English

कोमल र प्रज्ञा वलीको ‘ऐच्यै चत्तेरी’ सार्वजनिक (भिडियोसहित)



राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वलीको शब्द रहेको दंगाली भाषाको ‘ऐच्यै चत्तेरी’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार कोमल वली युट्युव च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।

गीतमा उनकी बहिनी प्रज्ञा वली ‘शरद’ को स्वर रहेको छ । गोविन्द मधुर आचार्यको संगीत रहेको गीतलाई कृष्ण बडूले संगीत संयोजन गरेका छन् भने श्यामश्वेत रसाईलीले मिक्सिङ/मास्टरिङ गरेका छन् ।

प्रिज्मा स्टुडियोमा रेकर्डिङ भएको गीतको भिडियोलाई वसन्त निरौलाले निर्देशन गरेका छन् ।

पवित्रा आचार्यले नृत्य निर्देशन गरेको भिडियोलाई दिव्यराज छायांकन गरेका हुन् । गीतको भिडियोमा प्रज्ञा वली र शरद चौलागाईंको अभिनय रहेको छ । साथै, प्रेमप्रकाश वली, पूजा केसी, सविना बुढथापा, हरी कालाथोकी, सुरेन्द्र महर्जन लगायतलाई भिडियोमा देख्न सकिन्छ ।

भिडियोलाई साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका छन् भने राजेन्द्र मोक्तानले कलरिङको काम गरेका छन् ।

यो पनि पढ्नुहोस्
के मेलम्चीलाई जोखिम क्षेत्र तोकिएको थियो ?
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
मेलम्ची नगरपालिकालाई कामपाको दुई करोड सहयोग
कोरोनाकालमा खुलेको उद्यमको बाटो
मोटोपना कसरी थाहा पाउने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested