यवस्थापन, आमसञ्चार, स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकुद विज्ञान र सामाजिक अध्ययन तथा जीवनोपयोगि शिक्षा रहेका छन् ।

कानुन सम्बन्धि आधारभूत सबै ज्ञान प्राप्त गर्नुका साथै कक्षा १२ पासपछि अधिवक्ताको लाइसेन्स लिन पाइन्छ । लाइसेन्सपछि उच्च अदालतसम्मको वकालतको अभ्यास गर्न सकिन्छ । यसरी अभ्यास गर्दा कानुनी ज्ञान बढ्नुका साथै जागिरको अवसर बढ्छ र आर्थिक संकट पनि कम हुन्छ । यो विषय पढेर कानुनी पत्रकार, प्रहरी प्रशासन लगायतका क्षेत्रमा जागिरको राम्रो अवसर हुन्छ । कानुन विषय अध्ययन गरेका जागरुक पनि हुन्छन् ।

कक्षा ११ मा के पढ्ने ? यस्तो छ विज्ञको सुझाव

डा.बाबुराम अधिकारी, शिक्षाविद्
अभिभावकले विद्यार्थीको रुची विपरित र विद्यार्थीले पनि अभिभावकको कुरा नसुनी मनलाग्दी विषय र विद्यालय छनौट गर्न हुँदैन । सबैभन्दा पहिला विद्यार्थीको रुची केमा छ ? अभिभावकले बुझ्नुपर्छ र सोही अनुसार अभिभावकले विषय छनौट गर्ने अवसर विद्यार्थीलाई दिनुपर्छ ।

निजी विद्यालयले विद्यार्थीलाई आकर्षण गर्नका लागि ठुला–ठुला ब्यानरको प्रयोग गरेर प्रचार–प्रसार गर्दछन् । यस्तो शिक्षालाई ब्यानरस् एजुकेशन भनिन्छ । अभिभावक र विद्यार्थी विज्ञापनमा धेरै भर पर्नु हुदैन । यस्ता विद्यालयको वास्तविकता के हो ? बुझ्न जरुरी हुन्छ । साधारण विद्यालय र शिक्षालयबाट पनि उच्च किसिमको शिक्षा प्राप्त गर्न सकिन्छ ।

पछिल्लो समयमा अङ्ग्रेजी भाषाको ट्रेण्ड चलेको छ । भाषाको आधारमा विद्यालयको छनौट गर्नु आममानिसको मानसिकता छ । यस्तो मानसिकताबाट अभिभावक र विद्यार्थी मुक्त हुनुपर्छ । अहिलेको जमाना विज्ञान र प्रविधिको छ । हालको परिस्थितिमा प्रविधिमैत्री शिक्षा नभएमा विश्वव्यापी रुपमा जान सकिँदैन जसकारण अभिभावक र विद्यार्थीले प्रविधिमैत्री विद्यालयको छनोट गर्नुपर्छ । अबको शिक्षा पढ्ने नभएर सिक्ने भएकाले शिक्षक, अभिभावक र विद्यार्थीले पढ्नु भन्दा सिक्नमा जोड दिनुपर्छ ।

गिता चौधरी, अभिवक्ता
भविष्यमा राम्रो अभिवक्ता बन्ने वा कानून विषयमा नै आफ्नो करिअर बनाउने विद्यार्थीले एसईई पछि कानुन विषय छनोट गर्न सक्छन् । कानुन सम्बन्धि आधारभूत सबै ज्ञान प्राप्त गर्नुका साथै कक्षा १२ पासपछि अभिवक्ताको लाइसेन्स लिन पाइन्छ ।

लाइसेन्सपछि उच्च अदालतसम्मको वकालतको अभ्यास गर्न सकिन्छ । यसरी अभ्यास गर्दा कानुनी ज्ञान बढ्नुका साथै जागिरको अवसर बढ्छ र आर्थिक संकट पनि कम हुन्छ । यो विषय पढेर कानुनी पत्रकार, प्रहरी प्रशासन लगायतका क्षेत्रमा जागिरको राम्रो अवसर हुन्छ । कानुन विषय अध्ययन गरेका जागरुक पनि हुन्छन् ।

प्रा.डा.केदार नाथ घिमिरे, रसायनशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय
सामान्य ज्ञानका लागि विज्ञान विषय संसारभर नै आधारभूत शिक्षाको रुपमा राखिएको छ । माध्यमिक तहसम्म विज्ञान विषयको आधारभूत शिक्षा विश्वव्यापी मान्यता दिइएको छ । विज्ञान जस्तोसुकै विषयको व्यवस्थित अध्ययनका लागि राम्रो जग हो । यो विषयबाट डाक्टर, इन्जिनियर, कृषि जस्ता पेसामा भविष्य बनाउनका लागि एसईई पछि विज्ञान विषय छनोट गर्न सक्छन् ।

यो विषयको अध्ययन गर्नाले दायरा बढी हुन्छ र स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षा संकाय पनि अध्ययन गर्न पाउँछन् । यो विषय लिएर अध्ययन गर्र्नका लागि देश र विदेशमा राम्रो अवसर छ । तर, यो विषय पढ्न अलिकति गाह्रो हुने भएकाले माध्यमिक तहसम्म पढ्ने र त्यसपछि छोड्ने समस्या छ ।

माध्यमिक तहसम्म विज्ञान विषयको आधारभूत शिक्षा विश्वव्यापी मान्यता दिइएको छ । विज्ञान जस्तोसुकै विषयको व्यवस्थित अध्ययनका लागि राम्रो जग हो । यो विषयबाट डाक्टर, इन्जिनियर, कृषि जस्ता पेसामा भविष्य बनाउनका लागि एसईई पछि विज्ञान विषय छनोट गर्न सक्छन् । यो विषयको अध्ययन गर्नाले दायरा बढी हुन्छ र स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षा संकाय पनि अध्ययन गर्न पाउँछन् ।

विकसित राष्ट्रमा जुन विषय पढे पनि सजिलै काम पाउन सक्छन् तर नेपालमा उद्योगहरु नभएकाले काम पाउन समस्या छ । जसकारण यो विषय पढेकाहरु अन्तराष्ट्रिय स्तरमा करिअर बनाउन सजिलै सक्छन् । साथसाथै अन्तराष्ट्रिय स्तरमा अनुसन्धान तथा अध्ययन गर्नका लागि राम्रो हुन्छ । नेपालमा भने शिक्षण क्षेत्रमा यो विषय पढेकाहरु सजिलै अवसर पाउँछन् । यसका साथै फुड टेक्नोलोजी, डिपार्टमेन्ट अफ साइन्स एण्ड जियोलोजी, डिपार्टमेन्ट अफ प्लान्ट रिसर्च ल्याब लगायत विभिन्न विभागमा अवसर हुन्छ ।

बालराज घिमिरे, अर्थशास्त्रका प्राध्यापक (विश्वशान्ति चिरण मिलन क्याम्पस)
एसईई दिएका विद्यार्थीले साथीले यो पढ्यो, म पनि त्यही पढ्छु वा बुवाआमाले यो विषय पढ्न भने त्यही पढ्छु भनेर विषय छनौट गर्नु हुँदैन । के पढ्ने भन्दा पनि विद्यार्थीले आफ्नो रुची पहिचान गरेर विषय छनोट गर्नुपर्छ ।

पछिल्लो समयमा अर्थको विषयमा आर्कषण बढ्दै गएको छ । समय र अर्थ व्यवस्थापन, थोरै पुँजीबाट जीवनलाई कसरी सफल र राम्रो बनाउने लगायत विषयवस्तु यसमा समेटिएको छ । यसैगरी देशको अर्थतन्त्र बुझ्न, घरको व्यवस्थापन गर्न यसबारे चासो राख्ने विद्यार्थीले अर्थशास्त्र अध्ययन गर्न सक्छन् । यसका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका पैसाको कारोबार गर्ने संघसंस्थामा अर्थशास्त्र पढेकालाई अवसर हुन्छ ।

सागर अधिकारी, उप–प्राध्यापक (बाँसबारी माध्यामिक विद्यालय)
हालको परिस्थितिमा समाजशस्त्रको महत्व बढ्दै गएको छ । समाजको सैदान्तिक रुपमा अध्ययन गर्न चाहने विद्यार्थीले यस विषयलाई छनोट गर्न सक्छन् । व्यवहारिक भन्दा पनि सैदान्तिक ज्ञान यस विषयले दिन्छ ।

प्राविधिक शिक्षा
एसईईपछि विद्यार्थी प्राविधिक शिक्षा डिप्लोमा र प्रि–डिप्लोमा गरी दुई वटा पढ्न पाउने छन् । डिप्लोमा ३ वर्षे कोर्ष रहेको छ भने प्रि–डिप्लोमा १८ महिने कोर्ष हुने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) का सूचना आधिकारी अनिलमुनी बज्राचार्य बताउँछन् ।

बज्राचार्यका अनुसार स्वास्थ्य (नर्सिङ, फार्मेसी, रेडियोलोजिष्ट आदि), हस्पिटालिटी (होटेल एण्ड टुरिज्म), ईन्जिनियरिङ र कृषि रहेको छ । यी चार वटा क्षेत्र मध्ये विद्यार्थीले आफ्नो रुची अनुसार विषय छनोट गर्न सक्नेछन् । प्राविधिक शिक्षामा करिव ८६ हजार विद्यार्थी भर्ना क्षमता रहेको बज्राचार्यले जनाए ।

डिप्लोमा प्राविधिक शिक्षा पढेकाले नेपाल सरकारको राजपत्र अंकित (ननअफिसर) पाँचौ तहसम्म र प्रि डिप्लोमा चौथो तहसम्म जागिरको अवसर रहेको बज्राचार्यको भनाइ छ । यसका साथै विभिन्न नीजिस्तरमा राम्रो जागिरको अवसर समेत हुन्छ ।

बज्राचार्यका अनुसार स्वास्थ्य (नर्सिङ, फार्मेसी, रेडियोलोजिष्ट आदि), हस्पिटालिटी (होटेल एण्ड टुरिज्म), ईन्जिनियरिङ र कृषि रहेको छ । यी चार वटा क्षेत्र मध्ये विद्यार्थीले आफ्नो रुची अनुसार विषय छनोट गर्न सक्नेछन् । प्राविधिक शिक्षामा करिव ८६ हजार विद्यार्थी भर्ना क्षमता रहेको बज्राचार्यले जनाए ।

परम्परागत शिक्षा
हिन्दूमा गुरुकुल, बौद्धमा गोन्पा र मुसलमान मद्रसा शिक्षालाई परम्परागत शिक्षाको रुपमा लिइन्छ । यी शिक्षालाई साधारण पाठ्यक्रममा ऐच्छिक रुपमा समावेश गरिएको धर्म संस्कृतविद् तथा नेपाल शिक्षण परिषद्का महासचिव डा.वासुदेवकृष्ण शास्त्री बताउँछन् ।

देशभर संस्कृत माविका विद्यालयहरुमा गुरुकुल (संस्कृत) विषय पढाई हुन्छ । नेपालमा गुरुकुल (संस्कृत) शिक्षाको छुट्टै पाठ्यक्रम छ । जुन माध्यमिक तहदेखि नै पढाई हुन्छ । एसईईपछि गुरुकुल पढ्नका लागि ६ महिना संस्कृत भाषा सिक्नु पर्ने शास्त्रीले बताए । यसमा परम्परागत शिक्षाको पढाई भए पनि सरकारले तोकेको मातहतमा रही नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित पनि पढाई हुने गर्छ ।

संस्कृत विषय लिएर पढेकाहरुको भाषा राम्रो हुने भएकाले बेलायत, जर्मनी लगायतका पश्चिम मुलुकमा यो विषय पढाई हुन्छ । शब्द उच्चारण, शब्द भण्डार र यो भाषा संसारकै पुरानो लिपीमा रहको शास्त्रीले बताए । यस विषयले आफ्नो जीवन जीउने सिद्धान्त सिकाउँछ । साथै साहित्य, तन्त्र र योग बुझ्न सजिलो हुन्छ ।

यो पनि पढ्नुहोस् ।
बोर्ड भन्छ, ‘कक्षा १२ को परीक्षा हुन्छ तर, टुंगो लागेको छैन’
परीक्षा दिँदै सात दिनकी सुत्केरी
खुट्टाले लेखेर कक्षा ११ को परीक्षा दिँदै याम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested